गुल्मी । केही दिन अघि यस अनलाइनमा स्कुल जान हिँडेकी बालिका दुई दिनदेखि बेपत्ता भएको समाचार प्रकाशित गरेका थियौं । तस्विरसहित समाचार प्रकाशित भएको केही घण्टामै ती बालिका फोन मार्फत परिवारको सम्पर्कमा आएकी छिन् ।
जिल्लाको मालिका गाउँपालिका-२ दुनाम गाउँकी १४ वर्षीया निशा विक गत शुक्रबार बिहान-९ बजे चियानडाँडा माविमा पढ्न जान्छु भन्दै हिँडेकोमा दुई दिनसम्म सम्पर्कविहिन हुँदा आमा बाबू पिर चिन्ताले छटपटिएका थिए । बाबू आमा र स्थानीय समाज सेवि रबिन्द्र विकको आग्रहमा समाचार प्रकाशन गरिएको थियो । बालिकाले आफू वेपत्ता भएको समाचार पढेपछि आफूसँग मोबाइल नभएका कारण आफू घुम्न तम्घास आएको र अरुको मोबाइलबाट फोन गरेर सुनाएकी थिईन । आमा बालकुमारी बिकले छोरी भेटाउन सहयोग गरेकोमा ग्लोबल आबाजप्रति आभार प्रकट गरिन ।
प्रतिक्रिया