ताजा अपडेट »

कठैबरा ! तिमीहरूको समाजवाद

बुधबार, ०६ भदौ २०८०, १२ : ५६
73 Shares

नेपाली कांग्रेस प्रजातान्त्रीक समाजवाद, नेकपा (एमाले) समाजवाद हुँदै साम्यवाद, माओवादी समाजवाद हुँदै साम्यवाद, माधवजीको पार्टी समाजवाद, उपेन्द्रजी समाजवाद, बावुरामजी समाजवाद, वैध, विप्लव, मोहनविक्रम सबै समाजबाद हुँदै अगाडि वढ्ने, चार दलको मोर्चाको नाम पनि समाजवाद, यिनिहरूका विधान दस्तावेज सबैमा समाजवाद, देशको संविधानको किताबमा पनि समाजवाद, राजनैतिक बजार यस्तो भै सकेको छ कि यहाँ समाजवाद भन्दा तलको कुनै माल विक्रि हुँदैन् ।

समाजवाद शब्द लेखिएन भने दक्षिणपंथी सुधारवादी, शंशोधनवादी, यथास्थीतीवादी भन्छन कि भनेर हामीलाई डर लाग्ने गर्दछ ।
ल ठिक छ, हामी सबैले यो शब्दावलीको प्रयोग गरेउ, राम्रो छ, तर यो शब्द हामीले कुन प्रयोजनको लागि प्रयोग गरेउ ? वाध्यता ले गरेउ ? परम्पराले गरेउ ? अथवा यो माल वढी विकाउ भयकाले गरेउँ ? जे जसरी भएपनि हामीले समाजवादको प्रयोग गरेउ । तर हामि नेतृत्ववर्ग हिजो या आज हामि सत्तामा भई रहँदा वर्तमान अवस्थाबाट आर्थिक र राजनैतिक रूपमा माथि उठनको निमित्त कुनै नीतिगत निर्णाय गरेका छौं ?

वर्तमानमा अवस्थीत आसेपासे पूँजीवादलाई निस्तेज बनाउने हाम्रो कुनै योजना थियो वा छ ? आफ्नो पालामा समाजवादी राज्यमा प्रवेश गर्नको लागि आफूले गरेका केहि नीतिगत निर्णयहरू बताउन सक्नुहुन्छ ? के हामिले हाम्रो कार्यकालमा योग्यता अनुसारको काम र काम अनुसारको ज्याला निर्धारण गरेका छौँ ? हामिले हाम्रो संविधानमा उल्लेख गरिएको शिक्षा, स्वास्थ र रोजगार जनताका नैसर्गिक अधिकार हुन । ती निःशुुल्क हुनुपर्दछ भने मान्यतालाई आत्मसात गरि अगाडि वढेका छौँ ? त्यसको निम्ति हामिले केहि नीतिगत निणर्य गरेका छौँ ? आजको तथ्याङक अनुसार करिव ७६ लाख युवा युवतीहरू विदेशियका छन्, दैनिक औसतमा तिन हजार बाहिरिने क्रम जारी छ ।

तिनीहरको विश्वास जित्ने र तिनिहरूलाई रोक्ने हामीसँग कुनै योजना छ ? जसरी त्यसरी १२ पास गरे पछि उच्च शिक्षाको लागि विदेशिने विद्यार्थीहरूको चापलाई रोक्ने हामिले केहि योजना बनायका छौँ ? विदेशी पूँजीलाई आकर्षित गर्नको लागि हामिले केहि नीतिगत संरचनामा परिवर्तन गरेउ ? जग्गा, बैंक, सहकारी र सेयर कारोवारलाई नै नाफा देख्ने चेतनालाई औद्योगिक, पूँजीमा र श्रमसँग जोडिएको पूँजीमा आकर्षित गर्न हामिले नीतिगत परिवर्तन गर्नेलाई सोंच बनायका छौँ ? जिर्ण अवस्थामा रहेका उद्योगहरूको विकास वृद्धिको लागि हामिले केहि गरेका छौँ ? मजदुरहरूको न्यूनतम पारिश्रमिक निर्धारणमा हामिले पहला गरेका छौं ? विदेशमा लुकाइएको सम्पत्ति नेपाल भित्राउन हामिले केहि बहस उठायका छौं ?

गणतन्त्र प्राप्तिलाई लाभको पदमा बसेकाहरूको सम्पत्ति छानविन गर्ने हामिले कुनै ठोस नीतिगत निणर्य गरेका छौँ ? जहाँसम्म मलाई जानकारी छ, हामिले कुनै पनि काम हिजो पनि गरेका थिएनौँ र आजपनि गरि रहेका छैनौँ । किनकी हामि त्यो दिशामा जान चाहादैनौँ । किनकी यतिवेला पार्टीहरूमा दुइवटा वर्गहरूको जन्म भएको छ त्यो दईवटा वर्ग हिजो हामिले पढेको र पढाएको धनि र गरिब, पूँजीपति र श्रमिक होइन, त्यो त जँहा पनि हुन्छ र समाजवादको उन्नत चरणसम्म रहिरहन्छ, तर अहिले यहाँ हामिकँहा पार्टी भित्रैबाट दुईवटा आधारभुत भिन्न वर्गको उदय भएको छ ।

पार्टीको उपल्लो निकाय र सत्तामा बसेका, हिजो वा आज बसेका, सत्ताको वरिपरी केन्द्र बनाएका र सत्तावारे निणर्य गर्न सक्ने हैसीयतमा रहेकाहरू यतिवेला नव धनाणय वर्गमा रूपान्तरित भएका छन् । त्यो वर्गको उदय कांग्रेसमा पनि भएको छ, एमालेमा पनि भएको छ , माओवादीमा पनि भएको छ र सत्तामा सहभागि दलहरूको माथिल्ला नेतृत्वहरूमा वर्ग रूपान्तरण भएको छ। त्यो वर्गले हजारौंको कारोबार होइन, लाखोंको पनि होइन करोडौमा कारोवार गर्ने गर्दछ ।

राजदुत नियुक्तिको कुरा होस्, कुनै समितिको प्रमुख बनाउने कुरा होस्, मन्त्री वा मुख्य मन्त्री बनाउने कुरा होस्, सरकार ढाल्ने कुरा होस् कि सरकार बनाउने कुरा होस्, प्रत्यक्ष टिकट वाँड्ने कुरा होस् कि समानुपातिक वितरणको कुरा होस्, चुनाव लड़ने कुरा होस् वा चुनाव लडाउने, अफिसरको थमौती होस् वा सरुवा, प्रमोसन होस् वा नियुक्ति सवै तिर करोडौंको कारोवार विचौलिया मार्फत हुने गरेको छैन भनेर कसरी भन्न सक्दछौं ?

समग्रमा भन्नुपर्दा हाम्रो नेतृत्व हामि भन्दा धेरै माथि छ, उनीहरुको आहार विहार, रहन सहन, उठना बैठना, संस्कार संस्कृति– आधारभुत रूपमा अपवाद बाहेक समान रहेको छ। विगत र वर्तमानको अध्ययन गर्दा सूंचकहरूले संकेत गरि रहेका छन् कि यिनै नेतृत्वको नेतृत्वमा हामिले समाजवादको यात्रा गर्न सक्ने छैन् । यो यथार्थ हो, तर हाम्रो चेतना र चिन्तन कस्तो छ भने कतिपय साथिहरू समुन्नत समाजवादको यात्रा एमाले पार्टीवाट मात्र सम्भव छ, यो नै असली क्रान्तिकारी पार्टी हो भनेर दिनरात एक गरेर दौडी रहनु भएको छ ।

साथिलाई विहान के खाउ, बेलुकी के खाउ छ उहाँका छोरा छोरीहरू विदेश गइै सकेका छन्, छोराछोरीले वावुलाइ गिज्याइ रहेका छन्, तर कार्यकर्ता भने कुनै धर्म शास्त्रले मोहनी लगाए जस्तै दाँया बाँया तल माथि नहेरीकन एमाले मै लठ्ठीनु भएको छ । उहाँहरुको कुरा सुन्न चाहानु हुन्न, रुख वा अरु पार्टी आफ्नो वरपर देख्न चाहानु हुन्न, त्यसको लागि मर्न र मार्न समेत तयार देखिनु हुन्छ । अर्काथरी महानुभावहरु ! नेपाली कांग्रेस नै एकमात्र विकल्प भनि रहनु भएको छ, उहाँहरु रुखको पछाडी एकोहोरो दौडी रहनु भएको छ ।

जिन्दावाद ठोक्नु भएको छ, दायाँबाँया हेर्न चाहानुहुन्न मेरो बाउ पनि कांग्रेस, म पनि कांग्रेस, मेरो खान्दान नै कांग्रेस गरे गरोस नगरे नगरोस् नेपाली कांग्रेस जिन्दावाद । उसले पनि आफ्नो गाँउमा, आफ्नो टोलमा, आफ्नो नगरमा, आफ्नोको विद्यालयमा, कहि पनि हँसिया हथौडा वा अन्य विकल्प देख्न चाहाँदैन, उनीहरू जो वर्गको हिसावले श्रमजीवी वर्ग हुन उनैलाई वर्ग शत्रुको कोटीमा राख्दछ, मेरा वर्ग शत्रुहर मेरै पार्टीमा जन्मीएका छन् भन्ने कुराको उसले हेक्का राख्दैन, यो कुरा माओवादी बारे पनि सत्य हो । मधेसी दल र अन्य पार्टीहरु जो सत्तामा सहभागि थिए र छन् बारेपनि यो कुरा साँचो हो ।

प्रायः जसो पार्टीका नेतृत्वहरू पूर्वतर्फ गई रहेका छौँ भनेर हल्ला गर्ने तर यात्रा पश्चिमको गर्ने, कुरा समाजवादको गर्ने, तर व्यापार आसेपासे पूँजीवादको गर्ने, कुरा मजदुर, किसान, शिक्षक र विद्यार्थिको गर्ने तर हित र संरक्षण आसे–पासे पूँजीवादको गर्ने । पार्टीका नेतृत्वहरुको विचमा झगडा छ, अत्तर विरोध पनि छ, एकले अर्कोलाइ सत्तो सराप गरेका पनि देखिन्छन् । तिनीहरूको झगडा, तिनीहरूको अन्तर विरोध विरोधी कुनै समाजवादी राज्य स्थापनार्थ, कुनै लोक कल्याणकारी राज्य स्थापनार्थ हो भन्ने भ्रममा नपरौं, तिनीहरूको झगडा वा अन्तर विरोधा के कसरी सत्तामा पुग्ने र राज्यको दोहन गर्ने, कसरी राज्य सत्ता कब्जा गर्ने ।

धम्कायर हुन्छ कि थर्काएर हुन्छ, कि वार्तामा वसेर हुन्छ कि, सदन बन्द गरेर हुन्छ कि सदनलाई लम्बाएर हुन्छ कि, पार्टी विभाजित गरेर हुन्छ कि, संविधान संसोधन गरेर हुन्छ कि सदन चलाएर हुन्छ कि सदन विघटन गरेर हुन्छ । जे जसरी हुन्छ, सरकारको नेतृत्वमा पुग्ने र आसेपासे पूँजीवादको संरक्षण गर्ने । यो भन्दा अर्कै होकि भनेर कल्पना गर्नु हाम्रो अल्पज्ञान मात्र हो । हिजो एमाले–माओवादी मिले त्यो कुनै वैचारिक एकता थिएन, त्यो मात्र शक्ति शंचय गर्ने रणनीति थियो ।

पार्टी फुट्यो त्यो पनि कुनै रणनीति कुरा नियन, सत्ता उपयोगबाट प्राप्त हुने पदहरू र अन्य आर्थिक लाभहरूको बाँडफाँडमा नेतृत्वको विचमा असमान वितरणकै कारण विभाजन हुन पुग्यो, पाँच दलीय गठवन्धन पनि कुनै वैचारिक कुरा थिएन, त्यो पनि अस्तीत्व रक्षाको कुरा थियो, त्यँहा पनि कुरा राज्य सत्ताकै थियो, चुनाव भरी सँगै हिँडेका नेताहरू, सरकार बनाउने बेलामा हानथाप गरे, सहमती विग्रियो एकाएक केहि घण्टामा बालकोटले बाजी मार्यो उसको टेको लगाएर सत्ताको निर्माण भयो । त्यो पनि कुनै विचारको कुरा थिएन, फेरि महिना दिन नवित्दै काँग्रेसले टेको थाप्यो, वालकोटको टेको आवश्यकता परेन, यो पनि कुनै वैचारिक कुरा थिएन ।

समग्रमा अध्ययन गर्दा भन्न सकिन्छ कि यि सबै नेतृत्वहरू कुनै श्रमजीवी, सर्वहारा वर्गका प्रतिनिधि पात्र होइनन्, तर हामि झुक्किएका छौँ, हामि गुमराहमा छौँ, हामिले आफ्नो खुट्टामा बञ्चरो आफै हानिरहेका छौँ । आसेपासे पूँजीवादका प्रतिनिधिलाई बोकेका छौँ अनि आशा गर्दछौं कि समाजवादी राज्य व्यवस्थाको । हाम्रो एकांकीत मनोगत र जडवादी चेतनाको कारण देश वरवादी तर्फ गइ राखेको छ । कुनै पार्टी विना वाँच्न नसक्ने हामि वैचारिक अपाङग बनेका छौँ ।

देश पछाडी पर्यो, भावि पुस्ता पछाडी पर्यो, हामिले हाम्रा छोरा नातीलाई देशभित्र रोक्न सकेनौँ, पहाड प्रायः खाली हुँदा पनि, देशको युवावर्ग पलायन भै रहँदा पनि, विदेशी ऋणले देश चुलुम्मै डुवी रहँदा पनि हामिले हाम्रो नेतृत्वको गुणगान र प्रशंसा जारी राख्यौँ हामीले हाम्रो नेतृत्वलाई देवत्वकरण गरि राख्याँै, यो नै आज समस्याको कारण बनेको छ, अन्तमा देशको जुन अवस्था छ, त्यसमा नेतृत्वको मात्र दोष रहेको छैन। हामि पनि त्यसमा दोषी छौँ । अतः सबैले मम भनौँ, एउटै स्वरमा यो पनि भनौँ कि कठैबरा तिम्रो समाजवाद ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।