ताजा अपडेट »

५५ वर्षीया महिलालाई कुटपिटपछि करणी, एक जना पक्राउ

शनिबार, ०२ भदौ २०८०, २० : ११
6 Shares

पर्वत । पर्वतमा साउन ३२ गते कुटपिटपछि ५५ वर्षीया महिला बलात्कृत भएकी छन्। महिलालाई कुटपिटपछि बलात्कार गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जलजला गाउँपालिका–२ तमिला खर्क बस्ने २८ वर्षीय राजन कार्की रहेका छन्। उनलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

कार्कीले ती महिलालाई साउन ३२ गते राति कुटपिट तथा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइकएको छ।

कुटपिटबाट घाइते भएकी महिलाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।