१८ मंसिर २०८०, सोमबार

Dec 4, 2023

बुटवल । इडन बोर्डिङ सेकेन्डरी स्कुल बुटवल ११ नरहरपुरले स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । स्कुलले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई अभिमुखीकरण पनि प्रदान गरेको हो।

Advertisement

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले अहिलेको आवश्यकता प्राविधिक शिक्षा भएकाले स्कुलमा अध्ययन भइरहेको होटल म्यानेजमेन्टले दक्ष जनशक्ति उत्पादन गरी बेरोजगारी कम गर्न सहयोगी भूमिका खेल्ने बताए ।

कार्यक्रममा विद्यालयका प्राचार्य शिवहरि भट्टराईले विद्यालयले गुणस्तरीय शिक्षा दिन हरदम प्रयास गरिरहेको बताए। उनले कक्षा ११ र १२ सँगै एसईईको नतीजाने पनि यो कुरालाई प्रष्ट पारेको उल्लेख गरे । यस्तै बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का वडा सदस्य तथा विद्यालयका सञ्चालक समितिका अध्यक्ष नकुल शाहीले विद्यालयलाई उत्कृष्ट बनाउन आफु सधै अग्रसर भएर लागिपरेको बताए ।

कार्यक्रम उप प्राचार्य जगत पौडेलको स्वागत तथा अतिरिक्त क्रियाकलाप परमुख कुशल बस्यालको सञ्चालनमा सम्पन्न भएको थियो । साथै उक्त अवसरमा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक पस्तुति पनि प्रस्तुत गरेका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

व्यवस्था उल्टाएर दलित समुदायको अधिकार कुण्ठिन गर्न खोजिँदै छ : माओवादी नेता बराल पाल्पाको तिनाउ मावीको हीरक महाेत्सवका अवसरमा विभिन्न प्रतियाेगिता भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलमा उडानलाई नियमित गराउन काठमाडौंमा दबाब नेप्से घट्ने क्रम जारी बुटवलका ४१ विद्यार्थीहरुलाई ईन्द्रज्योती विश्वकर्मा कल्याणले दियो छात्रवृत्ति हुम्ला, मुस्ताङ र कालीकोटमा हिमपात : जनजीवन कष्टकर तेलंगानामा दुर्घटनाग्रस्त भारतीय वायुसेनाको ट्रेनर विमानका चालक दलका दुवै सदस्यको मृत्यु कांग्रेस लुम्बिनी प्रदेशको निर्णयः निर्वाचन पूर्व कुनै पनि गठबन्धन नगर्ने कोप–२८ : चर्चा हिमालका मुद्दाको, नेतृत्व नेपालको दुबई–नेपाल हुँदै दिल्ली पुगेर बेचिएकी उज्बेक युवती अफरोजाको दर्दनाक कथा गठबन्धन : सबैभन्दा ठूलो दल जटायु रेष्टुराँ सञ्चालनले बढ्यो गिद्धको सङ्ख्या एनआईसी एशियामा अब सम्पूर्ण प्रकारका कर्जाको अधिकतम प्रिमियम दर ३ प्रतिशत लुम्बिनी प्रादेशिक अस्पतालमा मधुमेहका बिरामीका लागि छुट्टै क्लिनिक एमालेको संकल्प यात्रा : आज सुर्खेतमा आमसभा हुँदै नेकपा एसको सचिवालय बैठक बस्दै एनएसएल : आज झापा र काठमाडौं भिड्दै उपप्रधानमन्त्री खड्का घाना प्रस्थान कांग्रेस लुम्बिनीको प्रदेश सम्मेलन : संघिय व्यवस्था अनुसार तहगत संरचनालाई पूर्ण रुपमा जिम्मेवारी प्रदान गर्न माग मङ्सिर २० केपि ओलि गुल्मीको वामिटक्सार आउने