२३ मंसिर २०८०, शनिबार

Dec 9, 2023

बुटवल । विश्व फोटोग्राफी दिवसको अवसर पारेर लुम्बिनी फोटोग्राफर संघ, रुपन्देहीले विविध कार्यक्रमको आयोजना गरेको छ । दिवसको पूर्वसन्ध्यामा संघले भाद्र १ गते बुटवलमा रक्तदान, २ गते पाल्पा तिनाउको पर्यटन प्रवर्द्धनका लागि फोटोग्राफी पैदल यात्रा र ३ गते बुटवलमै महिला फोटोग्राफरहरुका निम्ति आधारभूत फोटोग्राफी सम्बन्धि तालिमको आयोजना गरि दिवसलाई भव्य तथा सभ्यरुपमा सम्पन्न गरिने संघका रुपन्देही अध्यक्ष मनीष पन्थले बताए ।

तिनाउको ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय क्षेत्रलाई फोटोग्राफीको माध्यमबाट प्रचारप्रसार गर्नका लागि तिनाउ गाउँपालिकासँग सहकार्य र लुम्बिनी केवलकार प्रालिको सहयोग रहने अध्यक्ष पन्थले बताए । विगतका वर्षदेखि संघले विश्व फोटाग्राफी दिवस मनाउँदै आएको र यसले फोटोग्राफरहरुलाई आफ्नो पेसाप्रति व्यवसायिकीकरण र जीविकोपार्जनतर्फ उन्मुख गराएको पन्थले जानकारी गराए ।

पछिल्लो पटक रुपन्देही फोटोग्राफर संघमा आवद्ध फोटोग्राफरहरुलाई,संस्थागत विकास तालिम, विषयगत एवम् क्षमता अभिवृद्धि तालिम एवम् सामाजिक उत्तरदायित्व निर्वाह गर्ने कार्यक्रमहरु गर्दै आएको संघका महासचिव माधव पन्थले सुनाए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमाद्वारा रक्तदान गुल्मीमा पत्रकार आचारसंहिता कार्यन्वयनको अवस्था बारे छलफल मोदी फेरी पनि विश्वको लोकप्रिय नेतामा नम्बर १ मा, अमेरिकी राष्ट्रपतिलाइ ३७% मात्रै मत एभरेष्ट अन्तर विद्यालय वादविवादको उपाधि कालिका मानवज्ञानकी करिनालाई तिनाउमा सहकारी समन्वय समिति गठन नेपालगञ्जमा भ्रष्टाचार विरुद्ध ‘वाकाथन’ गुल्मीमा परिवारबाट अपहेलित ८४ वर्षीया वृद्धा : घर पस्न नपाएपछि सार्वजनिक ठाउँमा श्रीमानको काजक्रिया नेपालको वर्तमान आर्थिक अवस्था जुम्लामा जाडोले जनजीवन प्रभावित मिशन चौरासीको मार्गचित्र तिलोत्तमाको नमस्ते एकेडेमीबाट श्रीलङ्कामा सम्पन्न कराँते प्रतियोगिताका पदक विजेतालाई सम्मान गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णसञ्चालनको माग गर्दै आन्दोलन सुरुः प्रदेशका गृहमन्त्रीको साथ  उत्तमको अर्धशतकमा पाकिस्तानलाई १५३ रनको लक्ष्य फराकिलो बन्दै बुटवल मिलनचोकदेखि सुख्खानगर जाने बाटो रेमिट्यान्स ३० प्रतिशतले बढ्यो जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ १४ किलो सुन प्रकरण : छानबिनका लागि ६ सदस्यीय समिति गठन जसपाको ३ दिने लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण सकियो मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा : बैंक दर र नीतिगत दर घट्यो [पूर्णपाठ] नेपालले पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गर्दै