१४ मंसिर २०८०, बिहीबार

Nov 30, 2023

बुटवल । बुटवल उपमहानगरपालिका–११ मा निर्माण सम्पन्न भएको देवसिद्धचोक–रङ्गशालामार्गसम्मको फुटपाथ तथा नाली सम्पन्न भएको केही महिनामै भ्वाङ पर्न थालेको छ । भ्याटसहित १ करोड बढी लागतमा निर्माण गरिएको नाली तथा फुटपाथ भासिनुका साथै बीच–बीचमा भ्वाङ परेपछि दुर्घटनाको जोखिम समेत बढेको छ ।

Advertisement

बुटवल उपमहानगरको १ करोड ८ लाख ८५ हजार ९५ रुपैयाँमा निर्माण भएको उक्त योजनामा निर्माण कम्पनीको लापरबाही भएको भन्दै स्थानीयले गुनासो गरेका छन् । निर्माणको जिम्मा पाएको प्रतिप कन्स्ट्रक्सनको लापरबाहीले फुटपाथमा हिँड्ने पैदल यात्री दुर्घटनामा पर्ने जोखिम बढेको हो । २०७९ साल वैशाख ४ गते निर्माण सम्झौता भई २०८० वैशाख ३० गते सम्पन्न गर्ने मिति रहेको उक्त योजनामा सम्बन्धित निकायको ध्यान जान जरुरी स्थानीय बताउँछन् ।

फुटपाथमा निर्माण कम्पनीको कमजोरी मात्र होइन सडक छेउका स्थानीयहरुको समेत कमजोरी देखिएका छन् । उनीहरुले फुटपाथको जिर्ण बन्ने गरी विभिन्न निर्माण सामग्री राख्ने तथा पैदलयात्रुलाई समेत अबरोध हुनेगरी प्रयोग गर्दा समस्या देखिएको छ ।

स्थानीय युवा सन्दीप पौडेलले फेसबुकमा तस्विर सार्वजनिक गर्दै लेखेका छन्, –‘निर्माण सम्पन्न भैसकेको
बुटवल देबिनगर ‘देबशिद्धचोक–संगम चोक’ सम्मको सडक अवस्था, सम्बन्धित निकाय कहा छ ?
के आधारमा सम्पन्नता दिईन्छ ? तथ्य जान्न मन छ ।’

प्रतिकृया दिनुहोस्

Flash News

लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाविच सहकार्य बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन हरियाली प्रबर्द्धनमा नमस्ते एकेडेमी भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलाइ गरिँदैन : गृहमन्त्री आम्दा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : ३ दिनदेखि शव अस्पतालको गेटमा बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण इजरायल र हमासबीचको युद्धविराम थप १ दिन लम्ब्याइयो कोप–२८ मा भाग लिन प्रधानमन्त्री प्रचण्ड दुबईमा एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू (फाेटाेफिचर) चिनियाँ बालबालिकामा निमोनियाको प्रकोप ‘आउटब्रेक’, भारतमा महामारी रोक्न तयारी सुरू इजरायली जेलमा यौन दुर्व्यवहार हुने गरेको मुक्त कैदीहरुको दाबी प्रथम केपीओली कप टि २० : रोहित र सन्दीपको टिम भिड्दै दक्षिण एसियामै पहिलोपटक लमजुङमा समलिंगी विवाह दर्ता