ताजा अपडेट »

पाल्पामा एकैरात दुई बालिकामाथि करणी प्रयास आरोपमा एक युवा पक्राउ

विहीबार, १८ साउन २०८०, ११ : २५
58 Shares

बुटवल । एकै रात दुई बालिकामाथि करणी गरेको आरोपमा एक युवालाई जिल्ला प्रहरी कार्यालय पाल्पाले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा तानसेन नगरपालिका–४ पाँडेखर्क बस्ने २२ वर्षीय विशाल ठडराई रहेको प्रहरीले बताएका छ ।

आरोपित ठडराईले गएको आइतबार रातको समयमा अन्दाजी करिब ९ बजे तानसेन बस्ने ११ वर्षीया बालिकालाई जवर्जस्ती करणीको प्रयास गरेका थिए भने सोही रात तानसेनकै १३ वर्षीया बालिकालाई रातको करिब १ बजेको समयमा करणी प्रयास गरेका थिए । पीडितको जाहेरीको आधारमा आरोपित युवालाई मँगलबार नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाईएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।