ताजा अपडेट »

मुग्लिन–नारायणगढ सडकखण्ड पुनः अवरुद्ध

आइतबार, १४ साउन २०८०, १२ : २९
8 Shares
आइतबार, १४ साउन २०८०
8 Shares

चितवन। चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड पुनः अवरुद्ध भएको छ । 

इच्छाकामना गाउँपालिका–६, कालीखोला पुलनजिकै सडकमाथिबाट पहिरो खसेपछि आइतबार बिहान करिब पौने १० बजेदेखि सडक अवरुद्ध भएको हो ।

पानी परिरहेको र लेदो बगिरहेको बाटो पन्छाउन समस्या भइरहेको छ । 

पानी पर्न र लेदो खस्न छाडेपछि बाटो पन्छाउनका लागि सडक डिभिजनको ‘मेसिन’ तयारी अवस्थामा राखिएको छ । 

शनिबार पनि सोही स्थानमा केही समय सडक अवरुद्ध भएको थियो ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।