ताजा अपडेट »

रोल्पामा विषालु च्याउ खाएर बिरामी परेकी महिलाको मृत्यु

शनिबार, १३ साउन २०८०, १९ : ५७
10 Shares
शनिबार, १३ साउन २०८०
10 Shares

दाङ । रोल्पामा विषालु च्याउ खाँदा एक जनाको निधन भएको छ। लुङ्ग्री गाउँपालिका-५ बुझिङकी २६ वर्षीया बिमला बिकको निधन भएको प्रहरीले जनाएको छ। विषालु च्याउ खाएर बिरामी भएकी उनको बुटवलस्थित लुम्बिनी सिटी हस्पिटलमा उपचार भइरहेकोमा शनिबार बिहान उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाको भनाइ छ।

गत असार २६ गते बिषालु च्याउ खादा बिमलासँगै उनको परिवारका चार जना बिरामी परेका थिए। बिमलाको अवस्था जटिल बनेपछि थप उपचारको लागि ३१ असारमा लुम्बिनी सिटी हस्पिटल पुर्‍याइएको थियो। उनको शनिबार बिहान उपचारको क्रममा मृत्यु भएको हो।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।