ताजा अपडेट »

कानुङ बचत तथा ऋण सहकारीलाई सम्मान

शुक्रबार, १२ साउन २०८०, १९ : ५४
42 Shares

बुटवल । बुटवलमा रहेकाे कानुङ बचत तथा ऋण सहकारी संस्था लि.ले सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्ना शेयर सदस्यहरुबाट संकलन गरेकाे १०८ पिन्ट रगत गतवर्ष बुटवलमा रहेकाे रक्त सञ्चार केन्द्रलाई उपलब्ध गराएकाे थियाे ।

नेपाल रेडक्रस साेसाईटी,रुपन्देही शाखाले आफ्नाे ५७ ओैं रक्त सञ्चार दिवसकाे अवसरमा सबैभन्दा धेरै रगत संकलन गरि उपलब्ध गराएकाे भन्दै उत्कृष्ट रक्तदाता संस्थाका रुपमा कानुङ सहकारीलाई  बुधवार बुटवलमा सम्मान गरेकाे छ ।

उक्त सम्मान पत्र,संस्थाका काेषाध्यक्ष युवराज काउचा,सदस्य ठमी थापा,शिक्षा उपसमितिका सदस्य गुमाकुमारी सिजाली  र व्यवस्थापक कुसुम पुनले ग्रहण गर्दै आफ्नाे सहकारी सम्मानित भएकाेमा रेडक्रस साेसाईटी,रुपन्देहीप्रति आभारी रहेकाे बताए ।

सम्मानले आफ्नाे सहकारीलाई थप सामाजिक उत्तरदायित्व वहन गर्न उत्प्रेरित गराएकाे सहकारीका सचिव एवम् सहकारी अभियन्ता बेनप्रसाद थापाले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।