११ आश्विन २०८०, बिहीबार

Sep 28, 2023

 
मुगु।  नेपाल सरकारले आर्थिक वर्ष २०७७/७८ बाट देशका सबै सामुदायिक विद्यालयमा प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्म र हाल कक्षा ६ सम्मका सबै विद्यार्थीका लागि दिवा खाजा व्यवस्था गरेको छ । 

Advertisement

राज्यले यो कार्यक्रमलाई महतव दिएर वार्षिक करिब ९ अर्ब रकम विनियोजन गरेको छ । जसबाट ३० हजार सामुदायिक विद्यालयका ३२ लाख बालबालिका लाभान्विन हुने छन् । तर, मुगुको दुर्गम गाउँपालिका सोरुमा तीन महिनादेखि दिवा खाजा बन्द भएको छ ।

 बसलदेवी विक विजय आधारभूत विद्यालय सिपमा कक्षा पाँचमा पढ्छन्। तर, विद्यालयमा नियमित खाजाको व्यवस्था छैन । सोरुकै महादेव आधारभूत विद्यालयको अबस्था पनि उस्तै छ । कक्षा पाँचका राजबहादुर कामी ।

कर्णाली प्रदेशका मुगुसहित हुम्ला, डोल्पा, जुम्ला र कालिकोट पाँच जिल्लाका लागि प्रति विद्यार्थी २० रुपैयाँका दरले वार्षिक रूपमा १८० दिन नबढ्ने गरी सरकारले बजेटको व्यवस्था गर्छ । तर, भवानी माध्यमिक विद्यालय पुरुमुरुका बालबालिकाले पछिल्लो दुई वर्षयता विद्यालयमा खाजा खानै नपाएका कक्षा तीनमा अध्ययरत छात्रा सिर्जना कामीले बताइन्  ।

पोषणमा सुधारसँगै शिक्षण सिकाइमा बालबालिकाको सहभागिता बढाउनु र सिकाइस्तर सुधार गर्नु दिवा खाजा कार्यक्रमको मुल उद्देश्य हो । साथै दिवा खाजामा स्थानीय कृषिउपजको उपभोग बढाएर विद्यालय र कृषि उत्पादनबीच सम्बन्ध स्थापित गर्नु यसको अर्को उदेश्य हो । तर बालबालिकाले आक्कल झुक्कल पाउने खाजामा पनि चाउचाउ बिस्कुट लगायत बजारको तयारी खाजा हुने गरेको अभिभावक सोरु–७ बुम्चका लालसिंह लावडले बताए । 

दिवा खाजाका लागि आएको रकम अन्यत्र खर्च गर्न मिल्दैन । तर, कतिपय विद्यालयले व्यवस्थापन समितिको निर्णय भन्दै बालबालिकालाई भोकै राखेर रकम अन्तै खर्च गर्दै आएको महादेव आधारभूत विद्यालयका प्रधानाध्यापक अर्जुन बुढाले अवगत गराए ।

सोरु गाउँपालिका भित्रका ३९ विद्यालयमध्ये अधिकांशमा दिवा खाजा नियमित छैन । स्थानीय सरकार भने थाहा पाएर पनि चुपचाप बसेको छ सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाही भने  ।

देशभरका विद्यालयमा दिवा खाजा कार्यक्रम प्रभावकारी बनेको छ ।

विद्यार्थी नियमित विद्यालयमा आएका छन् भने सामुदायिक विद्यालयको सिकाई गुणस्तर पनि बढेको छ । तर, मुगुको सोरुमा दिवा खाजावापतको रकम अन्यत्र खर्च गरिँदा विद्यार्थी मारमा परेका छन् । स्थानीय सरकारले अनुगमन चासो नदिएका कारण दिवा खाजा प्रभावकारी नभएको अभिभावकहरु बताउँछन् ।  

प्रतिकृया दिनुहोस्

Flash News

जनताका मुद्दामा ध्यान दिन्छौँ, सडक तताउँदैनौँ : रवि लामिछाने कलाकारहरूको टोलीसहित जनचेतनाका लागि वेस्टर्न युनियनको देश दौडाहा, बुटवलमा पनि आउने सर्लाहीमा जलाउन लागिएको युवतीको शव चिताबाट बरामद, ३ जना पक्राउ नारायणीमा नुहाउने क्रममा दुई युवक बेपत्ता राप्रपा अध्यक्ष लिङ्देन कतार प्रस्थान, कार्यवाहक अध्यक्षको जिम्मेवारी बुद्धिमान तामाङलाई १ हजार ४०० रुपैयाँ घट्यो सुनको भाउ विदेश जाने मोह त्यागेर निजामती रोजेको म ! हिरोइन तस्करीको मामिलामा भारतमा कांग्रेस सांसद पक्राउ १९औं एसियाली खेलकुद : ब्याडमिन्टनमा नेपाल पुरुष टिम क्वाटरफाइनलमा प्रवेश मीड सोलु हाइड्रोपावरको आइपीओ बाँडफाँट ३५ स्थानीय तहलाई एम्बुलेन्स वितरण गर्दै काठमाडौं महानगर नेपालको सार्वजनिक ऋण २३ खर्ब ९ अर्ब पुग्यो, दुई महिनामै ४९ अर्ब २३ करोड थपियो एमाले बाग्मती प्रदेशका भावी नेतृत्वका लागि आज मतदान सन्दर्भ सेप्टेम्बर २८ : रेविजबाट बच्न सकिन्छ लुम्बिनी प्रादेशिक अस्पतालमा बढ्दै जनविश्वास, सेवा सुधारका लागि ‘निर्देशिका’ ल्याउने तयारी  साफ यू-१९ च्याम्पियनसिप फुटबल : भारतसँग नेपाल स्तब्ध बुटवलमा मिस डायमण्ड-२०२३ आयोजना बिहान कार्यालय पुगेपछि अनिवार्य योग–ध्यान गर्न कर्मचारीलाई गृहको निर्देशन बाँकेमा पाटेबाघ मृत फेला राष्ट्रियव्यापी पावरलिफ्टिङ्ग प्रतियोगिता एनवाईएफसी क्लासिक-२०२३ सम्पन्न