ताजा अपडेट »

युवकको शव फेला

शुक्रबार, १२ साउन २०८०, १२ : ३३
26 Shares

सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–७, मंसापुरमा एक युवकको शव फेला परेको छ । शुक्रबार बिहान  हनुमाननगर कंकालिनी नगरपालिका–१०, इनर्वाका २२ वर्षीय तीर्थनारायण मण्डलको शव भेटिएको प्रहरीले जनाएको छ । 

गम्भीर घाइते अवस्थामा भेटिएका हनुमानगर कंकालिनी–१० कै अजय मण्डललाई  उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पतालमा भर्ना गरिएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।