६ आश्विन २०८०, शनिबार

Sep 23, 2023

लमजुङ ।  जिल्ला प्रशासन कार्यालय राष्ट्रिय परिचयपत्र वितरण शुरू गरेकाे छ । १ साउन २०७७ देखि लमजुङमा राष्ट्रिय परिचय पत्रकाे फारम भर्न थालिएकाेमा तीन वर्षपछि परिचयपत्र वितरण थालिएकाे हाे ।

Advertisement

जिल्ला प्रशासन कार्यालय लमजुङले बुधबारबाट परिचय पत्र वितरण थालेकाे हाे ।  प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले एक अनाैपचारिक कार्यक्रमबीच बेसीशहर नगरपालिका-८ का ज्येष्ठ नागरिक प्रेमलाल श्रेष्ठ र बालचन्द्र श्रेष्ठलाइ परिचयपत्र हस्तान्तरण गरी परिचयपत्र वितरण शुरू गरेका हुन् ।

लमजुङबाट बुधबारसम्म १ लाख ३५१ जनाले राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिएका छन् । जिल्ला प्रशासन कार्यालयबाट १७ हजार ६९१ जना महिला र २२ हजार २१४ जना महिला गरी ३९ हजार ९०५ जनाले राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिएका छन् ।

त्यस्तै कार्यालयले विभिन्न पालिकामा गत माघ ४ गतेदेखि वैशाख मसान्तसम्म सञ्चालन गरेकाे घुम्ती अभियानका क्रममा ६० हजार ४४६ जनाकाे आवेदन संकलन गरिएकाे थियाे । तीमध्ये २०७७ सालमा आवेदन दिएका २ हजार ४ सय ८७ जनाकाे परिचयपत्र बनेर आएकाे प्रजिअ अधिकारीले जानकारी दिए ।

कार्यालयबाट परिचय पत्रका लागि आवेदन दिएका र परिचय पत्र तयार भईसकेका सेवाग्राहीकाे माेबाइलमा सन्देश पठाएर जानकारी दिने व्यवस्था मिलाइएकाे छ । यसका आधारमा सेवाग्राहीहरूले कार्यालयमा गएर परिचयपत्र लिन सक्नेछन् । परिचयपत्र लिनका लागि सबन्धित ब्यक्ति स्वयं विवरण संकलनका बेला कार्यालयबाट दिईएको विवरण प्रतिलिपि लिएर उपस्थित हुनुपर्ने  प्रजिअ अधिकारीले बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सिबीच भेटवार्ता महिलाको छातीमा अटोग्राफ दिए पछि डोनाल्ड ट्रम्प बिबादमा लुम्बिनीमा ४८९ जनाले लगाए पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप, असोज १० गतेसम्म अभियानको समय थप आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा प्रधानमन्त्री दाहाल चीनमा, यस्तो छ एक हप्ताको कार्यक्रम कांग्रेस निकट मुस्लिम संघको महाधिवेसनको तयारी पूरा नेपाल क्रिकेट संघको अध्यक्षमा पुनः चन्द निर्वाचित ‘स्वास्थ्य सामग्रीमा वितरणमुखी बनेर राज्यलाई कंङ्गाल नबनाऔं’ एनआरएनए अध्यक्षका प्रत्याशी शर्माकाे विश्व दौडाहा जारी देश बिरुद्ध लेखेको आरोपमा पाकिस्तानमा एक पत्रकार हिरासतमा छन्द लहरीमा लहरिँदा नेपालमा लगानी गर्न आयरल्याण्डका राष्ट्रपतिसँग सभामुखकाे अनुराेध ओलीले सम्झिए भारतीय नाकाबन्दीका कष्टकर दिन आज क्यानको नेतृत्व चयन हुँदै, चतुरबहादुर र बिनयराज बीच प्रतिस्पर्धा मुगु सदरमुकाम गमगढी बजारमा आगलागी, ५ घर पूर्ण रुपमा क्षति  बोलेरो जीपबाट खसेर बालकको मृत्यु आजदेखि प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट