१५ आश्विन २०८०, सोमबार

Oct 2, 2023

बुटवल । बुटवल योगिकुटीस्थित मणिमुकुन्द कलेजमा कक्षा ११ मा भर्ना भएका नव आगन्तुक विद्यार्थीलाई बिहीबार स्वागत गरिएको छ । कक्षा १२ का विद्यार्थीको आयोजनामा ड्रिमल्याण्ड गोल्ड रिसोर्ट मणिग्राममा कक्षा ११ का नयाँ विद्यार्थीलाई स्वागत गरिएको हो ।

Advertisement

विज्ञान र व्यवस्थापन विषयमा पढाई हुने मणिमुकुन्द कलेजमा कक्षा ११ मा विज्ञानमा २ सय ५० जना र व्यवस्थापनमा करिब ३ सय जना विद्यार्थी भर्ना भएका कलेजका सञ्चालक उमापति न्यौपानेले जानकारी दिए । नयाँ विद्यार्थीलाई कलेजको पठनपाठन लगायतका समग्र विष्यमा अभिमुखीकरणसहित आयोजना गरिएको कार्यक्रममा कलेजका प्राचार्य टुकबहादुर क्षेत्रीले अनुशासन र लगनशीलता मणिमुकुन्दका विद्यार्थीको पहिचानको रूपमा हुनुपर्ने बताए । कलेज भौतिक पूर्वाधार, विज्ञान प्रयोगशाला, दक्ष शिक्षक प्राध्यापक लगायत सबै क्षेत्रबाट अब्बल रहेको बताउँदै नयाँ विद्यार्थीको दुई वर्ष सुखद हुने विश्वास व्यक्त गरे ।

कलेज व्यवस्थापन समितिका अध्यक्ष गमप्रसाद रेश्मीले विद्यार्थीले विदेश ताक्ने भन्दा पनि देशमै केही गरेर देखाउनुपर्ने बताए । उनले विदेशिने होइन स्वदेशमै हरेक सम्भावना खोजी गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा विद्यालयका सहप्राचार्य दिवाकर खनालले कलेज विद्यार्थीको चाहना र रुचि अनुसार पठन पाठन गराउँदै आएको बताए । कलेजका संयोजक पशुपति चौधरीले कक्षा ११ मा भर्ना हुँदा एसईईमा उत्कृष्ट अंक ल्याएका विद्यार्थीसँगै आर्थिक रुपले विपन्न, जेहेन्दार, द्वन्द्व पीडित, फरक क्षमता भएकाहरुलाई शुल्कमा विशेष छुटका साथै जुनसुकै शिक्षक–प्राध्यापकका छोराछोरीलाई शुल्कमा २५ प्रतिशत छुटको व्यवस्था रहेको जानकारी दिए । मणिमुकुन्दले हरेक वर्षको कक्षा ११ र १२ को परीक्षामा उत्कृष्ट नतिजा ल्याउँदै आएको बताए ।

कार्यक्रममा गायक प्रमोद खरेलको विभिन्न गीत प्रस्तुतीमा विद्यार्थी झुमेका थिए । साथै विद्यार्थीले पनि विभिन्न गीत र नृत्य प्रस्तुत गरेर भरपूर मनोरन्जन दिलाएका थिए । कार्यक्रममा कक्षा १२ का राहुलदेव जैसवाल, निशान हमाल, मनोज झेडी मगर र सिमोना सापकोटाले पनि उद्घोषण र नेतृत्व क्षमता प्रस्तुत गरेका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीको साबिक ३ मा पहिलो पटक महोत्सव तिलोत्तमाको बेबराचोक–कान्छीबजारसम्मको सडक निर्माण दोस्रो प्याकेजको ठेक्का सूचना प्रकाशन गर्न सहमति मोतीपुर औद्योगिक क्षेत्रको प्रगतिबारे बुटवलमा छलफल डिजिटल पेन्टसद्वारा चाडपर्ब लक्षित ‘डिजिटलको हर्ष उपहारको वर्षा’ योजना मनसुन लम्बियो: धान नकाटौं, काटेको भए भित्र्याइहालौं संघीयता कार्यान्वयनमा देखिएको समस्या कानुन बनेपछि अन्त्य हुन्छ : मन्त्री गुरुङ सभामुख घिमिरेलाई औषधि व्यवसायी संघको ज्ञापन नेशनल पेमेन्ट गेटवेमा भ्रष्टाचार गरेको आरोपमा सचिव मरासिनीसहित ७ जनाविरुद्ध मुद्दा दायर नवलपरासीमा यात्रुको पैसा चोरेर जंगलतिर भागेका एक भारतीय सशस्त्रको नियन्त्रणमा लुम्बिनीमा लम्पी स्किनबाट १ लाख ९२ हजार पशु संक्रमित, ९ हजार ६११ मरे बलात्कार आराेपमा एकजना पक्राउ नवलपरासीको बर्दघाटमा चलचित्र “काँडेतार” को प्रर्दशन गम्भीर अपराधीलाई आममाफी दिएकोप्रति रास्वपाले गरायो राष्ट्रपतिको ध्यानाकर्षण बुटवलका वडाका कर्मचारीलाई राजस्व व्यवस्थापन सम्बन्धी तालिम पृथक पहिचान बनाउँदै गुल्मीका समन्वय प्रमुख काठमाडौंको गौशालामा गोली चल्यो, एक जना घाइते लगातार छैटौँ दिन पनि घट्यो सुनको भाउ बेपत्ता भएको १८ महिना पछि जंगलमा झुन्डिएको अवस्थामा शव भेटियो एसियाड क्रिकेटको क्वाटरफाइनलमा नेपालकाे प्रतिस्पर्धा भारतसँग वेस्टर्न युनियनको सडक यात्रा : बुटवल आइपुग्यो कलाकारको टोली