ताजा अपडेट »

सपोर्ट लघुवित्त वित्तीयको संस्थापक सेयर बिक्रीमा

विहीबार, ११ साउन २०८०, १६ : १८
18 Shares
विहीबार, ११ साउन २०८०
18 Shares

काठमाडौ । सपोर्ट लघुवित्त वित्तीय लिमिटेडले १३ हजार ८९१ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीका केही संस्थापक शेयरधनीहरुको नाममा रहेको शेयर कम्पनीले बिक्रीमा ल्याएको हो ।

उक्त शेयर खरिद गर्न इच्छुक उम्मेदवारहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित मितिले ३५ दिनभित्र संस्थाको शेयर रजिष्ट्रारको कार्यालय टेकु, काठमाडौंमा खरिद आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

तोकिएको समय अवधि भित्र कुनैै पनि विद्यमान संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेमा सो शेयर अन्य ब्यक्ति तथा संस्थालाई बिक्री गर्ने प्रक्रिया अगाडी बढाइने कम्पनीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।