ताजा अपडेट »

हर्क साम्पाङ राईको श्रम क्रान्ति

मंगलबार, १९ असार २०८०, १५ : २०
53 Shares

धरान उपमहानगरपालिका मेयर र्हक साम्पाङ राईले मेयरमा निर्वाचित हुन साथ आफ्ना योजना अघि सार्दे श्रम क्रान्तिको थालनी गरे । प्रौढ चिन्तनको नेपाली समाजले हर्कको सादा र सरल जिवनशैली प्रति ब्यङग्य समेत गर्न भ्याय । तर अभिमानी र दृष्टि भएका नेताहरु भिडको आवेगबाट त्रसित हुदैँनन् बरु लक्ष्य निर्धारणमा एकीकृत हुन्छन् ।

निर्वाचनमा धराने जनताले अत्यधिक मत दिएर बिजय गराएको त्यो मुख्य क्षणलाई उनले बिर्सेका थिएनन् बरु प्रमुख हतियारको रुपमा त्यसलाई बिकशित गरे र अघि बढे । फलस्वरुप धराने जनतालाई पानी खुवाउँने उनको उद्धेश्य पुरा भयो ।
जनश्रम बिर्सेको विश्व जगतलाई ९८ औं दिनमा ४२ कि.मि को दुरीबाट पानी ल्याएर धरानको गर्मीमा चिसो पानी पिलाउने प्रयत्न गरे ।

चर्को घाममा लामालस्कर लागेर आशाको दियो बोकेका धराने जनताले निर्वाचनमा उल्लेखनीय मतदान गरेका थिए हर्कले त्यो जनताको दुःख कष्टलाई पिउने पानी पिलाएर ऋण चुक्क्ता गरे । स्थानीय सरकार र जनताको आत्मविश्वास नै धरान उपमहानगरपालिकाको एतिहासिक अभिलेख बन्न पुग्यो । लण्डनबाट प्रदान गरिने गिनिज बुक अफ वल्र्ड रेकर्डको इतिहास दर्ज गराए । श्रमीकहरु पसिनालाई उपल्ब्धीको बिनियम ठान्दछन । यहाँ रुपिँयाको बिनियमताले मानिसलाई दास बनाईरहेको छ।

२०२८ साल पछि अधिकांश नेपाली समाजमा निर्मित भौैतिक पुर्वधारमा जनताकोउल्लेखनीय उपस्थिती रहन्थयो २०४६ को बहुदलपछि बिलासिताले जरा गाढयो र मान्छे स्वखिन भए । श्रम गर्न बिलकुलै छाडे त्यसको प्रभाव निर्यातमुखी अर्थतन्त्र भन्दा आयात मुखी अर्थतन्त्रमा बिकास भयो । अहिले विश्व अर्थतन्त्रमा आईरहेको प्रभाव र नेपाली अर्थतन्त्रमा परेको संकुचनमा हर्कको श्रम क्रान्ति एउटा सन्देश बनेको छ । भनिन्छ साधारण चेत भएको मान्छेले असाधरण कार्य गर्न सक्छ । हर्क आफैमा एउटा सङघर्षशिल पात्र हुन र त हजारौ श्रमजिबीको प्रतिनिधीत्व गर्ने आँट गरे । संसारलाई श्रमको त्रान्तिबाट चकित पारे ।

आजको बैज्ञानिक युगले उनलाई छोएन । प्रविधि यन्त्र जे जे भने पनि आजको ईन्जिनियरिङ शिक्षा उनका अगाडी घुँडा टेक्यो बस एउटै कुराले जग बसायो कि एकताको जनश्रमदानले आमुल परिवर्तन ल्याउन सक्छ । हुन् न त पुर्वेली चेतनाको आफ्नै अर्थ र औचित्य छ । अझ धरान, जसलाई आधुनिक चेतनाको सहर पनि भनिन्यो । त्यस्तो क्षेत्रमा पनि श्रमक्रान्तिको उठ्ठान हुनु आफैमा गर्भिलो र ओजनदार तर्क थियो । जे होस मेयर सापले धरानलाई पुर्न जिवित पार्ने काम गरे । श्रमक्र को नगरी स्थापित गरे ।
बिचार ले राजनिती चल्छ भन्ने मानसिकता राजनीतिसास्त्रको प्रारुपता नै हो सायद हर्क को मष्तिकमा प्रजातन्त्र , कम्युनिजम भन्दा बढी श्रमको उपभोग र अनिवार्यता , धरान उपमहानगरपालिका को लौकिक र आबस्यकता को विचार बन्न पुग्यो । वास्तवमा कर्म नै विचार रहेछ भन्ने कुराको पुष्टी पनि भएको अनुभुति हुन्छ । नेताहरु जनताकै दैनिकी गतिविधिमा निगरानी गर्ने आदत्त बनाए भने जनताका समस्या पहिचान गर्न सहज हुन्छ ।

कम्युनिष्टहरुको वर्चश्व रहेको बुटवल उपमहानगरपालिकामा दिपनगरदेखि चियापान तथा गाउँ वस्तीका साथै नागरिकहरुसँग सन्चो बिसन्चो सोध्दै बुझदै कार्यालय आउने बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेले त्यसै चुनाव जितेका थिएनन् । जनतासंग पारसपरिक सम्बन्ध थियो उनको । काठमान्डौं महानगरपालिकाका मेयर बालेन्द्र शाह देशभरी नै चर्चामा छन् । उनी जनपक्षिय काममा निरन्तर खटिरहेका छन् र लोकप्रियता समेत हासिल गरेका छन् । वैैदेशिक क्षेत्रमा अलपत्र परेका नेपालीलाई स्वदेश फिर्ता गर्दै रवि लामिछानेले जनताको मन जित्न सफल भए ।

भोली के होला ? बिबेचनाको दृष्टिकोणले त्यो ब्याख्या गर्ने भोलिको पाटो हो तर आजको यथार्थता जनपक्षिय काम प्रति जनप्रतिनिधीको जिम्वेवारीता छ वा छैन भन्ने नै हो । यीनै प्रश्नका सवालको सपाट प्रतिउत्तर हर्क, बालेन लगायतले दिएका छन् र पो त उनीहरुको जयजयकार भएको छ । हुन त अन्य दलमा पनि नराम्रा व्यक्ति छन् भन्ने धारणा किमार्थ होईन इतिहासका दस्तावेज पल्टाउने हो भने किसुन जी , शुशिल कोईराला, मनोमहन अधिकारी, प्रदिप गिरी जस्ता सरल र सहज चरित्रका नेतृत्व हाम्रै अगाढी उदाहरण छन् तर राजनीतिलाई शेवा भन्दा बढी धन्दा बनाएका प्रति हर्क साम्पाङ राई एक असल उदाहरण हुन सक्दछ ।

अन्तयमा नेपाली समाजले श्रमक्रान्ति बुझनैपर्दछ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईबाट शिक्षा लिनुपर्दछ । धराने जनताबाट शिक्षा लिनुपर्दछ । श्रम नै परिवर्तन को संवाहक हो । जनताको साथ लिएर गरिएका कार्यहरु दुरगामी हुन्छन । देशको परिनिर्भरता र उपभोगतावादले थिचिएको बेला देशलाई उकास्न जनश्रमदान आबस्यक छ । हरेक स्थानिय तहले धरान ,काठमान्डौ ले जस्तै काम गर्ने हो भने देश छिट्टै परिवर्तनको दिशा तर्फ केन्द्रित हुन्छ । हर्कले नेपालीलाई श्रमक्रान्ति मार्फत हर्षित तुल्याए । आधुनिक श्रमक्रान्तिका सर्जकको रुपमा परिचय राज्यले दिन सक्यो भने मात्र हजारौ श्रमजीवीहरु देश निर्माणमा एकताबद्ध हुनेछन । हर्क साम्पाङ राईको श्रमक्रान्ति लाई सलाम ।

                             
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।