ताजा अपडेट »

सडक विस्तार गर्दा चौराहा–गोलपार्क क्षेत्रका व्यवसायीलाई मर्का परेको भन्दै २० प्रतिशत कर छुट

आइतबार, १० असार २०८०, १६ : ०३
26 Shares

बुटवल । बुटवल उपमहानगरपालिकाले राजर्माग चौराहदेखि गोलपार्कसम्मका व्यवसायीहरुलाई थप २० प्रतिशत करमा छुट दिने भएको छ । आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै उपप्रमुख सावित्रादेवी अर्यालले चौहारादेखि गोलपार्कसम्मका व्यवसायीलाई लाग्ने व्यवसायमा लाग्ने करमा २० प्रतिशत छुट दिने बताएकी हुन् ।

‘राजर्माग चौहारादेखि गोलपार्क क्षेत्रमा रहेका व्यवसायहरु हाल सडक विस्तारको क्रममा लामो समयदेखि नियमित संचालन हुन नसकेको कारण मर्का परेका व्यवसायीहरुलाई राहत महशुस गराउन त्यस राजर्माग मोहडाका सटरहरुलाई आर्थिक वर्ष २०८०/८१ को व्यवसाय करमा थप २० प्रतिशत छुट दिने व्यवस्था मिलाएको छु ।’– बजेट सावजनिक गर्दैै उपप्रमुख अर्यालले भनिन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।