ताजा अपडेट »

साफ च्याम्पियनसिप : भारतसँग २-० ले पराजित हुँदै समूह चरणबाट बाहिरियो नेपाल

शनिबार, ०९ असार २०८०, २२ : ५५
18 Shares

बुटवल । भारतमा जारी साफ च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो हारसँगै असमुह चरणबाट बाहिरिएको । बैग्लोरको श्री कान्तिरभा स्टेडियममा शनिबार भएको खेलमा नेपाल घरेलु टोली भारतसँग २-० ले पराजित भएको हो।

खेलको पहिलो हाफमा भारतलाई गोलरहित बराबरीमा रोकेको नेपाली टोली दोस्रो हाफमा सम्हालिन नसक्दा हार भोग्न बाध्य भयो। खेलको ६२ औं मिनेटमा भारतीय कप्तान सुनिल क्षेत्रीको गोलमा नेपाल १-० ले पछि परेको थियो। उत्कृष्ट लयमा रहेका सुनिलले पाकिस्तानविरुद्ध ह्याट्रिक गरेका थिए।

खेलको ७० औं मिनेटमा महेश नोरेमको गोलमा नेपाल २-० ले पछि परेको हो। अघिल्लो सिजन नेपाल र भारतले साफको फाइनल खेलेका थिए। समूह चरणको पहिलो खेलमा नेपाल कुवेतसँग ३-१ ले पराजित भएको थियो।

समूह चरणको अन्तिम खेलमा नेपालले मंगलबार पाकिस्तानसँग खेल्नेछ। पाकिस्तानसँगको खेल प्रतिष्ठाका लागि मात्रै हुने छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।