ताजा अपडेट »

उपत्यकाव्यापी वक्तृत्वकलामा ग्लाड स्टोनका निम्ता भइन् प्रथम

शुक्रबार, ०८ असार २०८०, ११ : २२
12 Shares

भक्तपुर। एभरेष्ट स्कुल मिवाछें व्यासी भक्तपुर र स्पोर्टस् फर अल कमिसन नेपालको आयोजनामा भक्तपुरमा भएको उपत्यकास्तरीय वक्तृत्वकला प्रतियोगितामा ग्लाड स्टोन एकेडेमीका निम्ता भट्टराई प्रथम हुन सफल भएकी छिन् ।

प्रतियोगितामा दोश्रो स्थान केएमसी स्कुल शंखमुल काठमाडौंका युशान पाठक र तेश्रो स्थान विनायक शिक्षा निकेटन स्कुल मध्यपुर थिमिका अमृता घलेले सुरक्षित गर्न सफल भए । प्रथमलाई स्वर्ण पदक तथा प्रमाणपत्र, द्धितीयलाई रजत पदक तथा प्रमाणपत्र र तृतीयलाई कास्य पदक तथा प्रमाणपत्र प्रदान गरेका थियो । साथै सहभागी सवै विद्यार्थी तथा विद्यालयहरुका लागि निम्ता प्रमाणपत्र वितरण गरिएको थियो । 

स्वस्थ्य र व्यावसायिक जीवनका लागि खेलकद् भन्ने नाराका साथ प्रतियोगितामा भएको थियो । प्रतियोगितामा काठमाडौ, भक्तपुर, ललितपुर र उपत्यका बाहिरका विभिन्न १२ वटा स्कुलका विद्यार्थीहरु प्रतिस्पर्धामा सहभागी थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।