ताजा अपडेट »

पाँचथरमा बाढीले बगाउँदा ६ बेपत्ता, धेरै स्थानका पुल भत्किए

आइतबार, ०३ असार २०८०, ०७ : ४७
6 Shares

फिदिम । अविरल वर्षासँगै आएको बाढीले पाँचथरमा ठूलो क्षति भएको छ । बाढीले बगाँउदा हालसम्म ६ जना मानिस बेपत्ता भएका छन् भने ठाँउ ठाँउका पुल बगेका छन ।

हेवा खोलामा आएको बाढीमा परेर हिलिहाङ ७ का दिलकुमार तामाङ र फिदिम १० का सन्जोग लोवा सहित सहित ६ जना बेपत्ता भएका छन् ।

बाढीले फिदिम ४ हेवा खोलामा गिटी कुटेर गुजारा चलाँउदै आएका एक, फालेलुङ ३ मा एक र फिदिम ४ माझीटारमा २ गरी ६ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब निरिक्षक हरि खतिवडाले जानकारी ।

बाढीले मेची राजमार्ग अन्तरगत पाँचथर र ताप्लेजुङ 
जाने बाटोमा पर्ने हेँवा खोला पुल भत्काएको छ । यस्तै फालेलुङ गाउँपालिकाको लुमाङदिन र घुमाउनेमा दुइवटा मोटरएवल र एउटा झोलुङगे पुल बगाएको प्रहरीले जनाको छ ।

याङवरक गाउँपालिका ३ र २ मा ठुलो परिमाणमा घर बगाएको भएपनि क्षतिको विवरण यकिन हुन वाँकी रहेको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।