६ आश्विन २०८०, शनिबार

Sep 23, 2023

बुटवल । न्यू होराइजन इङलिस बोर्डिङ स्कुल बुटवल–११ द्वारा आयोजित न्यू होराइजन उत्सव शुक्रबार सम्पन्न भएको छ । जेठ २३ गतेदेखि सुरु भएको उत्सवमा विभिन्न विधाका ६ वटा विधामा विभिन्न प्रतियोगिता भएका थिए । शुक्रबार प्रदेश खेलकुद विकास परिषद लुम्विनीका सदस्य सचिव जय प्रकाश भट्टराईको प्रमुख आतिथ्यता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र कसजूको अध्यक्षता र संस्थाका प्राचार्य लोकनाथ उपाध्यायको उपस्थितिमा सम्पूर्ण प्रतिस्पर्धाका विजेताहरूलाई पुरस्कृत गर्दै समापन गरिएको हो ।

Advertisement

कार्यक्रममा टि–१० क्रिकेटमा विजेता लुम्विनी वारियर्स र उपविजेता रेति इन्स्टिच्यूट टिमलाई क्रमशः २० हजार, १० हजार नगद, मेडल र प्रमाणपत्र सहित पुरस्कृत गरियो । त्यस्तै फूटसल प्रतियोगिताका विजेता सिद्धार्थ एफसी र उप विजेता भि–५ लाई पनि २० हजार, १० हजार प्रमाणपत्र, मेडल र ट्रफी सहित सम्मान गरिएको विद्यालयका प्लस टु संयोजक प्रकाश खनालले जानकारी दिए । यसैगरी हाजिरीजवाफ प्रतियोगिताका विजेता टिम बी स्क्वायर एस, टिम स्कर्लस कम्प्यूटर र टिम चुजनलाई क्रमशः प्रथम पुरस्कार १५ हजार, द्धितीय पुरस्कार १० हजार र तृतीय ५ हजार नगद तथा प्रमाणपत्र, कपद्वारा सम्मान गरियो । भिडियो मेकिङ प्रतिस्पर्धाका विजेतालाई नगर १० हजार र अन्य उत्कृष्ट पाँचलाई प्रोत्साहन पुरस्कार १ हजार का दरले पुरस्कृत गरियो ।

रोवोटिक्स वर्कसप अन्तर्गत प्रदर्शनीमा राखिएका उत्कृष्ट प्रोजेक्टहरूलाई विशेष सम्मान गरियो साथै समापन प्रतिस्पर्धा गायन तथा नृत्य प्रतियोगितामा प्रथम, द्वितीय र तृतिय हुने समूहलाई नगद १२ हजार, ८ हजार र ४ हजारका दरले प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो । १० दिनसम्म सञ्चालन भएका कार्यक्रमहरूको संयोजन प्रकाश खनाल, मनोज सिलवाल, प्रकाश पन्थ, लेखनाथ पन्त तथा रमेश रेग्मीले गरेका थिए । पूर्व अन्तर्राष्ट्रिय खेलाडी शक्ति गौचन उपस्थित रहेको संगीत उत्सव कार्यक्रममा निर्णायकको भूमिकामा लोकेन्द्र शाह, कल्पना कुसुम तथा विसाल श्रेष्ठ रहेका थिए ।

संस्थाका उपप्राचार्य बालकृष्ण भण्डारीको स्वागत मन्तव्य, प्रकाश गौतम र प्रकाश खनालको सञ्चालन रहेको कार्यक्रममा वक्ताहरूले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गर्ने अवसरहरू विद्यालयले निरन्तर रुपमा गरिरहेकोले उत्कृष्ट शैक्षिक नतिजासँगै अतिरिक्त क्रियाकलापमा पनि राष्ट्रमै अब्बल नतिजा हासिल गरिरहेको कुरा सम्बोधनमा बताएका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

भाटभटेनीलाई झापाली जनताको उत्साहजनक साथ, बिर्तामोड स्टोरमा छुट यथावत प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सिबीच भेटवार्ता महिलाको छातीमा अटोग्राफ दिए पछि डोनाल्ड ट्रम्प बिबादमा लुम्बिनीमा ४८९ जनाले लगाए पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप, असोज १० गतेसम्म अभियानको समय थप आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा प्रधानमन्त्री दाहाल चीनमा, यस्तो छ एक हप्ताको कार्यक्रम कांग्रेस निकट मुस्लिम संघको महाधिवेसनको तयारी पूरा नेपाल क्रिकेट संघको अध्यक्षमा पुनः चन्द निर्वाचित ‘स्वास्थ्य सामग्रीमा वितरणमुखी बनेर राज्यलाई कंङ्गाल नबनाऔं’ एनआरएनए अध्यक्षका प्रत्याशी शर्माकाे विश्व दौडाहा जारी देश बिरुद्ध लेखेको आरोपमा पाकिस्तानमा एक पत्रकार हिरासतमा छन्द लहरीमा लहरिँदा नेपालमा लगानी गर्न आयरल्याण्डका राष्ट्रपतिसँग सभामुखकाे अनुराेध ओलीले सम्झिए भारतीय नाकाबन्दीका कष्टकर दिन आज क्यानको नेतृत्व चयन हुँदै, चतुरबहादुर र बिनयराज बीच प्रतिस्पर्धा मुगु सदरमुकाम गमगढी बजारमा आगलागी, ५ घर पूर्ण रुपमा क्षति  बोलेरो जीपबाट खसेर बालकको मृत्यु आजदेखि प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य