ताजा अपडेट »

तिनाउमा अवैध उत्खनन्मा प्रयोग गरिएका २ जेसिबी र २ ट्याक्टर प्रहरी नियन्त्रणमा

शुक्रबार, ०१ असार २०८०, २१ : ५३
40 Shares

बुटवल । पाल्पाको तिनाउ गाउँपालिकामा अवैध रुपमा नदी उत्खनन्का लागि प्रयोग गरिएका २ जेसिबी र २ वटा ट्याक्टरलाई प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको छ । तिनाउ-३ बेसीबाट जसिबी र ट्यनक्टर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

नदीमा अवैध रुपमा ढुङ्गा उत्खनन् गरिरहेको अवस्थामा ग १ क ४१०५ र ग १ क ५०२५ नम्बरको जेसिबी नियन्त्रणमा लिइएको हो । यसैगरी ना ३ त ९१६३ र लु २ त ३६१२ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएको सबैलाई आवश्यक कारबाहीका लागि तिनाउ गाउँपालिकालाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले बताए । जेसीबी र ट्याक्टरसहित पक्राउ परेका चालक तथा सञ्चालकहरुको बारेमा भने प्रहरीले विवरण खुलाएको छैन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।