७ आश्विन २०८०, आईतवार

Sep 24, 2023

खोटाङ । खोटाङका सबै स्थानीय तहमा जनसंख्या वृद्धि दर घटेको पाइएको छ । तथ्यांक कार्यालय उदयपुरले दिक्तेलमा आयोजना गरेको राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिकीकरण कार्यक्रममा राष्ट्रिय जनगणना २०६८ को तुलनामा जिल्लाका १० वटै स्थानीय तहको जनसंख्या घटेको पाइएको हो । नागरिकलाई गाउँमै अडेर बसाउने र बसाइँसराइ रोक्ने नीति तथा कार्यक्रमको अभावमा हरेक स्थानीय तहको जनसंख्या घटेको हो । 

Advertisement

जिल्लाका १० स्थानीय तहमध्ये सबैभन्दा बढी खोटेहाङ गाउँपालिकाको जनसंख्या घटेको पाइएको छ । राष्ट्रिय जनगणना २०६८ को तुलनामा खोटेहाङ गाउँपालिकामा २५.०४ प्रतिशतले जनसंख्या घटेको तथ्यांक कार्यालयले जनाएको छ । २०६८ मा २२ हजार ४७४ जनसंख्या रहेको खोटेहाङको जनसंख्या २०७८ मा १६ हजार ८४६ मा झरेको छ । यस्तै, १० वर्षको अन्तरालमा जन्तेढुंगा गाउँपालिकाको जनसंख्या २२.२० प्रतिशतले घटेको छ ।

२०६८ मा १५ हजार ४४४ जनसंख्या रहेको जन्तेढुंगामा २०७८ मा १२ हजार १६ जनसंख्या गणना भएको छ । बराहपोखरी गाउँपालिकामा २० प्रतिशतले जनसंख्या घटेको छ । २०६८ मा १४ हजार ३४९ जनसंख्या रहेको बराहपोखरीमा २०७८ मा ११ हजार ३९७ जनसंख्या देखिएको छ । 

दिप्रुङ चुईचुम्मा गाउँपालिकाको जनसंख्या १९.१८ प्रतिशतले घटेको छ । २०६८ मा २० हजार १७५ जनसंख्या रहेको दिप्रुङ चुईचुम्माको जनसंख्या २०७८ मा १६ हजार ३०५ मा झरेको छ । ऐसेलुखर्क गाउँपालिकामा १७.८९ प्रतिशतले जनसंख्या घटेको छ । २०६८ मा १६ हजार ९७ जनसंख्या रहेको ऐसेलुखर्कमा २०७८ मा १३ हजार २१७ जनसंख्या कायम देखिएको छ । साकेला गाउँपालिकाको जनसंख्या १७ प्रतिशतले घटेको छ । २०६८ मा ११ हजार ५९४ जनसंख्या रहेको साकेलामा २०७८ मा ९ हजार ६२३ जनसंख्या गणनामा आएको तथ्यांक कार्यालय उदयपुरका तथ्यांक अधिकृत शिवनारायण महतोले जानकारी दिए । 

रावाबेँसी गाउँपालिकामा १६.२३ प्रतिशतले जनसंख्या घटेको छ । २०६८ मा १३ हजार ३६९ जनसंख्या रहेको रावाबेँसीमा २०७८ मा ११ हजार १९९ जनसंख्या देखिएको छ । केपिलासगढी गाउँपालिकामा १३.४५ प्रतिशतले जनसंख्या घटेको छ । २०६८ सालमा १५ हजार २८८ जनसंख्या रहेको केपिलासगढीको जनसंख्या २०७८ मा १३ हजार २३१ मा झरेको छ । 

हलेसी तुवाचुङ नगरपालिकाको जनसंख्या ८.३१ प्रतिशतले घटेको छ । २०६८ मा २९ हजार ५३२ जनसंख्या रहेको हलेसी तुवाचुङमा २०७८ मा २७ हजार ७८ जनसंख्य गणनामा आएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ८.३० प्रतिशतले जनसंख्या घटेको छ । २०६८ सालमा ४६ हजार ९०३ जनसंख्या रहेको दिक्तेल रुपाकोट मझुवागढीमा २०७८ मा ४३ हजार ८ जना जनसंख्या देखिएको तथ्यांक कार्यालयले जानकारी दिएको छ । बसाइँसराइ रोक्ने योजना ल्याउन नसके गाउँ रित्तिदै जाने खतरा देखिएको जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले बताए । 

समग्र खोटाङमा १५.०३ प्रतिशतले जनसंख्या घटेको छ । २०६८ सालको जनगणनामा २ लाख ६ हजार ३१२ जनसंख्या रहेको जिल्लामा २०७८ मा १ लाख ७५ हजार २९८ जनसंख्या गणना गरिएको छ । जिल्लामा महिलाको जनसंख्या ८८ हजार ६६१ र पुरुषको जनसंख्या ८६ हजार ६३७ रहेको छ । २०६८ मा ४२ हजार ६४७ घर परिवार रहेको जिल्लामा २०७८ मा घर परिवार संख्या ४१ हजार ७५० रहेको पाइएको छ ।  

प्रतिकृया दिनुहोस्

Flash News

‘सिद्धार्थ चेम्बर अफ कमर्श पत्रकारिता पुरस्कार’बाट गुप्ता सम्मानित विषादीयुक्त केमिकलबाट स्थानीय बासीको स्वास्थ्यमा समस्या भएको भन्दै उद्योग बन्द गर्न माग लुम्बिनी प्रादेशिक अस्पतालमा बाल तथा महिला प्रसुतीका लागि छुट्टै काउन्टरको सुरुवात बुटवल आएर एआईजी भण्डारीको निर्देशन : भ्रष्टाचार शुन्य सहनशिलतामा काम गर्नुस् बुटवल गाेलपार्कको दुर्गा मन्दिरमा सन्ध्याकालिन महाआरती हुने बुटवलको देवीनगरमा गणपति मिष्ठान्नको ‘फ्रेन्चाइज’ बुटवलमा ईस्लाम धर्मालम्विहरुको धर्मगुरु पैगम्बरको १४९८ औं जन्मोत्सव विविध कार्यक्रम गरि मनाइँदै लागुऔषधसहित एकजना पक्राउ ‘अपराधको शैली परिवर्तन हुँदै जाँदा अनुसन्धान तथा नियन्त्रण थप चुनौतिपूर्ण बन्दै’ बलात्कार आराेपमा एकजना पक्राउ खुकुरी प्रहार गरी हत्या गरेको आराेपमा एकजना पक्राउ जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ एयर गनसहित एकजना पक्राउ गाईको चित्रअंकित ‘मेडालियन सिक्का’ सार्वजनिक जसपाको कोशी प्रदेश समिति पुनर्गठन, पदाधिकारीमा को को परे ? चिलिमे-त्रिशुली २२० केभी प्रसारण लाइन पुषभित्र सक्ने समयसीमा नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न नेपाल उद्योग परिसंघ र सीसीपीआईटीबीच समझदारी प्रधानसेनापति शर्मा भारत प्रस्थान टिकटक स्टार ‘मुन’को सम्झानामा युवा वर्गलाई सदेश मुलक गीत (भिडियोसहित) भष्ट्रचारको थप सुचना ओलीज्यूले नै दिनुहुन्छ: बराल