ताजा अपडेट »

तिलोत्तमा नगरपालिकाको विभिन्न स्थानमा होडिङ बोर्ड

मंगलबार, ३० जेठ २०८०, ११ : ०६
20 Shares

बुटवल । तिलोत्तमा नगरपालिकाको विभिन्न स्थानमा होडिङ बोर्ड राखिएको छ । विभेद मुक्त नगर समानता युक्त नगर निर्माण अभियान अन्तर्गत नगरपालिकाका विभिन्न महत्त्वपूर्ण स्थानमा होडिङ्ग बोर्ड राख्ने कार्यको शुभारम्भ भएको हो । नगरपालिकाका उपप्रमुख जगेश्वर देवी चौधरीले नगरपालिकामा होडिङ्ग बोर्ड गाँसेर शुभारम्भ गरेकी हुन् ।

जातीय तथा अन्यकुनै पनि प्रकारका सामाजिक विभेद र छुवाछूत गरेमा कानूनअनुसार दण्ड सजाय हुने सो होडिङ बोर्डमा उल्लेख गरिएको छ । कार्यक्रममा बोल्दै उपप्रमुख चौधरीले कुनै पनि बहाना कुनै प्रकारको विभेद नगर्न आग्रह गरिन् । नगरका विभिन्न १४ वटा महत्त्वपूर्ण र धेरै मानिसहरूको चहलपहल हुने स्थानमा त्यी होडिङ बोर्ड राखिएको सामाजिक विकास समिति संयोजक रवि सेञ्चुरीले बताए ।

नगरका बाउन्नकोटी मन्दिर , मोक्षधाम , तिलोत्तमाको सिमाना योगिकुटी र कटैया , स्कुल , वडा कार्यालय , बनवाटिकालगायतका स्थलमा होडिङ्ग बोर्ड राखिएको थालेको संयोजक सेन्चुरीले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।