६ आश्विन २०८०, शनिबार

Sep 23, 2023

बुटवल । रुपन्देही तिलाेत्तमा ६ मा रहेकाे मैनादेवी अनाथ आश्रमका अनाथ बालबालिकालाई शैक्षिक सामग्री तथा खाद्यान्न बितरण गरिएको छ ।

Advertisement

रिटर्नी फेडेरेसन नेपाल तिलोत्तमा नगरकमिटी अध्यक्ष सन्तोष अर्याल तथा लक्ष्मी कुँवरकाे नेतृत्वमा विश्व बालश्रम विरूद्धकाे दिवसकाे अवसरमा साे सामग्री वितरण गरिएकाे हाे । वाड नम्बर ११ का सन्तोष अर्यालले हामी सबै बालबालिकाहरूकाे अभिभावक भएकोले आफू अनाथ हो भन्ने सोच नराखी अगाडि बढ्न आग्रह गरे ।

सञ्चालक मैनादेवी भण्डारीले विभिन्न व्यक्तिको सहयाेगले आश्रम चलिरहेको र आगामी दिनमा पनि सहयाेगकाे अपेक्षा रहेकाे बताइन् । तिलोत्तमा नगरपालिकाले विदेश गएका र विदेशबाट आएका व्यक्तिहरूकाे तथ्यांक संकलन गर्न प्रत्येक वाड बाट १-१ जना खटाएको थियो ।

जसअनुसार एक हजार सञ्चार खर्च दिइएकोमा साेही रकमले अनाथ आश्रममा सहयाेग गरेकाे सन्ताेष अर्यालले जानकारी दिए । वडा नम्बर-३ का लक्ष्मी कुँवर , वडा नम्बर-४ का मन्जु ज्ञवाली पोखरेल , वडा नम्वर-८ का सुरज ढकाल , वडा नम्वर-९ का संगीत बुढाप्रिती , वडा नम्वर-१० का गिता चौधरी, वडा नम्वर-११ का सन्तोष अर्याल त्यसैगरी नम्वर-१३ का रमा परियार , वडा नम्वर-१४ का खिम कुमारी सार्की, वडा नम्वर-१५ का उर्मिला थारु , वडा नम्वर-१६ का ललिता चौधरी थारु र वडा नम्बर-१७ दिपा पाण्डेले सहयोग गरेका थिए । भने बाँकी अन्य वडाबाट यस कार्यक्रममा सहभागी नभएकाे अर्यालले बताए । यस अभियानमा अनिल चौधरी , रवि सेञ्चुरी लगायतले आर्थिक तथा खाद्यान्न सहयोग गरेका थिए ।

कार्यक्रममा सुरज ढकाल , उर्मिला चौधरी लगायतले बाेलेका थिए ।कार्यक्रममा प्रमुख अतिथि तिलाेत्तमा नगरपालिकाका सामाजिक विकास समिति संयाेजक सेञ्चुरीले याे निकै उदाहरणीय काम भएकाे र अन्यले पनि यस्तै सहयाेग गर्न जरूरी रहेकाे बताए । सुरज ढकालकाे अध्यक्षता रहेकाे कार्यक्रमकाे संचालन संगीत बुढाप्रितीले गरेका गरेका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

भाटभटेनीलाई झापाली जनताको उत्साहजनक साथ, बिर्तामोड स्टोरमा छुट यथावत प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सिबीच भेटवार्ता महिलाको छातीमा अटोग्राफ दिए पछि डोनाल्ड ट्रम्प बिबादमा लुम्बिनीमा ४८९ जनाले लगाए पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप, असोज १० गतेसम्म अभियानको समय थप आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा प्रधानमन्त्री दाहाल चीनमा, यस्तो छ एक हप्ताको कार्यक्रम कांग्रेस निकट मुस्लिम संघको महाधिवेसनको तयारी पूरा नेपाल क्रिकेट संघको अध्यक्षमा पुनः चन्द निर्वाचित ‘स्वास्थ्य सामग्रीमा वितरणमुखी बनेर राज्यलाई कंङ्गाल नबनाऔं’ एनआरएनए अध्यक्षका प्रत्याशी शर्माकाे विश्व दौडाहा जारी देश बिरुद्ध लेखेको आरोपमा पाकिस्तानमा एक पत्रकार हिरासतमा छन्द लहरीमा लहरिँदा नेपालमा लगानी गर्न आयरल्याण्डका राष्ट्रपतिसँग सभामुखकाे अनुराेध ओलीले सम्झिए भारतीय नाकाबन्दीका कष्टकर दिन आज क्यानको नेतृत्व चयन हुँदै, चतुरबहादुर र बिनयराज बीच प्रतिस्पर्धा मुगु सदरमुकाम गमगढी बजारमा आगलागी, ५ घर पूर्ण रुपमा क्षति  बोलेरो जीपबाट खसेर बालकको मृत्यु आजदेखि प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य