७ आश्विन २०८०, आईतवार

Sep 24, 2023

बुटवल । एमालेको भातृ संगठन राष्ट्रिय युवा सघं नेपाल रुपन्देहीको दोस्रो पूर्णबैठक सम्पन्न भएको छ । बैठक राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय महासचिब सुमन पुरिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको बैठकले बिभिन्न खालका जिम्मेवारी बाँडफाँड गरेको छ ।

Advertisement

संगठनलाई विस्तार शुद्धिकरणसहित चलायमान बनाउने उद्वेश्यले कमिटिका सम्पूर्ण पदाधिकारी र सदस्यहरुको जिम्मेवारी बाडबाफाड गरिएको राष्ट्रिय युवा सघं नेपाल रुपन्देहीका जिल्ला अध्यक्ष विकास बस्नेतले जानकारी गराएका छन् ।

अध्यक्ष बस्नेतका अनुसार साउन पहिलो हप्ता भित्र बुटबल उपमहानगर कमिटी, सिदार्थनगर नगर कमिटी, सैनामैना नगर कमिटी, सियारी गाउं कमिटीको अधिवेशन गरिने छ । त्यस्तै मायांदेवी, कञ्चन, गैडहवा गाउं कमिटीको अधिवेशन गर्ने बैठकबाट निर्णय भएको छ ।दक्षिण भागमा रहेका ४ बटा पालिका लुम्बिनी, मर्चवारी, समरिमाई र कोटहिमाई गाउं कमिटीलाई भदौ महिनामा संगठन विस्तारसहित दक्षिण जाउ अभियान सन्चालन गर्ने अध्यक्ष बस्नेतले बताए ।

साथै संगठनले मदन जयन्तीको अवसरमा साताब्यापी रचनात्मक कार्यक्रम गर्ने निणर्य गरेको छ । असार १३ गते सहकारी विभाग, असार १४ गते साइवर सर्कल, असार १५ गते कृषि विभाग, असार १६ गते क्षेत्र नम्वर २, असार १७ गते क्षेत्र नम्वर १, असार १८ गते क्षेत्र नम्वर ५, असार १९ गते क्षेत्र नम्वर ३ को क्षेत्रीय कमिटीको विशेष कार्यक्रम गर्नका लागि जिम्मेवारी बाडफांड गरिएको छ ।

राष्ट्रिय युवा सघं नेपाल केन्द्रीय कमिटिले सन्चालन गरेको मिसन ग्रास रुट अन्र्तरगत मिसन नेस्ट इलेक्सन, तारकेट न्यु जेनेरेसनलाई रुपन्देही जिल्ला कमिटिले विशेष अभियानका रुपमा सन्चालन गर्ने बैठकबाट निर्णय भएको अध्यक्ष विकास बस्नेतले बताए । बैठकमा राष्ट्रिय युवा सघं नेपालका महासचिब सुमन पुरी, नेकपा एमालेका रुपन्देही सदस्य तथा युवा इन्चार्ज नकुल शाही ठकुरी, केन्द्रीय सदस्य किरण नेपाल, नवराज थापा, दिपक खड्की र दिपेश कडेल लगायतले बोलेका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

‘सिद्धार्थ चेम्बर अफ कमर्श पत्रकारिता पुरस्कार’बाट गुप्ता सम्मानित विषादीयुक्त केमिकलबाट स्थानीय बासीको स्वास्थ्यमा समस्या भएको भन्दै उद्योग बन्द गर्न माग लुम्बिनी प्रादेशिक अस्पतालमा बाल तथा महिला प्रसुतीका लागि छुट्टै काउन्टरको सुरुवात बुटवल आएर एआईजी भण्डारीको निर्देशन : भ्रष्टाचार शुन्य सहनशिलतामा काम गर्नुस् बुटवल गाेलपार्कको दुर्गा मन्दिरमा सन्ध्याकालिन महाआरती हुने बुटवलको देवीनगरमा गणपति मिष्ठान्नको ‘फ्रेन्चाइज’ बुटवलमा ईस्लाम धर्मालम्विहरुको धर्मगुरु पैगम्बरको १४९८ औं जन्मोत्सव विविध कार्यक्रम गरि मनाइँदै लागुऔषधसहित एकजना पक्राउ ‘अपराधको शैली परिवर्तन हुँदै जाँदा अनुसन्धान तथा नियन्त्रण थप चुनौतिपूर्ण बन्दै’ बलात्कार आराेपमा एकजना पक्राउ खुकुरी प्रहार गरी हत्या गरेको आराेपमा एकजना पक्राउ जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ एयर गनसहित एकजना पक्राउ गाईको चित्रअंकित ‘मेडालियन सिक्का’ सार्वजनिक जसपाको कोशी प्रदेश समिति पुनर्गठन, पदाधिकारीमा को को परे ? चिलिमे-त्रिशुली २२० केभी प्रसारण लाइन पुषभित्र सक्ने समयसीमा नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न नेपाल उद्योग परिसंघ र सीसीपीआईटीबीच समझदारी प्रधानसेनापति शर्मा भारत प्रस्थान टिकटक स्टार ‘मुन’को सम्झानामा युवा वर्गलाई सदेश मुलक गीत (भिडियोसहित) भष्ट्रचारको थप सुचना ओलीज्यूले नै दिनुहुन्छ: बराल