ताजा अपडेट »

व्यवहारीक तथा उपयोगि कक्षामा सहभागि बुटवलका २५५ जना किशोरीहरु दीक्षित

सोमबार, २९ जेठ २०८०, २१ : ३०
51 Shares

बुटवल । बुटवलमा व्यवहारीक तथा उपयोगि कक्षामा सहभागि भएका २५५ जना किशोरीहरुलाई प्रमाण पत्र वितरण तथा दीक्षित गरिएको छ । सेतो गुराँस बालबिकास सेवा रुपन्देहीले सोमबार बुटवलमा एक कार्यक्रमको आयोजना गरि व्यवहारिक तथा उपयोगि सीपको १० महिने कक्षामा सहभागि विद्यालय बाहिर रहेका बुटवल उपमहानगरपालिका भित्रका २५५ जना किशोरीहरुलाई प्रमाणपत्र तथा दीक्षान्त गरेको हो ।

दीक्षित हुनेमा मध्ये ८५ जना गरिबी, ७ जना परीक्षामा फेल भएर, ३७ जना पढ्न मन नभएर, ११ जना अभिभावकहरुको बेवास्ता, ८१ जना छिट्टो विबाह, १४ माइग्रेशनले, २ जना अभिभावकको लापरवाही र ६ जना किशोरीहरु लकडाउनको कारणले विद्यालय बाहिर रहेको सेतो गुँरास सेवाकी रुपन्देही अध्यक्ष ओमिकला गाहाले जानकारी दिइन् । साथै १५१ जना किशोरीहरु विवाहीत रहेको उनले बताइन् ।

प्रमाणप्रत्र वितरण तथा दीक्षान्त समारोहमा बोल्दै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रदेवी अर्यालले बुटवलमा केही पनि पढ्ने उमेर समूहका किशोर किशोरीहरु विद्यालय बाहिर हुनु पर्ने अवस्थामा आएमा उपमहानगरले आवश्यक परेको अवस्थामा अभिभावकत्व ग्रहण गर्न तयार रहेको बताइन् । साथै आफुले गर्नु पर्ने सबै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै किशोरीहरुले बनाएका विभिन्न सामानहरु कोसेली घरको बजारिकरण बुटवल उपमहानगरपालिकाले नै गरिदिने बताइन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।