ताजा अपडेट »

त्रिभुवन विमानस्थलबाट ६ किलोभन्दा बढी लागुऔषध चरेससहित जर्मन नागरिक पक्राउ 

सोमबार, २९ जेठ २०८०, १३ : १७
26 Shares
सोमबार, २९ जेठ २०८०
26 Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जर्मन नागरिक ६ किलोभन्दा बढी लागुऔैषध चरेससहित पक्राउ परेका छन् ।

सोमबार टर्किस एयरलाइन्सबाट इस्तनाबुल हुँदै सुत्तगार्ट जान लागेका ६३ वर्षीय जर्मन नागरिक पल रिस्टलाई विमानस्थलमा खटिएका प्रहरीले विमानस्थलबाटै नियन्त्रणमा लिएको हो । 

सुटकेसमा कार्बन पेपरले बेरेर चरेस लुकाएका थिए । विमानस्थल प्रहरीले जाँच गर्ने क्रममा उनको सुटकेसमा कार्बन पेपरले बेरेर चरेस लुकाएको पत्ता लागेको हो । यसपछि चरेससहित उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

 विमानस्थल प्रहरीले पक्राउ परेका ती जर्मन नागरिकतालाई लागुऔषध नियन्त्रण व्युरोको जिम्मा लगाएको छ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।