७ आश्विन २०८०, आईतवार

Sep 24, 2023

गुल्मी । पछिल्लो एक वर्षयता गुल्मीको रेसुङ्गा नगरपालिकाको विकासको गतिले फड्को मारेको छ । त्यो कुनै व्यक्तिले भन्न र लेख्न परेन सडक पुरर्निर्माणदेखि विभिन्न क्षेत्रमा भएका विकास निर्माणले फड्को मारेको छर्लङ्ग देख्नै सकिन्छ । यस भन्दा पुर्व मेयर सहितका जनप्रतिनिधीले केहि गरेनन अहिलेका मेयरसहितका जनप्रतिनिधीले मात्रै गरे भन्न खोजिएको होईन ।

Advertisement

हाल प्रदेश सांसद रहेका संस्थापक मेयर डिल्लीराज भुसालले विपक्षी राजनीति दल नेपाली कांग्रेसको चर्को विरोध र अवरोधका बावजुद पनि नगरपालिकाको संस्थागत विकासमा सफलता हाँसिल गरेकै हुन् । मझेङ्ग खानेपानी योजना, गडजुरामा बिशाल रेसुङ्गा पार्क, महादेव पोखरी देखि माथी यज्ञशाला पुग्ने अकर्षक सिढी निर्माण लगायमा उल्लेख्य काम गरे ।

त्यस्तै, रेसुङ्गा विमानस्थलको निर्माण कार्यमा तीव्रता , अजुनडाँडा र उनायचौरको ट्रिहाउससहितका पर्यटकिय गनतब्य निर्माण, रेसुङ्गा नगरपालिकाको प्रशासकिय भवन निर्माण उनका छर्लङ्ग देखिने र तारिफ नै गर्न सकिने विकास निर्माण हुन् । त्यस अवधिमा अनेकन नीति निर्माणसहित नगरपालिकालाई संस्थागत विकासको जग निर्माणमा उनलाई त्यसपालिका परिवारले सधैव सम्झीनै र सम्मान गर्ने पर्छ ।

संस्थागत मेयर भुसालको प्रशंसा गरिरहँदा वर्तमान मेयर खिलध्वज पन्थीको एक बर्षे कार्यकालमा विकास निर्माण र जनताकै पक्षमा प्रायः दैनिक झण्डै १८ घण्टा सम्मको खटाईको पनि तारिफ गरिएन् भने अन्याय हुने छ । कहिले मेयर पन्थी एकाविहानै सडक निर्माणस्थलमा कहिले राती अबेरसम्म कामदारसंगै खटेको देखिन्छन् ।

तम्घास बजारको खाल्डाखुल्डी र साँघुरो सडकले यहाँका जनप्रतिनिधीहरुलाई गिज्जाई रहेको थियो । तर फराकिलो पार्न निकै चौनौतीपुर्ण थियो । तर मेयर पन्थी सहित सबैदलबाट निर्वाचित सबैतहका जनप्रतिनिधीहरु सडकमा ओर्लेल कतै घरधनीसँग हात जोडदै त कतै धारेहात खाँदै भए पनि सडक पेटी भत्काएर सडक मिले सम्मकै फराकिलो फारेर पुन कालोपत्रे गर्ने कार्य लगभग अन्तिम चरणमा पुराएका छन् ।

फराकिलो र कालोपत्रे सडक भईसकेपछि यति बेला सँच्ची नै तम्घास बजारलाई दशै आएको छ । दशैताका मात्रै यी र यस्ता सडक, र बाटाघाटाहरु यति सफा हुन्थे । त्यसो त कालोपत्रे नहुनु अघि पनि मेयर पन्थीले सडक सरसफाई छेडेर भुँईमा खसेको खाद्य पदार्थ पनि नटिपेर खाउँ जस्तो बनाउँदै आएका थिए । अरु भन्दा पनि सामाजिक सञ्जालमा ब्याङ्ग गरिदै आएको र राज्यको करोडौं रकम खेर फाले भन्दै रेसुङ्गा विमानस्थल त बन्यो तर नियमित उडान नहुने भयो भनेर आलोचना गरिएको थियो । तर मेयर पन्थी महिनौ काठमाण्डौ बसेर हरेक शुक्रबार नियमित उडान गराएरै छाडे । त्यस पछि पनि नियमित उडान त हुने भयो तर यात्रु नपाउने भयो भनेर पन्थी माथी आलोचना सुरु भयो । त्यस विरुद्ध सदरकुमामा शनिवार एक कार्यक्रममा आयोजित मेयर पन्थीले पीडा पोखे ।

उनले भने –‘नियमित उडान त भयो तर यात्रु पाउन नसके पछि नियमति उडान हुन नसक्ने भयो भन्दै सामाजिक सञ्जालमा आलोचना गरिदैछ, तर आउनुहोस हामी कहाँ हेर्न आगमी चार हप्तासम्म टिकट प्याक भई सकेको छ । अर्को कुरा भनिदैछ नगरपालिकाको कोठाबाट टिकट वितरण गरियो भनेर तर होईन त्यो नेपाल एअरलाईन्सले नै टिकट बुक गर्छ हामीले त संयोजन मात्रै गरेका हौं ।’ उनले थपे राम्रा कामलाई राम्रो भन्न पनि सिकौं साथीहरु । हामीलाई तारिफ गर्नुस भनेका होईनौं, हामीलाई तारिफ चाहिएको पनि छैन काम चाहिएको छ , हेर्दै जानुस त्यसको नतिजा आफै बोल्ने छ ।

पन्थीले आफ्नो कार्यकाल अब चार बर्ष बाँकी छ हैन, एक वर्ष मात्रै बाँकी छ त्यस भित्रमा हामीले अगाडी सारेका र जनताले चाहेका सबै विकास निर्माण सम्पन्न गर्ने गरि आफु पनि दिनरात भनि खटेको र पालिकाका सबै जनप्रतिनिधी पनि त्यसरी नै खटने उनले निर्देशन दिए । पन्थीले सालझण्डी तम्घास ढोरपाटन सडक निर्माणको काम बिचमा अलपत्र परिरहेकोले आफु निर्वाचित हुन साथ सम्बन्धीत निर्माण कम्पनीलाई खोजेर निर्माण कार्यमा तीब्रता दिएको , छिट्टै नै सालझण्डीदेखि खज्र्याङ्ग सिमिचौर तम्घाससम्मको सडक खण्ड सम्पन्न गरी नियमित यातायात सुचारु गर्ने गरी बजेट पार्न केन्द्रमा दौडधुप गरिरहेको जानकारी दिए । उनले सालझण्डी तम्घास सडक सम्पन्न भए पछि गुल्मेलीहरुको सुरक्षित यात्रा मात्र नभई समृद्धिको यात्रा समेत सुरु हुने दावी गरे ।

उनले रेसुङ्गा धार्मिक क्षेत्रलाई पर्यटकिय हव बनाउन नगरपालिकाले ‘जाउँ हिड रेसुङ्गा ’ अभियान अगाडी सारेको र यस अभियानलाई सफल पार्न सबै पक्षुसँग सहयोगको अपिल गरे । उनले महादेवपोखरीमा चारधामको जल ल्याएर जलमग्न बनाउने र बुटवल सम्मका पत्रकार बोलाएर प्रचार सुरु गरेपछि विश्वभर रेसुङ्गालाई चिनाउने र हजारौ होईन लाखौ पर्यटक भित्राउने आफ्ने लक्ष्य रहेको उद्धघोष गर्दै आफुले सांसद भण्डारीले बजेट भाषण अघि अर्थमन्त्रीलाई भेटेर रेसुङ्गाको पर्यटन पुर्वधार विकासमा यसपाली झण्डै दुई करोड पारिएकोमा अर्थमन्त्री प्रकाशशरण महत र अस्वास्थ्य अवस्थामा चन्द्र भण्डारीले समेत अर्धमन्त्रीमन्त्रीलाई मेरो रेसुङ्गालाई बजेट चाहिन्छ है भनेर आग्रह गरेको प्रति दुबैलाई धन्यवाद दिए ।

मेयर पन्थीले यी भनाईहरु बैशाख २३ देखि ३१ गतेसम्म रेसुङ्गाधाममा सञ्चालन भएको श्रीराम महायज्ञ तथा श्रीराम कथा महामहोत्सव मेला समिक्षा तथा आयव्यय सार्वजनिक कार्यक्रममा राखेका हुन् । आयोजक रेसुङ्गा संरक्षण समितिका कोषाध्यक्ष, नेत्रबहादुर बस्नेतले प्रस्तुत गरेको प्रतिवेदन अनुसारसम्पुर्ण खर्च कटाएर पनि रेसुङ्गा क्षेत्रको लागि समितिले २२ लाख भन्दा बढि आम्दानी बैंक खाता मै सुरक्षित गरेको छ । रेसुङ्गा नगरपालिकाले मेला सम्पुर्ण ब्यवस्थानकाृ जिम्मा लिएर पनि थप दुई दिने घोषणा गरेको छ ।

गुल्मीदवारले डेढ लाख अन्य पालिकाहरुले पनि २५ देखि ५१ लाखसम्म दिने घोषणा गरेको छ । त्यो सहित झण्डै ३० लाख संरक्षण समितिको कोषमा जम्मा पनि देखिन्छ । बस्नेतले कुल आम्दानी ५८ लाख ४७ हजार ८१५ रुपैयाँ भएको, खर्च ३५ लाख ७१ ह्जार ४५० भएको र २२ लाख ७६ हजार ४९५ रुपैयाँ बैंक खातामा बचत रहेको जानकारी दिएका छन् । कार्यक्रममा महायज्ञ सफल पार्न सहयोग पुराउने सबै पक्षलाई आयोजक रेसुङ्गा संरक्षण समितिका अध्यक्ष तथा मुल समारोह समितका संयोजक सुरेशचन्द्र भुसालले धन्यवाद दिए ।

सचिव गोपाल प्रसाद पन्थीले प्रस्तुत गरेको विवरणमा व्यवस्थापनमा पानीदेखि कम्य्ुटरसहितको प्राविधिक, यातायातसम्मको भरपुर सहयोग रेसुङ्गा नगरपालिकाले गरेको छ । त्यस्तै तम्घासका रेग्मी भाँडा पसलले रेसुङ्गाको मेलाको भोजन निशुल्क उपलब्ध गराएको प्रति धन्यवाद दिईएको छ । तस्तै तम्घासका १५ वटा बैंकहरुले ५ हजार देखि २ लाखसम्म सहयोग गरेका छन । सबै भन्दा बढि २ लाख ग्लोबल आईएमई बैक तम्घासले पम्पेलेट छपाईका लागि उपलब्ध गराएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

‘सिद्धार्थ चेम्बर अफ कमर्श पत्रकारिता पुरस्कार’बाट गुप्ता सम्मानित विषादीयुक्त केमिकलबाट स्थानीय बासीको स्वास्थ्यमा समस्या भएको भन्दै उद्योग बन्द गर्न माग लुम्बिनी प्रादेशिक अस्पतालमा बाल तथा महिला प्रसुतीका लागि छुट्टै काउन्टरको सुरुवात बुटवल आएर एआईजी भण्डारीको निर्देशन : भ्रष्टाचार शुन्य सहनशिलतामा काम गर्नुस् बुटवल गाेलपार्कको दुर्गा मन्दिरमा सन्ध्याकालिन महाआरती हुने बुटवलको देवीनगरमा गणपति मिष्ठान्नको ‘फ्रेन्चाइज’ बुटवलमा ईस्लाम धर्मालम्विहरुको धर्मगुरु पैगम्बरको १४९८ औं जन्मोत्सव विविध कार्यक्रम गरि मनाइँदै लागुऔषधसहित एकजना पक्राउ ‘अपराधको शैली परिवर्तन हुँदै जाँदा अनुसन्धान तथा नियन्त्रण थप चुनौतिपूर्ण बन्दै’ बलात्कार आराेपमा एकजना पक्राउ खुकुरी प्रहार गरी हत्या गरेको आराेपमा एकजना पक्राउ जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ एयर गनसहित एकजना पक्राउ गाईको चित्रअंकित ‘मेडालियन सिक्का’ सार्वजनिक जसपाको कोशी प्रदेश समिति पुनर्गठन, पदाधिकारीमा को को परे ? चिलिमे-त्रिशुली २२० केभी प्रसारण लाइन पुषभित्र सक्ने समयसीमा नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न नेपाल उद्योग परिसंघ र सीसीपीआईटीबीच समझदारी प्रधानसेनापति शर्मा भारत प्रस्थान टिकटक स्टार ‘मुन’को सम्झानामा युवा वर्गलाई सदेश मुलक गीत (भिडियोसहित) भष्ट्रचारको थप सुचना ओलीज्यूले नै दिनुहुन्छ: बराल