६ आश्विन २०८०, शनिबार

Sep 23, 2023

बुटवल । नेपाली कथानक चलचित्र रोशनीको गीत जुनी जुनीको शुक्रबार बुटवलमा विमोचन गरिएको छ । गीतको संगीतकार सुरेश सेन्चुरी, गायक सौगात सायर, रुपन्देही चलचित्रपत्रकार संघका सल्लाहकार मनिष पन्त तथा उक्त गीतका गायक पहाडीले संयुक्त रुपमा विमोचन गरेका हुन्।

Advertisement

चलचित्र रोशनीको मुख्य अंशका रुपमा रहेको उक्त गीतमा गायक अनिल पहाडी र गायिका अन्जु पन्तले स्वर दिएका छन् । गीत विमोचनपछि बोल्दै गायक पहाडीले चलचित्र क्षेत्रमा आफूले पहिलो पटक स्वर दिएको अनुभव सुनाउँदै दर्शक तथा स्रोताले साथ दिनेमा विश्वास व्यक्त गरे । चलचित्रले देखाउन खोजेको मूल सन्देशलाई थप अर्थपूर्ण र मिठासका लागि यो जुनी जुनी बोलको गीतले सहयोग गर्ने उनले बताए ।

डा। कृष्णहरु बरालको शब्द रहेको गीतमा चलचित्रका कलाकारहरु रमेश अब्जु, कशिसा दाहाल, नितल पल, सुरज राना तथा मेनका गिरीको अभिनय रहेको छ । यसैगरी चलचित्र रोशनीको शनिबार बुटवलमा च्यारिटी शो हुने भएको छ । बुटवलको मिलन हलमा दिउँसो ३ः४५ बजेदेखि सोको आयोजना गरिएको निर्माता रमेश आब्जुले जानकारी दिए ।

चलचित्र पत्रकार संघ रुपन्देहीको आयोजनामा भएको पत्रकार सम्मेलनमा बोल्दै उनले च्यारिटी शोमा करिब १ हजार दर्शकको उपस्थिती रहने जानकारी गराए । बुटवलसहित मुलुकका विभिन्न शहरहरुमा गएर चलचित्र छायाँकन गरिएको जानकारी दिए । ५० लाख बढी लगानी गरिएको यो चलचित्रले दर्शकलाई फिल्म अवधिभर पूर्णरुपमा भुलाउन सक्ने क्षमता रहेको दाबी गरे ।

यसैगरी निर्माता मलिन भारी, चलचित्रका नायक नितन पल लगायतले बोल्दै संघीय राजधानी काठमाण्डौं बाहिरका विभिन्न शहरहरुको जनजिविकालाई टिपेर बनाइएको चलचित्र भएका कारण मोफसलबाटै सबैभन्दा बढी दर्शक पाउने विश्वास व्यक्त गरे । कार्यक्रममा चलचित्र पत्रकार संघ रुपन्देहीका सल्लाहकार मनिष पन्त, संगीतकार सुरेश सेन्चुरी, गायक सौगात सायर, लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनीका अध्यक्ष दिपु मगर, परियार सेवा समाज रुपन्देहीका अध्यक्ष लोक बहादुर नेपाली लगायतले फिल्म तथा जुनी जुनी बोलको गीतलाई सफलताको शुभकामना व्यक्त गरे ।

चलचित्र पत्रकार संघका उपाध्यक्ष दिनेश श्रेष्ठले सम्पूर्ण फिल्म निर्माता तथा कालाकार टिमलाई बधाई ज्ञापन गरे । फिल्म समावेश गरिएको जुनी जुनी बोलको गीतले साच्चै नै मनको गहिराईलाई बुझ्न सक्ने र समसामयीक धरातलमा रहेर तयार पारिएको भनि प्रशंसा व्यक्त गरे । अधिकांश स्थानीय कालकारहरुको सहभागीता रहेको रोशनी फिल्म र त्यसमा समावेश गीतलाई यहाँका दर्शक तथा स्रोताले साथ दिनका लागि समेत उनले आग्रह गरे । कार्यक्रम सदस्य डि।बी। सुस्लिङको सञ्चालनमा भएको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

छन्द लहरीमा लहरिँदा नेपालमा लगानी गर्न आयरल्याण्डका राष्ट्रपतिसँग सभामुखकाे अनुराेध ओलीले सम्झिए भारतीय नाकाबन्दीका कष्टकर दिन आज क्यानको नेतृत्व चयन हुँदै, चतुरबहादुर र बिनयराज बीच प्रतिस्पर्धा मुगु सदरमुकाम गमगढी बजारमा आगलागी, ५ घर पूर्ण रुपमा क्षति  बोलेरो जीपबाट खसेर बालकको मृत्यु आजदेखि प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट २१ औं लिस्नु कपको उपाधि फर्साटिकरलाई सरकार र शिक्षकबीच सहमति, आन्दाेलन फिर्ता बैतडीमा १९ वर्षीया एक किशोरी मृत फेला रासायिक मल विस्थापित गर्न अर्गानिक मल उत्पादनमा ध्यान बाँकेको जयेन्दु बाल सुधार गृहमा झडपपछि नौ थुनुवा फरार मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना प्रकाउ नक्कली नोटसहित सुनसरीबाट दुई जना पक्राउ दिगो विकास लक्ष्यका बारेमा छलफल गर्न सरकारले सर्वपक्षीय बैठक बोलाउनुपर्छ : अध्यक्ष तिमिल्सिना अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता रुपन्देहीमा माछापुच्छ्रे बैंकको ठगी प्रकरण: बैकिङ्ग कसुरमा एजेण्ट निरन्जन पाठक पक्राउ