५ आश्विन २०८०, शुक्रबार

Sep 22, 2023

मुम्बई । बलिउडकी दिग्गज अभिनेत्री सुलोचना लाटकरको ९४ वर्षको उमेरमा आइतबार राती निधन भएको छ ।गत मे ८ मा रेस्पिरेटरी इन्फेक्सन भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । सुलोचनाले सन् १९४० बाट फिल्मी करियर सुरु गरेकी थिइन् । उनले हालसम्म करिब २ सय ५० हिन्दी र मराठी फिल्ममा अभिनय गरिन् ।

Advertisement

बलिउडमा उनले धर्मेन्द्र र अमिताभ बच्चनका अनस्क्रिन आमाको रुपमा अभिनय गरेर चर्चा पाएकी थिइन् । उनको वास्तविक नाम नगाबाई थियो । प्रख्यात मराठी निर्देशक भालजी पेढारकरले उनलाई सुलोचना नाम दिएका थिए ।

उनले १४ वर्षको उमेरमा कोल्हापुरका एक जमिन्दार आबासाहेब चव्हाणसँग विवाह गरेकी थिइन् । करियरको सुरुवातमा सुलोचनाले कैयौं हिन्दी र मराठी फिल्ममा प्रमुख अभिनेत्रीका रुपमा अभिनय गरिन् । यी फिल्ममा उनको अपोजिटमा अशोक कुमार, त्रिलोक कुमार र नाजिर हुसेनजस्ता कलाकारको अभिनय थियो । उनले आफ्नो करियरमा कैयौं प्रख्यात अभिनेता र अभिनेत्रीकी आमा अथवा हजुरआमाको भूमिकामा अभिनय गरिन् ।

सन् १९६०देखि ९० को दशकको सुरुवातमा देव आनन्द, सुनील दत्त, अमिताभ बच्चन, धर्मेन्द्र र राजेश खन्ना जस्ता सुपरस्टारको आमाको भूमिकामा अभिनय गरिन् । उनले सन् १९९९ मा पद्मश्री र २००४ मा फिल्मफेयर लाइफ टाइम अचिभमेन्ट अवार्ड पाइन् । सन् २००९ मा महाराष्ट्र सरकारले उनलाई प्रतिष्ठित महाराष्ट्र भूषण अवार्ड प्रदान गरेको थियो ।

उनले ‘आए दिन बहार के’, ‘गोरा और काला’, ‘देवर’, ‘जोनी मेरा नाम’, ‘मुकद्दरका सिकन्दर’, ‘तलाश ‘ र ‘आजाद’ जस्ता हिन्दी फिल्ममा अभिनय गरिन् । सन् २००७ मा रिलिज फिल्म ‘परीक्षा’ उनको अन्तिम फिल्म थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट २१ औं लिस्नु कपको उपाधि फर्साटिकरलाई सरकार र शिक्षकबीच सहमति, आन्दाेलन फिर्ता बैतडीमा १९ वर्षीया एक किशोरी मृत फेला रासायिक मल विस्थापित गर्न अर्गानिक मल उत्पादनमा ध्यान बाँकेको जयेन्दु बाल सुधार गृहमा झडपपछि नौ थुनुवा फरार मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना प्रकाउ नक्कली नोटसहित सुनसरीबाट दुई जना पक्राउ दिगो विकास लक्ष्यका बारेमा छलफल गर्न सरकारले सर्वपक्षीय बैठक बोलाउनुपर्छ : अध्यक्ष तिमिल्सिना अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता रुपन्देहीमा माछापुच्छ्रे बैंकको ठगी प्रकरण: बैकिङ्ग कसुरमा एजेण्ट निरन्जन पाठक पक्राउ सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता जारी विद्यालय शिक्षा विधेयकमा धैरै त्रुटी, ७० भन्दा बढी संशोधन हाल्नुपर्ने छन् : गगन थापा कैलाली र कास्कीबाट लागुऔषधसहित दुईजना पक्राउ दाङमा सवारी धनि माथि खुकुरी प्रहार जी २० सम्मेलनको समीक्षा नक्कली नोटसहित एकजना पक्राउ भरुवा बन्दुकसहित एकजना पक्राउ