ताजा अपडेट »

गायिका समीक्षा अधिकारीको 'ए सुवा'मा समारिका र जोन

आइतबार, २१ जेठ २०८०, १५ : १८
34 Shares

काठमाडौ‌ । लोकप्रिय गायिका समिक्षा अधिकारी र  गायक गोकुल खरेलको स्वर समावेश 'ए सुवा' बोलको गीतको  भिडियो रिलिज भएको छ ।लामो समयदेखि जापानमा बसेर आफ्नो व्यवसाय संचालन  गर्दै आएका गायक गोकुलले हालै रिलिज गरेको गीतमा  सागर खरेलका शब्द , दीपक शर्माको संगीत तथा उदय राज पौडेलको एरेन्ज रहेको छ । जसमा मोडलद्वय समारिका दाहाल र जोन बमको अभिनय रहेको छ ।

सुदूरपश्चिमको मौलिक भाषामा आधारित रहेर प्रेमीले प्रेमिकालाई मायालु भाषामा गरिएको सम्बोधन हो ए सुवा त्यस्तै प्रेमीकाले प्रेमीलाई  ए साई भन्छन् । कञ्चनपुरका गायक गोकुलले ए सुवा मार्फत एक प्रेमिल जोडीको रमाइलो प्रेम कथा देखाउन खोजिएको छ ।  उत्तम श्रेष्ठ शिशिरको निर्देशन, मुकेश हुमागाईको छायांकन तथा बिनोद बमको सम्पादन तथा कलर रहेको छ । राहुल बराईलीको कोरियोग्राफी रहेको भिडियो गायक गोकुलकै च्यानलबाट रिलिज गरिएको हो ।

गायक गोकुलले यसअघि फुलेको फुल, सिकाउँदैछ केही, उडाइलगेछ, आधा परान, फुलेको फुल, कहाँ थियौ, हामी स्वास्थ्यकर्मी, राष्ट्रिय गीत गुन्द्रुक ढिँडो , भमरा, लगायतका गीतहरु बजारमा ल्याईसकेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।