ताजा अपडेट »

गुल्मीमा सरकारी छात्रवृत्तिमा पढेका चिकित्सकले नै लिन्छन् दोहेरो, त्यहोरो सुविधा

शुक्रबार, १९ जेठ २०८०, २० : ००
22 Shares

गुुल्मी । गुल्मी अस्पतालका केहि डाक्टरहरुले नेपाल सरकारको चिकित्कस परिचालन कार्यविधि-२०७२ को कबुलीयतनामा विपरित दोहरो सुविधा लिँदै आएको खुलासा भएको छ ।  नेपाल सरकारबाट छात्रवृत्ति पाई बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तीन वर्ष एमडि अर्थात स्नाकोत्तर अध्यान गरेर गुल्मी अस्पतालमा आएका हाडजोर्नी विशेषज्ञ डाक्टर प्रदिप सिवाकोटी र मेडिकल जर्नल डाक्टर नर्मा छन्त्यालले यसरी कबुलीयतनामाको धज्जी उठाउँदै दोहोरो तलव सुविधा लिदै आएको खुलासा भएको हो ।

नेपाली नागरिकलाई सरकारले नि:शुल्क चिकित्सशास्त्र अध्यापन गराउनु पर्ने माग गर्दै सामाजिक अभियान्ता डाक्टर गोविन्द केसीले लामो समयसम्म आन्दोलन गरेका थिए । त्यही क्रममा आन्दोलनकारी र सरकार बीच भएको वार्ताबाट नेपाली नागरिकलाई सरकारले बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तीन वर्षसम्म छात्रावृत्तिमा अध्ययन गराउने र  विशेषज्ञ चिकित्सक उतिर्ण भईसकेपछि     अनिवार्य सरकारी सेवा अर्थात सरकारी अस्पतालमा नवौं तहको सेवा सुविधा लिएर काम गर्नु पर्ने कवुलीयतनामा गरिएको थियो । उक्त कवुलीयतनामा छात्रावृत्ति प्राप्त  विशेषज्ञ चिकित्सक परिचालन कार्यविधि-२०७२ को बुँदा नम्वर ३८ मा नि:शुल्क वा छात्रावृत्तिमा अध्यन गर्ने विद्यार्थीले अध्ययन पश्चात नेपाल सरकारले खटाएको दुर्गममा एक वर्ष र सुगममा एक वर्ष काम गर्ने गरी कवुलीयतनामा गर्नु पर्ने व्यवस्था छ । तलव सुविधा नवौं तहको हुने उल्लेख छ । सोही बुँदाको २ मा भनीएको छ विद्यार्थीले कवुलीयतनामा अनुसार काम नगरेमा सम्वन्धित शिक्षण संस्थामा पूर्ण शुल्क तिरेको रकमको दोब्बर रकम जरिवाना  गरी निजबाट सरकारी बाँकी सरह अशुल उपर गरिनेछ । यस्तो व्यवस्था  हुँदाहुँदै पनि यी दुई विशेषज्ञ डाक्टरले आफूले पाउने तलबको सतप्रतिशत प्रोत्साहन भत्ता  अस्पताल विकास समितबाट लिँदै आएको त्यस अस्पालबाट हामीलाई विवरण प्राप्त भएको छ ।

डाक्टर सिवाकोटीले त तेब्बर बढी सुविधा लिएको विवरण हामीलाई प्राप्त भएको छ । २०७९ पुस १३ गते भएको सम्झौतामा प्रथम पक्ष रेसुङ्गा नगरपपालिकाका मेयर खिलध्वज पन्थी  र दोश्रो पक्ष गुल्मी अस्पतालका तत्कालिन मेसु डाक्टर उत्तम पाच्याको हस्ताक्षर रहेको  सम्झौता पत्रमा विशेषज्ञ सेवा पुराउन डाक्टरको तलव स्केल  बराबरको प्रोत्सान भत्ता उपलब्ध गराईने उल्लेख छ । सोही अनुसार गत तीन महिनादेखि  डाक्टर सिवाकोटीले रेसुङ्गा नगरपालिकाबाट प्रति महिना ५२ हजार ४ सय १७ रुपैयाँका दरले प्रोत्साहन भत्ता बुझ्दै आएको त्यस पालिका लेखा शाखाको भरपाईमा उल्लेख छ ।   तलव स्केल ५२ हजार ४१७ र अस्पाल विकास समितिबाट पनि त्यति नै प्रोत्साहन रकम बुझ्ने गरेको पाईएको छ । तीन वटै स्थानको जोड्दा  डाक्टर सिवाकोटीले मासिक १ लाख ७७ हजार ६८४ रुपैयाँ बुझ्ने गरेको भेटिएको छ । त्यतिले पनि नपुगेर डाक्टर शिवाकोटी अस्पताल अगाडि रहेको सिर्जना मेडिकलमा बिरामी हेर्न  जाने आउने गरेको मेडकल सञ्चालकले बताएका छन ।

अस्पालका वर्तमान मेसु डाक्टर राजेन्द्रबहादुर क्षेत्रीले उपलब्ध गराएको विवरण अनुसार अस्पतालबाट तलवको शतप्रतिशत अस्पताल कोषबाट प्रोत्सान भत्ता लिनेहरुमा स्त्रीरोग विशेषज्ञ डाक्टर सोफिया थापा, डाक्टर सिवाकोटी र डाक्टर रहेका छन। डाक्टर सोफीया मेडिकल डाक्टर नवौं तहको सरकारी नियुक्तीमा छन्  । यस अघि तत्कालिन मेसु उत्तम पाच्या र सिवाकोटी र छन्यालले झै छात्रावृत्तिमा पढेका डाक्टर विपिन खनालले पनि तलबको सतप्रतिशत भत्ता बुझ्दै आएका थिए । प्रोत्साहन भत्ताका अलवा तत्कालिन मेसु डाक्टर पाच्याले अतिरिक्त समयमा काम गर्ने भन्दै थप १५ हजार भत्ता बुझ्ने गरेका थिए ।

हामीले छिमेकी पाहडी जिल्लाका सरकारी अस्पलातमा बुझ्दा यति ठूलो रकम बराबरको भत्ता गुल्मी अस्पतालमा मात्रै रहेको पाईएको छ। 'यति ठूलो स्केलको प्रोत्साहन भत्ता किन दिईयो ?- भन्ने प्रश्नमा पाहडी जिल्ला र साघुरो थलो भएकोले विशेषज्ञ डाक्टर आउनै नमान्ने र आए पनि धेरै दिन नबस्ने भएकाले उपलब्ध गराइएको अस्पताल विकास विकास समितिको भनाईछ ।अस्पताल विकास समितिका अध्यक्ष गोपालप्रसाद पाण्डे भन्छन- "तलव सुविधामा मात्रै डाक्टरहरु आउनै मान्दैनन्, त्यति बेला हामीले निर्णय गर्दा डाक्टरको अत्यन्तै अभाव थियो । त्यसी प्रोत्साहित गर्दा आउँछन कि भनेर शतप्रतिशत भत्ता दिने निर्णय गरेका हौं । त्यो निर्णय म एक्लैले गरेको होईन, सिडियोसहित विभिन्न निकाय समितिमा छन्, सबैले गरेको निर्णय हो ।"

पाण्डेको अध्यक्षतामा २०७८ साल पौष २२ गते बसेको बैठकले एमडी र एमएस गरेका चिकित्सकहरुलाई माघ १ गतेदेखि लागू हुने गरी  त्यस्तो निर्णय गरिएको थियो । मेसुलाई मासिक थप १५ हजार भत्ता दिने निर्णय पनि त्यति बेलै गरिएको हो । विशेषज्ञ डाक्टरहरुले तलव बरावरको भत्ता खाईरहँदा करारमा नियुक्त गरिएका तलका स्वास्थ्यकर्मी र कामदारहरु भने सरकारले तोकेको न्युनतम पारिश्रमिक पाउनबाट समेत बञ्चित हुँदै आएका छन् । यस अघिका अध्यक्ष भरत पाण्डेले प्रोत्साहन अलवा अन्य विभिन्न प्रकारका भत्ता बारे आन्तरिक छलफलबाटै पुनरावलोकन गर्न चाहेको भएता पनि आफू विरुद्ध घेराबन्दी सुरु गरेको र आन्दोलन गर्नेसम्मको धम्की दिएको सुनाउँछन् । "तत्कालिन मेसु उत्तम पाच्याले तलबको बराबर भत्ता, त्यसमाथि अतिरिक्त पारिश्रमिक  खाएर पनि नपुगेर सिर्जना मेडिकलका बिरामी हेर्न गएको मैले देखे ।"- पाण्डेले भने, थुप्रै मनपरी चलेको थियो र अहिले पनि चलेको छ, त्यसको अन्त्य गर्न जनस्तरबाटै  दवाव सिर्जना नभए असम्भव जस्तै छ ।

 अस्पतालमा सबाहेक विभसन्न शिर्षकमा भक्ता पाउने व्यवस्था छन् । रातको ड्युटी गर्ने डाक्टरलाई भत्ता,  ल्याव लगायतका विभिन्न भत्तम र कमिशन नै कमिशनको अखडा बनेको पाण्डेको आरोप छ ।   "त्यहाँको प्रोत्साहन भत्ताको मनपरी देख्दा वर्तमान सरकारले सरकारी कर्मचारीहरुको प्रोत्साहन भत्ता र अतिरिक्त समयको पारिश्रमिक खारेज खर्ने निर्णय त्यसै गरेको रहेन छ भन्ने अनुभूत हुन्छ ।" भन्छन् उनी ।  त्यसरी भत्ता खाएपछि डिउटीमा डाक्टरहरु दत्तचित्त हुनु पर्ने हो, सेवाग्राही भन्छन विहान ७, ८ बजेदेखि लाईनमा बसिन्छ, डाक्टरहरु ११ बजे आउँछन् । दिउँसो खाजा खान गएकाहरु एक डेढ घण्टापछि आउँछन ।  

यहि जेठ ४ गते राती बिरामी परेर त्यस अस्पतालमा पुगेका  एक जना सेवाग्राही डाक्टर नआएपछि रातभरी कुरेर बसे । ती सेवाग्राही सर्वसाधरण जनता थिएनन्, मालिका गाउँपालिका-४ का वडाध्यक्ष नारायण अर्याल थिए । उनी त्यस राती दुई बजे आएको त्यस अस्पतालको ईमेरजेन्सी वार्डमै रेकर्ड छ । वडाध्यक्ष अर्याल भन्छन  "म राती दुई बजे पुगेको थिए । डाक्टर बल्ल विहान ९ बजेतिर मात्रै आएका थिए ।  यसर्थ प्रोत्साहन भत्ता दिनुको औचित्य अझ भनौं प्रभावकारिता  खोज्न स्थानीयवासीले जरुरी देखिन्छ ।"

प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार