१२ मंसिर २०८०, मंगलवार

Nov 28, 2023

उज्जैन। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मध्यप्रदेशको उज्जैनस्थित प्रसिद्ध महाकालेश्वर मन्दिरको दर्शन गर्न आउनुभन्दा एक दिनअघि ‘श्री महाकाल लोक’ करिडोरको मुख्य प्रवेशद्वार भत्किएकाे छ । 

Advertisement

हिजाे पिलरको माथिल्लो भागमा सिमेन्टले बनेको सजावटी भाग खसेको हाे । चार दिनअघि पनि हावाहुरीका कारण ‘श्री महाकाल लोक’ करिडोरका ६ वटा मूर्ति ध्वस्त भएका थिए । यसरी टुटेका मूर्तिहरू त्यहाँ स्थापित सात ऋषिहरू ६ वटा थिए, जुन लगभग ११ फिट उचाईका थिए ।

एबिपी लाइभका अनुसार हिजाे मुख्य प्रवेशद्वार भत्किदा त्यहाँ उपस्थित भक्तजनमा त्रास फैलिएको थियो तर सो घटनामा कुनै मानवीय क्षति भने भएको छैन ।

मुख्य प्रवेशद्धारको छत टुटेको घटनाबारे सोध्दा महानगरका प्रहरी उपरीक्षक ओमप्रकाश मिश्रले भने, ‘कुनै मानवीय क्षति भने भएको छैन । भगवानलाई धन्यवाद, आज (बिहिवार) बेलुका कुनै पनि अप्रिय घटना भएन।’ 

महाकाल लोक करिडोरको मुख्य प्रवेशद्वार नन्दीद्वारमा उक्त घटना भएको हो ।

नेपालका प्रधानमन्त्री प्रचण्ड आज बिहान ११ बजे उज्जैनस्थित प्रसिद्ध महाकालेश्वर मन्दिरको दर्शन गर्न आउँदैछन् । उज्जैनमा अवस्थित महाकालेश्वर मन्दिर देशका १२ ज्योतिर्लिङ्ग मध्ये एक हो। यहाँ देश तथा विदेशबाट ठूलो संख्यामा भक्तजन जाने गर्दछन् ।

मध्यप्रदेशका गभर्नर मंगुभाइ पटेलले नेपालका प्रधानमन्त्रीलाई महाकाल मन्दिरको महाकाल लोकको नन्दी द्वारमा स्वागत गर्ने एक अधिकारीले जानकारी दिए ।

महाकाल लोक करिडोरमा स्थापित ६ वटा मूर्ति टुटे पछि प्रमुख प्रतिपक्षी दल कांग्रेसले यो करिडोर निर्माणमा ठूलो मात्रामा भ्रष्टाचार भएको आरोप लगाउँदै आएको छ । उनले गुणस्तरहीन सामाग्री प्रयोग गरी गुणस्तरहीन मूर्ति निर्माण गरेको आरोप लगाएका छन् । तर, भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको मध्य प्रदेश सरकारले कांग्रेसले लगाएको सो आरोपलाई ठाडै अस्वीकार गर्दै आएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले गत अक्टोबर ११ मा ९०० मिटर लामो ‘श्री महाकाल लोक’ करिडोरको पहिलो चरणको उद्घाटन गरेका थिए । कूल रु. ८५६ करोड भारतीय रुपैयाँ लागतमा निमार्ण गरिन लागिएको सो आयोजनाको पहिलो चरणमा रु ३५१ करोडको लागतमा महाकाल लोकको निमार्ण गरिएको थियो ।

(तस्बिर, मुल प्रवेशद्दार भत्कनु अघिकाे)

प्रतिकृया दिनुहोस्

Flash News

अस्टिनवासी समुदायसँग नेजाद्वारा अन्तरक्रिया प्रदीप खड्का ‘ऐरी’ बाट बलिउडमा प्रवेश गर्दै बिल नभएको सुन जस्तो देखिने धातुसहित एकजना पक्राउ प्रधानमन्त्री प्रचण्ड र केपी ओलीबीच भेटवार्ता गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सुचारु गर्न आवश्यक पहल गरी दिन उद्योगीको देउवासँग आग्रह बसाइँसराइको समस्या विकराल : मन्त्री बस्नेत भूकम्प प्रभावितलाई राहतका लागि टानले गर्‍यो ५० लाख बढी सहयोग शान्तिपुरमा मनिषा मृत्यु प्रकरण : घाँटी थिची अचेत बनाएर बलात्कारपछि हत्या विष्णुका बयान इन्धन अभावका कारण उत्तरी गाजा अस्पतालमा ’जोखिममा जीवन’ सुनको मूल्यको फेरि नयाँ रेकर्ड कतारको मध्यस्तमा गाजामा थप दुइ दिन युद्बबिराम, यस बिचमा यस्तो गरिदैँछ ११ किलोमिटर लामो नहर सफा गर्न खटिए एक हजार जना एमाले अध्यक्ष ओली आज धनगढी जाँदै पाकिस्तानी पुर्व प्रधानमन्त्री खानका सल्लाहकारमाथि बेलायतमा एसिड प्रहार एमाले निकट प्रेस चौतारीको सम्मेलन आजबाट सुरु हुँदै आज पनि बस्दै रास्वपाको केन्द्रिय समिति र दलको बैठक भूकम्पको असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी ! अरनिको बहुउद्देश्यीय सहकारीको २३ औं साधारण सभा सम्पन्न लुम्बिनीका अस्पताल बिकास समितिहरुमा नियुक्ती बदरको मागसहित सर्बोच्चमा रिट दायर