१४ मंसिर २०८०, बिहीबार

Nov 30, 2023

बुटवल । व्यवसायीहरुको दबाबपछि नेपाल-भारत सीमा नाका रुपन्देहीको वेलहियामा चेकजाँचलाई कडाइ गरिएको छ । खुल्ला सीमा नाकालाई व्यवस्थित गर्दै चेकजाँचमा कडाइ गर्नुपर्ने भन्दै उद्योगी-व्यवसायीले निरन्तर मागसहित दबाब सिर्जना गरेपछि चेकजाँचमा कडाई गरिएको हो ।

Advertisement

व्यवसायीहरुले भैरहवा भन्सार कार्यालयमा पुगेर ज्ञापनपत्र बुझाउनेदेखि विभिन्न अन्तरक्रिया, छलफल कार्यक्रममार्फत सम्बन्धित निकायलाई उनीहरुले ध्यानाकर्षण गराउँदै आएका थिए । सीमापारी किनमेल गरेर सहजै सामान बोकेर नेपाल ल्याइएको र चेकजाँचमा कडाइ नभएपछि नेपाली व्यवसायी मर्कामा परेको भन्दै उनीहरु गुनासोपछि प्रशासनले कडाई गरेको हो । सीमा नाकामा भएको कडाइसँगै नेपाली बजार चलायमान हुने व्यवसायीहरुले अपेक्षा गरेका छन् ।

सिद्धार्थनगर नगरपालिका-१ बेलहियाका प्रशान्त थापा क्षेत्रीले पछिल्लो समय सीमा नाकामा चेकजाँचमा कडाइ भएकालेअब नेपाली बजारमा चलायमान हुने अपेक्षा गरे ।  उनले भने, ‘विगत केही दिन यता चेकजाँचमा कडाइ गरिएको छ । यसले नेपालका व्यवसायीहरुलाई ठूलो राहत हुने छ ।’ नेपाल भन्सार एजेण्ट संघ सिद्धार्थनगर, रुपन्देहीका अध्यक्ष मधु प्रसाद पन्थीले सीमा नाकामा चेकजाँचमा कडाइ गरिएको बताए । उनले सुरक्षा निकाय तथा भन्सार कार्यालयबाट चेकजाँचमा कडाइ गरिएको उल्लेख गर्दै यसले राजस्व संकलनमा समेत वृद्धि हुने बताए । उनले भने, ‘सीमापारी भारतबाट सामान खरिद गरेर नेपाल आएपछि अनिवार्य भन्सार प्रक्रियामा गए अवश्य नै राजस्व संकलनमा वृद्धि हुनेछ ।’ मुख्य नाका बेलहियासँगै अन्य नाकाहरुमा पनि कडाइ गर्नुपर्ने नेपाली व्यवसायीहरुको माग छ ।

सिद्धार्थ उद्योग वाणिज्यले संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मनिराम पौडेलले तस्करीको सामान व्यवसायीले खरीद गर्न नहुने बताए । अवैध कारोबारबारे व्यवसायीले सूचना दिएर सहयोग गर्नुपर्ने उनको आग्रह थियो ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले सीमा नाका चेकजाँचमा कडाइ गरिनु सकारात्मक कार्य भएको बताए । उनले यो कार्यले स्थानीय बजार चलायमान हुनुका साथै देशको समग्र अर्थतन्त्रमा समेत प्रभाव पार्ने बताए । उनले भने, ‘चेकजाँच कडाइलाई निरन्तरता दिनुपर्छ, यसले चोरी तस्करीलाई पनि निरुत्साहित गर्छ । बेलहिया नाकाजस्तै अन्य नाकाहरु प्नि चेकजाँचलाई कडाइ गर्नुपर्छ ।’

प्रतिकृया दिनुहोस्

Flash News

लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाविच सहकार्य बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन हरियाली प्रबर्द्धनमा नमस्ते एकेडेमी भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलाइ गरिँदैन : गृहमन्त्री आम्दा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : ३ दिनदेखि शव अस्पतालको गेटमा बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण इजरायल र हमासबीचको युद्धविराम थप १ दिन लम्ब्याइयो कोप–२८ मा भाग लिन प्रधानमन्त्री प्रचण्ड दुबईमा एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू (फाेटाेफिचर) चिनियाँ बालबालिकामा निमोनियाको प्रकोप ‘आउटब्रेक’, भारतमा महामारी रोक्न तयारी सुरू इजरायली जेलमा यौन दुर्व्यवहार हुने गरेको मुक्त कैदीहरुको दाबी प्रथम केपीओली कप टि २० : रोहित र सन्दीपको टिम भिड्दै दक्षिण एसियामै पहिलोपटक लमजुङमा समलिंगी विवाह दर्ता