२३ मंसिर २०८०, शनिबार

Dec 9, 2023

बुटवल । अनेरास्ववियू ( क्रान्तिकारी ) पक्लिहवा क्याम्पसले भव्यताका साथ १६ औं गणतन्त्र दिवस दुई दिन विविध कार्यक्रमको आयोजना गरी मनाएको छ। गणतन्त्रको विकल्प सुधृद् गणतन्त्र नै भएको भन्दै अनेरास्ववियू ( क्रान्तिकारी ) पक्लिहवा क्याम्पसले गणतन्त्रको सम्मान स्वरूप विभिन्न कार्यक्रम आयोजना गरेको थियो।

Advertisement

१५ गते बिहान ८ बजे भीम अस्पतालमा अनेरास्ववियू ( क्रान्तिकारी ) भैरहवा बहुमुखी क्याम्पसको संयुक्त आयोजनामा सुत्केरी महिलाहरूलाई फलफूल वितरण गरेको थियो। गणतन्त्र प्राप्तिका लागि महान आमाहरुका वीर सन्तानहरूको मुख्य भूमिका भएको हुनाले महान आमाहरुलाई सम्मान स्वरुप फलफूल वितरण गरेको अनेरास्ववियू ( क्रान्तिकारी ) पक्लिहवा क्याम्पस अध्यक्ष कमरेड मधुसुदन गाहाले बताए।

त्यसैगरी गणतन्त्र प्राप्तिको लागि सहादत प्राप्त गर्नु भएका सम्पूर्ण ज्ञात अज्ञात वीर सहिदहरुको सम्झना र सम्मान स्वरुप साझ ६:३०बजे पक्लिहवा क्याम्पस स्थित मिमुरा पार्कमा दीप प्रज्जलन गरी वीर सहिदहरु प्रति श्रद्धञ्जली प्रकट गर्दै १५ गतेको कार्यक्रम सम्पन्न गरेको थियो।

त्यसैगरी १६ गते भने क्याम्पस परिसर वरिपरि बृहत सरसफाई कार्यक्रम आयोजना गरी त्यस पश्चात वातावरणीय संरक्षणको उदेश्य साथ वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको थियो। वृक्षरोपण गर्नु ठूलो कुरा मात्र नभई त्यसलाई जोगाउन मुख्य भूमिका खेल्न पर्ने आवश्यकता लाई मध्यनजर गर्दै अध्यक्ष कमरेड गाहाले मिमुरा पार्क संयोजक कमरेड सुमन थेबेलाई सशक्त निर्देशन पनि दिएका छन्।

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीमा पत्रकार आचारसंहिता कार्यन्वयनको अवस्था बारे छलफल मोदी फेरी पनि विश्वको लोकप्रिय नेतामा नम्बर १ मा, अमेरिकी राष्ट्रपतिलाइ ३७% मात्रै मत एभरेष्ट अन्तर विद्यालय वादविवादको उपाधि कालिका मानवज्ञानकी करिनालाई तिनाउमा सहकारी समन्वय समिति गठन नेपालगञ्जमा भ्रष्टाचार विरुद्ध ‘वाकाथन’ गुल्मीमा परिवारबाट अपहेलित ८४ वर्षीया वृद्धा : घर पस्न नपाएपछि सार्वजनिक ठाउँमा श्रीमानको काजक्रिया नेपालको वर्तमान आर्थिक अवस्था जुम्लामा जाडोले जनजीवन प्रभावित मिशन चौरासीको मार्गचित्र तिलोत्तमाको नमस्ते एकेडेमीबाट श्रीलङ्कामा सम्पन्न कराँते प्रतियोगिताका पदक विजेतालाई सम्मान गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णसञ्चालनको माग गर्दै आन्दोलन सुरुः प्रदेशका गृहमन्त्रीको साथ  उत्तमको अर्धशतकमा पाकिस्तानलाई १५३ रनको लक्ष्य फराकिलो बन्दै बुटवल मिलनचोकदेखि सुख्खानगर जाने बाटो रेमिट्यान्स ३० प्रतिशतले बढ्यो जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ १४ किलो सुन प्रकरण : छानबिनका लागि ६ सदस्यीय समिति गठन जसपाको ३ दिने लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण सकियो मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा : बैंक दर र नीतिगत दर घट्यो [पूर्णपाठ] नेपालले पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गर्दै मिसन ८४ प्रति मेर‍ो प्रश्न