५ आश्विन २०८०, शुक्रबार

Sep 22, 2023

बुटवल । बुटवलको ढवाहामा दोस्रो पीस पार्क, सांस्कृतिक तथा व्यापारीक महोत्सव-२०८० हुने भएको छ । वाली मल्टि एग्रो जोन प्रा.लि.को आयोजनामा हुन लागेको दोस्रो पिस पार्क मेला बुटवल उपमहानगरपालिका–१२ स्थित फुटबल ग्राउण्ड, मेनरोडमा जेठ २५ गतेदेखि असार १० गतेसम्म संचालन हुने भएको हो ।

Advertisement

आयोजकले आइतबार पत्रकार सम्मेलन गरी मेलाको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको छ । प्रशासनबाट मेला संचालनको लागि जेठ १८ गतेदेखि ३२ गतेसम्मको अनुमति लिएको भए पनि कक्षा १२ को परीक्षाका कारण २५ गतेदेखि मेला संचालन गर्न लागिएको वाली मल्टि एग्रो जोन प्रा.लि.का प्रबन्धक गिरी श्रीसले बताए ।

‘ जेठ १८ गतेदेखि नै मेला संचालनका लागि अनुमति लिएका थियौँ । कक्षा १२ को परीक्षा भएकाले उनीहरुको परीक्षालाई मध्यनजर गरी २५ गतेदेखि गर्न लागेका हौँ । मेलाको तयारी अन्तिम चरणमा नै पुगेको छ । मेला दिउँसो १ बजेदेखि राति १० बजेसम्म संचालन हुने छ ।’– उनले भने । साथै मेलाबाट भएको आम्दानीबाट वृद्धाआश्रम तथा अनाथ आश्रममा सहयोग गरिने र आम्दानीको ५ प्रतिशत बुटवल उपमहानगरपालिकालाई दिने सहमति भएको उनले बताए ।

पीस पार्क क्षेत्रको प्रचार–प्रसार गर्दै संस्कृति संरक्षणको लागि मेला आयोजना गरिएको सतगढी टोल विकास समितिका सल्लाहाकार किरन खनालले बताए । मेलामा ८१ स्टल रहने छन् भने ३० हजार भन्दा बढी दर्शकले अवलोकन र ५० देखि ६० लाख बराबरको आर्थिक कारोबार हुने आयोजकको दाबी रहेको छ । मेला अवलोकनका लागि प्रवेश खुल्क ७० देखि १०० रुपियाँसम्म हुने र टिकटको शुल्क पछि तय हुने सतगढी क्लबका अध्यक्ष दिपक पुनले बताए । साथै बृद्ध बृद्धा र अपाङ्गलाई टिकटमा शतप्रतिशत छुट र विद्यार्थीहरुका लागि पनि छुटको व्यवस्था गरिने बताए ।

मेलामा राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ । मेलाको संरक्षकमा बुटवल उपमहानगरपालिका, सह–आयोजकमा बुटवल उपमहानगरपालिका वडा नं. १२ र सहयोगि संस्थाको रुपमा सतगढी युवा क्लब ढवाहा रहेको छ । गत वर्षको रमाइलो पीस पार्क मेलामा २७ हजार दर्शकले अवलोकन गरेका थिए भने ५० लाख बढीको आर्थिक कारोबार भएको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट २१ औं लिस्नु कपको उपाधि फर्साटिकरलाई सरकार र शिक्षकबीच सहमति, आन्दाेलन फिर्ता बैतडीमा १९ वर्षीया एक किशोरी मृत फेला रासायिक मल विस्थापित गर्न अर्गानिक मल उत्पादनमा ध्यान बाँकेको जयेन्दु बाल सुधार गृहमा झडपपछि नौ थुनुवा फरार मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना प्रकाउ नक्कली नोटसहित सुनसरीबाट दुई जना पक्राउ दिगो विकास लक्ष्यका बारेमा छलफल गर्न सरकारले सर्वपक्षीय बैठक बोलाउनुपर्छ : अध्यक्ष तिमिल्सिना अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता रुपन्देहीमा माछापुच्छ्रे बैंकको ठगी प्रकरण: बैकिङ्ग कसुरमा एजेण्ट निरन्जन पाठक पक्राउ सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता जारी विद्यालय शिक्षा विधेयकमा धैरै त्रुटी, ७० भन्दा बढी संशोधन हाल्नुपर्ने छन् : गगन थापा कैलाली र कास्कीबाट लागुऔषधसहित दुईजना पक्राउ दाङमा सवारी धनि माथि खुकुरी प्रहार जी २० सम्मेलनको समीक्षा नक्कली नोटसहित एकजना पक्राउ भरुवा बन्दुकसहित एकजना पक्राउ