७ आश्विन २०८०, आईतवार

Sep 24, 2023

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले विकास निर्माणका लागि एक आपसमा जुट्न आग्रह गरेका छन् । शनिबार कर्णाली प्रदेशको सुर्खेतमा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा शाहले लम्पसार परेर बाँच्नु नेपालीको अपमान हुने बताएका हुन् ।

Advertisement

आफ्नो पहिचान नेपालीको शान भएको उनको भनाइ थियो । ‘आफ्नो मौलिकता र सभ्यता हाम्रो स्वाभिमान हो । कसैको अगाडि लम्पसार परेर बाच्नु हाम्रो अपमान हो,’ उनले भने । एकजुट भएर राष्ट्रको निम्ति एकसाथ अघि बढ्न उनको आग्रह थियो ।

पूर्वराजा शाहको सम्बोधनको पूर्णपाठः

आफ्नो पहिचान हाम्रो शान हो। आफ्नो मौलिकता र सभ्यता हाम्रो स्वाभिमान हो। कसैको अगाडि लम्पसार परेर बाच्नु हाम्रो अपमान हो।

हामी जहाँ जहाँ पुग्छौं, त्यहाँ त्यहाँ नेपालीहरुको यस्तै यस्तै आजाव सुन्छु। त्यसैले अब कसरी जाने?, के कस्तो विधि व्यवस्था अंगाल्ने? र हाम्रो गौरव गरिमालाई कसरी बचाउने? अब सोचौं, के गर्दा देशको राम्रो हुन्छ? के नगर्दा देशलाई फाइदा हुन्छ, सोचौं। राष्ट्रवाद फस्टाउनलाई राष्ट्रप्रेमको खाँचो हुन्छ। नेपालको पिरमर्का बुझ्न नेपाली मनले मात्र सक्छ। अब हामी भन्छौं, मिलौं। हामी सबै मिलौं। त्यसैले हामी भन्दछौं, जुटौं। हामी सबै एक भएर जुटौं। त्यसैले हामी भन्दछौं, हामी नफुटौं। परस्परमा सहकार्य गरेर विकासको निम्ति डटौं। त्यसैले फेरिपनि भन्छौं, जुटौं, खटौं र डटौं। 

स्वधर्मबाट हटेर होइन एकजुट भएर राष्ष्ट्रको निम्ति एकसाथ अघि बढौं। हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ। सबैलाई फेरि एकपटक धन्यवाद, जयनेपाल।

प्रतिकृया दिनुहोस्

Flash News

‘सिद्धार्थ चेम्बर अफ कमर्श पत्रकारिता पुरस्कार’बाट गुप्ता सम्मानित विषादीयुक्त केमिकलबाट स्थानीय बासीको स्वास्थ्यमा समस्या भएको भन्दै उद्योग बन्द गर्न माग लुम्बिनी प्रादेशिक अस्पतालमा बाल तथा महिला प्रसुतीका लागि छुट्टै काउन्टरको सुरुवात बुटवल आएर एआईजी भण्डारीको निर्देशन : भ्रष्टाचार शुन्य सहनशिलतामा काम गर्नुस् बुटवल गाेलपार्कको दुर्गा मन्दिरमा सन्ध्याकालिन महाआरती हुने बुटवलको देवीनगरमा गणपति मिष्ठान्नको ‘फ्रेन्चाइज’ बुटवलमा ईस्लाम धर्मालम्विहरुको धर्मगुरु पैगम्बरको १४९८ औं जन्मोत्सव विविध कार्यक्रम गरि मनाइँदै लागुऔषधसहित एकजना पक्राउ ‘अपराधको शैली परिवर्तन हुँदै जाँदा अनुसन्धान तथा नियन्त्रण थप चुनौतिपूर्ण बन्दै’ बलात्कार आराेपमा एकजना पक्राउ खुकुरी प्रहार गरी हत्या गरेको आराेपमा एकजना पक्राउ जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ एयर गनसहित एकजना पक्राउ गाईको चित्रअंकित ‘मेडालियन सिक्का’ सार्वजनिक जसपाको कोशी प्रदेश समिति पुनर्गठन, पदाधिकारीमा को को परे ? चिलिमे-त्रिशुली २२० केभी प्रसारण लाइन पुषभित्र सक्ने समयसीमा नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न नेपाल उद्योग परिसंघ र सीसीपीआईटीबीच समझदारी प्रधानसेनापति शर्मा भारत प्रस्थान टिकटक स्टार ‘मुन’को सम्झानामा युवा वर्गलाई सदेश मुलक गीत (भिडियोसहित) भष्ट्रचारको थप सुचना ओलीज्यूले नै दिनुहुन्छ: बराल