७ आश्विन २०८०, आईतवार

Sep 24, 2023

गुल्मी  ।  कुनै समय गुल्मी सदरमुकाम तम्घास बजारको मुटु मानिन्थ्यो लाकुरीमञ्च । बीच शहरमा झुम्म परेको लाकुरीको रुख मासेर कङ्क्रिटले भरिएको पार्क बनाएपछि भने यसको महत्व नामेट भएको छ । पलास्टर तथा ढलान गरेर रङ्गरोगनले चिटिक्क परेको पार्कमा मानिसहरुले आनन्द प्राप्त गर्न सक्दैनन् जतिखेर लाकुरी बोट ठिङ्ग उभिएको समयमा आनन्द प्राप्त गर्न सक्थे ।

Advertisement

आधुनिक  बिकासका  नाममा जुन मुटु  डोजरले  कोपारियो । गल गैची  बझारियो र सल्यक्रिया सुरु  गरियो । सल्यक्रिया भैसक्दा उसले  आफूलाइ गुमाइ सकेको  थियो ।  अन्तत  आधुनिक अबतार  लिएपछि लाकुरीमन्च,  लाकुरिमन्च रहेन  ।  यसबाट  थुप्रै पुराना  पिढीको मनमा पीडा छ  । 

नयाँ पिढीको  समेत  कयौ  स्मृती  बोकेको,  कयौ इतिहासको  साक्षि  रहेको त्यो  पुरानो  लाकुरिमन्च  पुन ब्युताउने  माग बढीरहेकोछ ।  हरेक राजनैतिक परिवर्तनको आन्दोलनमा  जनतालाई उर्जा दिने थलो थियो लाकुरिमन्च ।  लाकुरीमन्चलाई सदियौ पुरानो ईतिहास र सयौ मानिसको  स्मृतीपार्क हो हो भन्छ्न  बुढापाकाहरु । लाकुरीमन्च साच्चै सितल चौपारी  थियो ।

कोखैमा  पोखरी  समेत  थियो । तम्घास  खानिगाउँका ८४ वर्षीय बृद्ध डिलबहादुर भलामीले लाकुरीमन्चको ईतिहास कोट्याउँदै भने-‘२०१९ सालमा राजनैतिक आन्दोलनका अगुवा सहिद शम्सेर  बहादुर खत्रीको अमरपुरमा तत्कालिन पन्चायती  सरकारका प्रहरीहरुले टाउको काटेर झुण्डाउँदै ल्याइ त्यही लाकुरिमन्चमा टाउको देखाउदै, ल हेर सरकार बिरोधी आन्दोलनमा लाग्यौ भने तिमिहरुको हालत पनि  यस्तै हुने छ भनेर चेतावनी दिएका थिए ।’  उनी भन्छ्न ‘बिकास गर्ने नाममा  इतिहास मेटाए जस्तो लागेको छ ।’

ऐतिहासिक लाकुरीमन्चको मौलिकता मासेर  करोडौं खर्चिदै शंखपार्क बनाइयो । ‘फ्री वाइफाइ’  सुविधा दिने भनेर  ‘थ्री डी पार्क’को  उपनाम पनि  दिइयो । २०७८ चैत्र ११ गते  शुक्रवारका दिन तत्कालीन मेयर डिल्लीराज  भुसालले तामझामका साथ पार्कको समुद्घाटन पनि गरे । त्यस यता पार्कको प्रवेशद्वारामा अधिकांश समय ताला ठोकिन्छ । कहिलेकाहीँ  खोलेको बेला बालबालिका लडेर पोखरीमा डुबेर मर्ने डर कायमै छ। एकातिर ब्यस्त सडक त्यस माथि प्रशासन अगाडि तत्कालिन लाकुरी मन्चको दोब्बर  बढी सडक ओगटिदा सवारी  साधान आवत जावतमा समस्या, अर्कोतिर  कोण सभा गर्ने ठाउँ समेत छैन ।

स्थानीय चुरा बहादुर खत्री सहितका युवाहरूले  भत्काएर पुरानै लाकुरीमन्च ब्युताउनु पर्ने माग  गरेका छन् ।  खत्री भन्छन- ‘आधिनुक  बिकासका नाममा ऐतिहासक संरचना  लोप  पारियो र पार्क बनाइयो तर प्रयोगबिहीन भएकोले भत्काएर पहिलाकै लाकुरिमन्च  ब्युताउनु पर्छ ।’ हुन पनि अहिलेको शंखपार्क  प्रयोगबिहिन, औचित्यहिन मात्रै बनेको छैन  फोहोर र थोत्रा सामग्री फाल्ने डम्पिङ साइड जस्तै  बनेको छ । यहाका पानीको फोहरा,  झिलिमिली बत्ती र फ्री वाइफाइ गुमनाम भएका छन् । नेताहरुले देखाउने गरेका अधुरा र अपूरा  सपना मध्येको एउटा उदारण यो पनि हो । 

बालिका डुबेर मरणासन्न
यसै पार्कको गोलो पोखरीमा केही दिन अघि  एउटी बालिका खेल्ने क्रममा गम्भिर घाइते  भएकी थिइन। त्यति ठूलो घटना घट्दा  खोजिनीति गर्ने कुनै सरकारी निकाय भएन। 
गत बैशाख २४ गते दिउँसो तम्घास खानीगाउँस्थित मजदुरि गरेर बस्ने मनिषा  परियारकी भदैनी ९ वर्षीया बालिका खुशी  परियार त्यसैपार्कको गोल पोखरिमा लडेर फलामको डन्डिमा परिन । 

उनको  गुप्ताङ र गुददार सम्मको भाग डन्डिले  च्याती दियो । उच्च रक्तचापले मरणासन्न उनलाई गुल्मी अस्पतालबाट रिफर गरि फुपुले लुम्बिनी  अस्पतालमा लैजानु पर्ने तर बाटो खर्च समेत  नभएपछि छिमेकी महिला सुशिला श्रेष्ठले उपचार खर्च जुटाइ अस्पताद पठाइएको थियो ।  उनले अस्पतालको क्यान्टिनमा काम  गर्ने  आफन्त काशी श्रेष्ठलाई उद्धार गरि दिन आग्रह समेत गरिन ।

त्यहाँबाट अस्पतालले काठमाडौं रिफर गर्यो ।  फुपुको साथमा खर्च नभएपछि  तम्घास फर्काइयो । बालिका उच्च रक्तचापले  चिन्ताजनक अवस्थामा थिइन । आफू सुतेको बेला ती बालिकाकी सौतेनी आमाले  लगेर  गएको फूपू मनिषा बताउछिन् ।

कतिपयले उनको मृत्यु भयो भनिए पनि हामीले कतैबाट पुष्टि गर्न सकेनौ । बालिकाकी आमा  दुई वर्षअघि अर्को बिहे गरेर हिँडेपछि उनी  बेसहारा जस्तै भएकी थिइन । उनलाई   तम्घासमा  छाडेर बाबू  रामबहादुर परियार  गुल्मीकै ग्रामीणभेगमा काम गर्न हिँडेको  बताइन्छ । उनी छोरिको त्यो हालत हुँदा सम्पर्कमा छैनन्  । उनको  घर  प्युठानको  गौमुखी  गाउँपालिका २ अर्खा डाँडागगाउँमा हो  । बालिकाको अवस्था अज्ञात छ ।

प्रतिकृया दिनुहोस्

Flash News

‘सिद्धार्थ चेम्बर अफ कमर्श पत्रकारिता पुरस्कार’बाट गुप्ता सम्मानित विषादीयुक्त केमिकलबाट स्थानीय बासीको स्वास्थ्यमा समस्या भएको भन्दै उद्योग बन्द गर्न माग लुम्बिनी प्रादेशिक अस्पतालमा बाल तथा महिला प्रसुतीका लागि छुट्टै काउन्टरको सुरुवात बुटवल आएर एआईजी भण्डारीको निर्देशन : भ्रष्टाचार शुन्य सहनशिलतामा काम गर्नुस् बुटवल गाेलपार्कको दुर्गा मन्दिरमा सन्ध्याकालिन महाआरती हुने बुटवलको देवीनगरमा गणपति मिष्ठान्नको ‘फ्रेन्चाइज’ बुटवलमा ईस्लाम धर्मालम्विहरुको धर्मगुरु पैगम्बरको १४९८ औं जन्मोत्सव विविध कार्यक्रम गरि मनाइँदै लागुऔषधसहित एकजना पक्राउ ‘अपराधको शैली परिवर्तन हुँदै जाँदा अनुसन्धान तथा नियन्त्रण थप चुनौतिपूर्ण बन्दै’ बलात्कार आराेपमा एकजना पक्राउ खुकुरी प्रहार गरी हत्या गरेको आराेपमा एकजना पक्राउ जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ एयर गनसहित एकजना पक्राउ गाईको चित्रअंकित ‘मेडालियन सिक्का’ सार्वजनिक जसपाको कोशी प्रदेश समिति पुनर्गठन, पदाधिकारीमा को को परे ? चिलिमे-त्रिशुली २२० केभी प्रसारण लाइन पुषभित्र सक्ने समयसीमा नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न नेपाल उद्योग परिसंघ र सीसीपीआईटीबीच समझदारी प्रधानसेनापति शर्मा भारत प्रस्थान टिकटक स्टार ‘मुन’को सम्झानामा युवा वर्गलाई सदेश मुलक गीत (भिडियोसहित) भष्ट्रचारको थप सुचना ओलीज्यूले नै दिनुहुन्छ: बराल