Sep 24, 2023
माघ २,
दाङ । दाङको शान्तिनगर गाउँपालिका- १ मा डोजरको ठक्करबाट एकजनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा ६६ वर्षीय लालबहादुर थापा रहेका छन् ।
बुधबार राति साढे ९ बजेतिर पश्चिम दाङको पेदीखोलाबाट शान्तिनगरतर्फ आउँदै गरेको रा १ क ३१५ नम्बरको डोजरले शान्तिनगरको हारिचारमा थापालाई ठक्कर दिएको थियो । डोजरको ठक्करबाट थापाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । डोजरका चालक र डोजरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
थापाको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।
प्रतिकृया दिनुहोस्