२० जेष्ठ २०८०, शनिबार

Jun 3, 2023

नयाँ दिल्ली । दिल्ली प्रहरीले १७ वर्षअघि भएको अपहरण प्रकरणको समाधान निकालेको छ । दिल्ली प्रहरीका अनुसार १७ वर्षअघि सन् २००६ मा अपहरणमा परेकी ३२ वर्षीया महिला दिल्लीको गोकलपुरीमा फेला परेकी छन् । 

Advertisement

डीसीपी शाहदरा रोहित मीनाका अनुसार, ‘एउटा गोप्य सूचनाको आधारमा सीमापुरी प्रहरी थानाको टोलीले मे २२ मा १७ वर्षअघि अपहरणमा परेकी बालिका, जो हाल ३२ वर्षीय भएकी छन, उनलाई फेला पारेको थियो।’ प्रहरीका अनुसार , केटीका आमाबाबुको उजुरीमा सन २००६ मा दिल्लीको गोकुलपुरी पुलिस स्टेशनमा आईपीसीको धारा ३६३ अन्तर्गत मुद्दा दर्ता गरिएको थियो। तर, लामो समयसम्म छानबिन गर्दा पनि उनी फेला परेकी थिइनन् । 

उनले अगाडी भने, ‘२००६ मा बालिकाको अपहरण भएको थियो तर त्यो बेला कस्ले अपहरण गरेको थियो, अझै पनि खुल्न सकेको छैन, हामी थप अनुसन्धानमा नै छौं ।’ उनी अपहरणमा पर्दा बालिका भए पनि आज उनी जवान भईसकेकी छन् । उनलाई पुरानो कुरा स्मृतिमा ल्याउन भनिएको छ तर उनले अझै पनि त्यो पाटोमा खुलाउन सकेकी छैनन ।  

तर, उनी दिपक नामका एक युवासँग अलग बस्न थालेपछि ती बालिकाको बारेमा प्रहरीमा खबर आएको थियो । ‘अनुसन्धानका क्रममा यो खुल्न गयो ती युवतीले घर छाडेर दिपक नामका व्यक्तिसँग चेरदिह, जिल्ला बलिया, युपी गाउँमा बस्दै आएको खबर आयो, यो पनि थप खबर आयो कि केही विवादपछि दीपकलाई लक डाउनमा उनले छाडेकी थिइन्, । र गोकलपुरी क्षेत्रमा छुट्टै भाडाको घरमा बस्न थालेको थिइन, पछि उनलाई प्रहरीले सोधपुछ गर्दा १७ बर्ष अघि अपहरणमा परेको खुल्न पुग्यो ।’

उनले आफु कसरी परिवारवाट अलग भएँ, त्यो अझै पनि स्मरण गर्न सकेकी छैनन । यद्धपी, प्रहरीले उनको १७ बर्ष अघिको अपहरणको घटनालाई सम्झन भनिरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । 

डीसीपी शाहदरा रोहित मीनाका अनुसार शाहदरा जिल्लाबाट २०२३ मा हालसम्म ११६ अपहरण र अपहरण गरिएका बालबालिका र व्यक्तिसहित ३०१ जना बेपत्ता भएका पत्ता लगाएको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

बिश्वका केन्द्रिय बैंक बिच सुन किन्ने प्रतिस्पर्धा सुरु, १७६ प्रतिशतले बढ्यो खरिद सार्वजनिक जग्गाका घरटहरा हटाएर १५ सैयाको अस्पताल बनाउन सुरु उडिसा रेल दुर्घटनाः राज्य शोकको घोषणा, गोवा-मुम्बई रेल उदघाटन स्थगित यस्तो ६ वटा जीवनशैली, जसले घटाउँछ यौन क्षमता कुन बार कुन रंगको पहिरन लगाउँदा शुभ हुन्छ ? बास्तुबारे जान्नुहोस् !! प्रधानमन्त्री प्रचण्ड आज दिउँसो ४ बजे स्वदेश फर्कने आजको मौसमः अत्याधिक गर्मी हुने भएकाले सतर्कता अपनाउन अनुराेध रेशमको कथा पश्चिम नवलपरासीमा पिकअपको ठक्करबाट एक जनाको मृत्यु, दुई गम्भिर घाईते पाल्पाको दाेभान माध्यमिक विद्यालयमा एक दिवसीय अभिभावक शिक्षा गुल्मीमा सरकारी छात्रवृत्तिमा पढेका चिकित्सकले नै लिन्छन् दोहेरो, त्यहोरो सुविधा एमालेका ६ सचिवले पाए प्रदेश इन्चार्जको जिम्मेवारी, लुम्बिनीमा पद्मा अर्याल तिलाेत्तमाकाे आनन्दवन शंकरनगर खानेपानीले दिएको कम्पाेष्ट बिनकाे प्रयाेग प्रभावकारी भएन बुटवलमा अवैध मलको कारोबार : अनुगमन टोली पुग्दा ‘मुख्य सप्लायर्स’ सुव एग्रोभेटका सञ्चालक टाप भानु माविमा अन्तरक्रिया सम्पन्न नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वाेच्चमा रिट दर्ता, आइतबार पेसी डोटीमा शंकास्पद वस्तु फेला बच्चा जन्माउन नसक्दा महिलाकाे मृत्यु गुल्मीको मुसिकोटमा विपन्न परिवारका छोराछोरी यसरी बन्दै छन् इन्जिनीयर कार्यकर्ता पढाउन थाले माओवादी नेता