२० जेष्ठ २०८०, शनिबार

Jun 3, 2023

चितवन । पर्वतको बेनीबाट नेपामलका बिभिन्न स्थानमा बसाई सराई गरि गएका कर्माचार्य बन्धुहरुको कुलपूजा चितवनमा सम्पन्न भएको छ । चितवन नारायणगढ स्थित गणेशस्थानमा बनाईएको कुल मन्दिरमा कर्माचार्य बन्धुको कुलपूजा भएको हो ।

Advertisement

सिथि नखः को अवसर पारेर गरिएको कुलपूजााको कमाचार्य बन्धुका जेष्ठ सदस्य हेमन्त कर्माचार्यले मूल पुरोहितकारुपमा पुजाको थालनी गरेका थिए । बयोबृद्ध हेमन्त कर्माचार्यको अशक्तताका कारण बाँकी कुलपूजाको बिधि अर्का जेष्ठ सदस्य नन्दकुमार कर्माचार्यले सम्पन्न गरेको लेखक तथा कर्माचार्यबन्धुका अगुवा ईश्वरी कर्माचार्यले जानकारी दिए ।

भक्तपुरबाट स्याङ्जाको बलाम गुठीमा बसोबास गर्दै आएका कर्माचार्य बन्धुहरु बलामगुठीबाट बसाई सर्दै पर्वतको बेनी बजार पुगेका थिए । बेनीलाई मुल घर बनाएका बन्धुहरु बसाई सराईकै क्रममा पोखरा, काठमाडौं, नेपालगन्ज, बर्दिया, चितवन भैरहवा लगायतका विभिन्न शहरहरूमा बसोबास गर्ने कर्माचार्य परिवारका २५ घर परिवारको १२५ सदस्य हरुको उपस्थितिमा कुलपूजा गरिएको जनगायक अशोक कर्माचार्यले बताए ।

कुलपूजामा उपस्थित कर्माचार्य बन्धुका अगुवाहरुले भाषा र संस्कृतिलाई जोगाउन कर्माचार्य बन्धुहरुको एकतामा जोड दिएका थिए । परिचयात्मक कार्यक्रममा बोल्दै लेखक तथा अगुवा ईश्वरी कर्माचार्यले बंशावली निर्माण गर्दै कर्माचार्य बंशका भाईबन्धुहरुलाई एकताबद्ध बनाउनु पर्ने बताए ।

अर्का अगुवा जीवन कर्माचार्यले देशैभर छरिएका रहेका कर्माचार्य दाजुभाई खलकलाई कुलपूजाको माध्यमबाट एकताबद्ध बनाउने प्रयास भएको बताए ।

कार्यक्रममा रमेश कर्माचार्य, उत्तम कर्माचार्य, सुदीप कर्माचार्य लगायतले बिधि बनाएर पूजालाई निरन्तरता दिनुपर्ने बताए । कुलपूजामा उपस्थित कर्माचार्य बन्धुहरुले हरेक २ वर्षमा कुलपूजा गर्ने, एउटै हाँगामा रहेका कर्माचार्य खलक सबैलाई पूजामा सहभागी गराउने, पूजाको बिधि निर्माण गर्ने लगायतको निर्णय भएको अगुवा गायक कर्माचार्यले बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

बिश्वका केन्द्रिय बैंक बिच सुन किन्ने प्रतिस्पर्धा सुरु, १७६ प्रतिशतले बढ्यो खरिद सार्वजनिक जग्गाका घरटहरा हटाएर १५ सैयाको अस्पताल बनाउन सुरु उडिसा रेल दुर्घटनाः राज्य शोकको घोषणा, गोवा-मुम्बई रेल उदघाटन स्थगित यस्तो ६ वटा जीवनशैली, जसले घटाउँछ यौन क्षमता कुन बार कुन रंगको पहिरन लगाउँदा शुभ हुन्छ ? बास्तुबारे जान्नुहोस् !! प्रधानमन्त्री प्रचण्ड आज दिउँसो ४ बजे स्वदेश फर्कने आजको मौसमः अत्याधिक गर्मी हुने भएकाले सतर्कता अपनाउन अनुराेध रेशमको कथा पश्चिम नवलपरासीमा पिकअपको ठक्करबाट एक जनाको मृत्यु, दुई गम्भिर घाईते पाल्पाको दाेभान माध्यमिक विद्यालयमा एक दिवसीय अभिभावक शिक्षा गुल्मीमा सरकारी छात्रवृत्तिमा पढेका चिकित्सकले नै लिन्छन् दोहेरो, त्यहोरो सुविधा एमालेका ६ सचिवले पाए प्रदेश इन्चार्जको जिम्मेवारी, लुम्बिनीमा पद्मा अर्याल तिलाेत्तमाकाे आनन्दवन शंकरनगर खानेपानीले दिएको कम्पाेष्ट बिनकाे प्रयाेग प्रभावकारी भएन बुटवलमा अवैध मलको कारोबार : अनुगमन टोली पुग्दा ‘मुख्य सप्लायर्स’ सुव एग्रोभेटका सञ्चालक टाप भानु माविमा अन्तरक्रिया सम्पन्न नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वाेच्चमा रिट दर्ता, आइतबार पेसी डोटीमा शंकास्पद वस्तु फेला बच्चा जन्माउन नसक्दा महिलाकाे मृत्यु गुल्मीको मुसिकोटमा विपन्न परिवारका छोराछोरी यसरी बन्दै छन् इन्जिनीयर कार्यकर्ता पढाउन थाले माओवादी नेता