२० जेष्ठ २०८०, शनिबार

Jun 3, 2023

भैरहवा । यस क्षेत्रका विभिन्न समस्याहरुको समाधानका लागि संयुक्त रुपमा आवाज उठाउने उद्देश्यले सिद्धार्थ सञ्जाल, रुपन्देही नामक संस्था गठन गरिएको छ । विभिन्न संघ-संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीतामा भैरहवामा बसेको बैठकले अनिल कुमार ज्ञवालीको अध्यक्षतामा तदर्थ समिति गठन गरेको हो ।

Advertisement

समितिको उपाध्यक्षमा चन्द्रप्रकाश श्रेष्ठ, विष्णु प्रसाद शर्मा, संजय बजिमय, महासचिवमा सम्झना शर्मा, कोषाध्यक्षमा सतिश कुमार कौशल (दीपक), सचिवमा सचिन रोक्का र सह–कोषाध्यक्षमा धिरज घिमिरे रहेका छन् । त्यस्तै सदस्यहरुमा सूर्य कुमार सारु मगर, केशवराज ज्ञवाली, हरिश सेठिया, दीपक के.सी., संजीव रोक्का, चन्द्र बहादुर थापा, नारायण कुंवर, विष्णु प्रसाद खरेल, रविन्द्र शर्मा घिमिरे, किशोर जोशी, राम मिलन यादव, पिताम्बर न्यौपाने, मधु प्रसाद पन्थी, कैलाश गुप्ता, अकरम खान, विष्णु गौतम र श्रीचन्द गुप्ता रहेका छन् ।

बिहीबार सञ्जालको प्रथम बैठक तथा छलफल कार्यक्रम भएको छ । नवगठित समितिको घोषणा गरिएको उक्त बैठकमा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले समितिलाई बधाई ज्ञापन गरेका छन् ।
बैठकले सञ्जालको संरक्षकमा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खान, प्रमुख सल्लाहकारमा सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही, सल्लाहकारमा ओमकार गौचन, खिम बहादुर खत्री र नारायण प्रसाद भण्डारीलाई चयन गर्ने निर्णय गरेको छ ।
त्यस्तै बैठकले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित रुपमा सञ्चालनका लागि दबाबमूलक कार्यक्रम गर्न विष्णु प्रसाद शर्माको संयोकजत्वमा उपसमिति गठन गरेको छ । त्यस्तै मधु प्रसाद पन्थीको संयोजकत्वमा विधान मस्यौदा लेखन उपसमिति, सतिश कुमार कौशल (दीपक) को संयोजकत्वमा कोष वृद्धि उपसमिति र संजय बजियमको संयोजकत्वमा बेलहिया-सुनौली स्थलमार्ग समस्या समाधान उपसमिति गठन गरेको सञ्जालकी महासचिव सम्झना शर्माले बताइन् । बैठकले संस्था दर्ता गर्ने र खाता सञ्चालन गर्ने समेत निर्णय गरेको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगरप्रमुख खानले समितिको प्रत्येक कदममा आफ्नो र सिद्धार्थनगर नगरपालिकाको साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरे । उनले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुन नसकेको बताए । उनले उद्योगी व्यवसायीको समस्या समाधानका लागि साथ र सहयोग रहने बताए । सिद्धार्थ सञ्जाल रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले यस क्षेत्रमा धेरै संघ–संस्था रहेको र सबैले अलग अलग रुपमा भन्दा सामूहिक रुपमा आवाज उठाउँदा प्रभावकारी हुने बताए । उनले उद्योगी व्यवसायी चौतर्फी मारमा परेको बताए । उनले भने, ‘समग्र रुपन्देहीको विकासका लागि अगाडि बढ्छौं । कसैलाई काखा र पाखा गर्दैनौं ।’
उनले एकढिक्का भएर अघि बढे सम्बन्धित निकायसँग माग पूरा गराउन पनि सहज हुने र यस क्षेत्रको विकासले गति लिने धारणा राखे । उनले संजालको प्रमुख र पहिलो मुद्दा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित रुपमा सञ्चालनका लागि दबाब दिने रहेको बताए ।

सिद्धार्थ सञ्जाल रुपन्देहीका उपाध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले विमानस्थललाई चलायमान बनाउनुपर्ने बताए । उनले भने, ‘एकताबद्ध भएर अघि बढ्नुपर्छ ।’, ‘सबैको साथ, समृद्धि र विकास’ भन्ने मूल नाराकासाथ सिद्धार्थ सञ्जाल, रुपन्देही गठन गरिएको सचिव सचिन रोक्काले बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

बिश्वका केन्द्रिय बैंक बिच सुन किन्ने प्रतिस्पर्धा सुरु, १७६ प्रतिशतले बढ्यो खरिद सार्वजनिक जग्गाका घरटहरा हटाएर १५ सैयाको अस्पताल बनाउन सुरु उडिसा रेल दुर्घटनाः राज्य शोकको घोषणा, गोवा-मुम्बई रेल उदघाटन स्थगित यस्तो ६ वटा जीवनशैली, जसले घटाउँछ यौन क्षमता कुन बार कुन रंगको पहिरन लगाउँदा शुभ हुन्छ ? बास्तुबारे जान्नुहोस् !! प्रधानमन्त्री प्रचण्ड आज दिउँसो ४ बजे स्वदेश फर्कने आजको मौसमः अत्याधिक गर्मी हुने भएकाले सतर्कता अपनाउन अनुराेध रेशमको कथा पश्चिम नवलपरासीमा पिकअपको ठक्करबाट एक जनाको मृत्यु, दुई गम्भिर घाईते पाल्पाको दाेभान माध्यमिक विद्यालयमा एक दिवसीय अभिभावक शिक्षा गुल्मीमा सरकारी छात्रवृत्तिमा पढेका चिकित्सकले नै लिन्छन् दोहेरो, त्यहोरो सुविधा एमालेका ६ सचिवले पाए प्रदेश इन्चार्जको जिम्मेवारी, लुम्बिनीमा पद्मा अर्याल तिलाेत्तमाकाे आनन्दवन शंकरनगर खानेपानीले दिएको कम्पाेष्ट बिनकाे प्रयाेग प्रभावकारी भएन बुटवलमा अवैध मलको कारोबार : अनुगमन टोली पुग्दा ‘मुख्य सप्लायर्स’ सुव एग्रोभेटका सञ्चालक टाप भानु माविमा अन्तरक्रिया सम्पन्न नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वाेच्चमा रिट दर्ता, आइतबार पेसी डोटीमा शंकास्पद वस्तु फेला बच्चा जन्माउन नसक्दा महिलाकाे मृत्यु गुल्मीको मुसिकोटमा विपन्न परिवारका छोराछोरी यसरी बन्दै छन् इन्जिनीयर कार्यकर्ता पढाउन थाले माओवादी नेता