७ आश्विन २०८०, आईतवार

Sep 24, 2023

काठमाडौं । सभामुख देवराज घिमिरेले कृत्रिम खुट्टाको भरमा सगरमाथाको सफल आरोण गरेर हरि बुढामगरले कामय गरेको विश्वकीर्तिमान आरोहणको क्षेत्रमा प्रेरणा बन्ने बताएका छन् । 

Advertisement

बालुवाटारस्थित सभामुखको सरकारी निवासमा बिहीबार आरोही बुढामगरलाई स्वागत र सम्मान गर्दै सभामुख घिमिरेले बुढामगरले नेपाल र नेपालीलाई विश्वभर चिनाएको भन्दै खुसी प्रशंसा गरे । तपाईं प्रेरणादायी व्यक्तिको सूचीमा विश्वमै कहलिनुभएको छ । तपाईंको प्रेरणाको कथा हरेक बालबालिकासम्म पु¥याउनुपर्छ । नेपालीले तपाईंप्रति गौरव गरिरहनेछन्,’ उनले भने । 

दुवै खुट्टा नभएर पनि विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका बुढामगरलाई सभामुख  घिमिरे र उपसभामुख इन्दिरा रानाले सम्मान गरेका हुन् । उपसभामुख रानाले बुढामगरलाई सर्वश्रेष्ठ मानवको संज्ञा दिँदै आगामी दिनमा पनि आफ्नो यात्रालाई निरन्तरता दिन प्रेरणा प्रदान गरे । कार्यक्रममा सांसदहरु महेश बर्तौला र ईश्वरी जीएमले बुढामगरलाई बधाई दिए । 

सभामुखको बधाईपत्रमा लेखिएको छ

श्री हरि बुढामगर
रोल्पा
रोल्पा जिल्लाको थबाङस्थित मिरुल घर भई बेलायती सेनामा रहँदा सन् २०१० मा अफगानिस्तानको लडाइँमा दुवै खुट्टा गुमाउनुभएका तपाईंले २०८० साल जेठ ५ गते विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछु । तपाईंको प्रेरणा जगाउने विश्वकीर्तिमानले फेरि एकपटक नेपाल, नेपाली र सगरमाथाको नाम संसारभर फैलिएकोमा गौरवानुभूति गरेको छु ।
युद्ध मैदानमा दुवै खुट्टा गुमाएपछि पनि कृत्रिम खुट्टाको सहायताले सगरमाथा आरोहण गरी तपाईंले राख्नुभएको विश्वकीर्तिमान युगौंयुगसम्म नेपाली र आरोहणको क्षेत्रमा रहनुभएकाहरुका लागि प्रेरणा बन्ने विश्वास लिएको छु । तपाईंको लगनशीलता, साहस र आत्मबल नेपाल र नेपालीको लागि प्रेरणा हो ।
शारीरिक तन्दुरुस्ती भएकाहरुले समेत नपाउने तपाईंको उपलब्धि अपाङ्गता भएका व्यक्तिहरुका लागि अभूतपूर्व प्रेरणा बनेको छ । साहसिक खेलमार्फत तपाईंले अपाङ्गता भएका व्यक्तिहरु हेय र दयाका पात्र होइनन् भन्ने सन्देश दिनुभएको छ ।
तपाईंका बाँकी दिनहरु पनि सक्रियतापूर्वक बित्ने अपेक्षा गर्दै सुस्वास्थ्य, दिर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु ।

देवराज घिमिरे
सभामुख
 

प्रतिकृया दिनुहोस्

Flash News

‘सिद्धार्थ चेम्बर अफ कमर्श पत्रकारिता पुरस्कार’बाट गुप्ता सम्मानित विषादीयुक्त केमिकलबाट स्थानीय बासीको स्वास्थ्यमा समस्या भएको भन्दै उद्योग बन्द गर्न माग लुम्बिनी प्रादेशिक अस्पतालमा बाल तथा महिला प्रसुतीका लागि छुट्टै काउन्टरको सुरुवात बुटवल आएर एआईजी भण्डारीको निर्देशन : भ्रष्टाचार शुन्य सहनशिलतामा काम गर्नुस् बुटवल गाेलपार्कको दुर्गा मन्दिरमा सन्ध्याकालिन महाआरती हुने बुटवलको देवीनगरमा गणपति मिष्ठान्नको ‘फ्रेन्चाइज’ बुटवलमा ईस्लाम धर्मालम्विहरुको धर्मगुरु पैगम्बरको १४९८ औं जन्मोत्सव विविध कार्यक्रम गरि मनाइँदै लागुऔषधसहित एकजना पक्राउ ‘अपराधको शैली परिवर्तन हुँदै जाँदा अनुसन्धान तथा नियन्त्रण थप चुनौतिपूर्ण बन्दै’ बलात्कार आराेपमा एकजना पक्राउ खुकुरी प्रहार गरी हत्या गरेको आराेपमा एकजना पक्राउ जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ एयर गनसहित एकजना पक्राउ गाईको चित्रअंकित ‘मेडालियन सिक्का’ सार्वजनिक जसपाको कोशी प्रदेश समिति पुनर्गठन, पदाधिकारीमा को को परे ? चिलिमे-त्रिशुली २२० केभी प्रसारण लाइन पुषभित्र सक्ने समयसीमा नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न नेपाल उद्योग परिसंघ र सीसीपीआईटीबीच समझदारी प्रधानसेनापति शर्मा भारत प्रस्थान टिकटक स्टार ‘मुन’को सम्झानामा युवा वर्गलाई सदेश मुलक गीत (भिडियोसहित) भष्ट्रचारको थप सुचना ओलीज्यूले नै दिनुहुन्छ: बराल