२० जेष्ठ २०८०, शनिबार

Jun 3, 2023

भैरहवा । मदिराको अवैध कारोबार गर्ने दुई जनालाई रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको छ । बिभिन्न ब्राण्डको मदिराको बोतलमा अवैध तरिकाले मदिरा भरेको र नक्कली अन्तःशुल्कको नक्कली स्टिकर प्रयोग गरेको आरोपमा प्रहरीले सिद्धार्थ नगर नगर पालिका वडा नम्बर ३ बाट दुई जनालाई नियन्त्रणमा लिएको हो ।

Advertisement

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरिक्षक किशोर केसीका अनुसार पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ बस्ने २९ बर्षिय मूख्तार पठान र सोही ठाउ बस्ने २८ बर्षिय नविन पन्थी रहेका छन् । प्रहरीले यी दुई युवकबाट ८८४८ ब्राण्डको १८० मिलिलिटरको ४१ थान मदिरा, १८० मिलिलिटरको सिग्नेचर ब्राण्डको १२ थान, ३७५ मिलिलिटरको ४ थान, गोल्डन ओक १८० मिलिलिटरको ४ थान, ओल्ड दरबार ३७५ मिलिलिटरको ४ थान, १८० मिलिलिटरको ३ थान र ब्ल्यक चिम्नी ब्राण्डको १ बोतल मदिरा बरामद गरेको छ । यस्तै प्रहरीले यी दुबैबाट ५ सय ९३ थान नक्कली अन्तःशुल्कको स्टिकर पनि बरामद गरेको केसीले बताए ।

सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ मा भाडामा घर लिई यी दुवै युवाले ब्राण्डेड मदिराका बोतलमा अवैध तरिकाले कमसल रक्सी भरेर, त्यसमा नक्कली स्टिकर टाँसेर बजारमा बिक्रि बितरण गर्ने गरेका थिए । बजारमा नक्कली मदिरा बिक्रि भएको गुनासो बढे पछि मदिरा ब्यवसायी संघले यस बिषयमा चासो राखेको थियो । “बुझ्दै जादा नक्कली मदिरा बिक्रि बितरणमा यी दुई युवाहरुको संलग्नता देखियो ।” मदिरा ब्यवसायी संघ भैरहवाका अध्यक्ष केशव ज्ञवालीले भने “भैरहवाकै एक होटलबाट उनिहरुद्वारा बिक्रि गरिएको मदिरा फेला परे पछि प्रहरीको सहयोगमा उनिहरुलाई कार्यवाही अगाडी बढाईएको हो ।”

यस भन्दा पहिला पनि यस्तै गिरोहलाई नक्कली मदिराको कारोबार गरेको भेट्टाएको यति डिष्ट्रिलरीका क्षेत्रिय बिक्रि प्रवन्धक प्रितम गिरीले बताए यस्तो गिरोहले ब्राण्डेड रक्सीहरुमा पानी वा तल्लो स्तरको मदिरा मिसाई बेच्ने गरेको उनको भनाई छ । “सा–सानो परिमाणमा अलि सस्तो दरमा रेष्टुरेण्ट, होटदल लगायतमा बिक्रि गरेको पायौ ।” उनले भने “हामी ब्यवसायीहरु पनि सुक्ष्म अनुसन्धान गरिरहेका थियौ, अहिले उद्योग नै फेला पा¥यौ ।” गिरोहका सदस्यहरुले भारतीय बजारबाट अन्तःशुल्कको नक्कली स्टिकर छापेर ल्याउने गरेको प्रारम्भिक अनुुन्धानबाट देखिएको प्रहरीको भनाई छ । यी स्टिकरहरुमा ब्याच नम्बर, सिरियल नम्बर लगायत सबै एउटै अंक रहेको छ ।

पक्राउ परेका दुवै आरोपीलाई बरामद समान सहित थप कार्यवाहीको लागि भैरहवाको आन्तरिक राजस्व कार्यालयमा बुझाउने प्रहरी निरिक्षक किशोर केसीले बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

सार्वजनिक जग्गाका घरटहरा हटाएर १५ सैयाको अस्पताल बनाउन सुरु उडिसा रेल दुर्घटनाः राज्य शोकको घोषणा, गोवा-मुम्बई रेल उदघाटन स्थगित यस्तो ६ वटा जीवनशैली, जसले घटाउँछ यौन क्षमता कुन बार कुन रंगको पहिरन लगाउँदा शुभ हुन्छ ? बास्तुबारे जान्नुहोस् !! प्रधानमन्त्री प्रचण्ड आज दिउँसो ४ बजे स्वदेश फर्कने आजको मौसमः अत्याधिक गर्मी हुने भएकाले सतर्कता अपनाउन अनुराेध रेशमको कथा पश्चिम नवलपरासीमा पिकअपको ठक्करबाट एक जनाको मृत्यु, दुई गम्भिर घाईते पाल्पाको दाेभान माध्यमिक विद्यालयमा एक दिवसीय अभिभावक शिक्षा गुल्मीमा सरकारी छात्रवृत्तिमा पढेका चिकित्सकले नै लिन्छन् दोहेरो, त्यहोरो सुविधा एमालेका ६ सचिवले पाए प्रदेश इन्चार्जको जिम्मेवारी, लुम्बिनीमा पद्मा अर्याल तिलाेत्तमाकाे आनन्दवन शंकरनगर खानेपानीले दिएको कम्पाेष्ट बिनकाे प्रयाेग प्रभावकारी भएन बुटवलमा अवैध मलको कारोबार : अनुगमन टोली पुग्दा ‘मुख्य सप्लायर्स’ सुव एग्रोभेटका सञ्चालक टाप भानु माविमा अन्तरक्रिया सम्पन्न नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वाेच्चमा रिट दर्ता, आइतबार पेसी डोटीमा शंकास्पद वस्तु फेला बच्चा जन्माउन नसक्दा महिलाकाे मृत्यु गुल्मीको मुसिकोटमा विपन्न परिवारका छोराछोरी यसरी बन्दै छन् इन्जिनीयर कार्यकर्ता पढाउन थाले माओवादी नेता टाइगर भर्सेस पठान निर्देशकको पारिश्रमिक ४० करोड