ताजा अपडेट »

ओम शान्ति ओम र दबंग २ अभिनेता नितेशको निधन

बुधबार, १० जेठ २०८०, १२ : ०२
30 Shares

मुम्बई। भारतीय टेलिभिजन तथा फिल्म अभिनेता नितेश पाण्डेको हृदयघातका कारण ५१ वर्षको उमेरमा निधन भएको छ । फिल्म ‘ओम शान्ति ओम’ र ‘दबंग २’ तथा टेलिसिरियल ‘अनुपमा’का अभिनेता नितेशको मंगलबार राती नासिकको इगतपुरीमा हृदयघात भएको थियो । जहाँ उनी सुटिङका लागि आएका थिए ।

नितेश ‘अनुपमा’मा धिरज कपुरको चरित्रमा थिए । नितेका निर्माता जेठान सिद्धार्थ नागरले उनको निधनको पुष्टि गरेका छन् । ‘हो तपाईंले सही सुन्नुभयो । मेरो ज्वाई रहेनन् । मेरी बहिनी अर्पिता पाण्डे शोकमा छन् । नितेशका पिता उनको पार्थिव शरीर लिनका लागि इगतपुरी गएका छन् । उहाँ दिउँसोसम्म यहाँ आइपुग्नुहुनेछ । हामी साँच्चै शुन्य भयौं । अर्पिताले अहिले कसैसँग कुरा गर्न चाहेकी छैनन्’, सिद्धार्थले भनेका छन् ।

नितेशको यसअघि अश्विनी कालसेकरसँग विवाह भएको थियो । जसले अहिले मुरली शर्मासँग विवाह गरेकी छन् । फिल्म ‘ओम शान्ति ओम’मा उनले शाहरुखको सहायकको भूमिका निर्वाह गरेका थिए । उनले ‘खोसला का घोसला’मा पनि अभिनय गरेका थिए । हाल उनी ‘इण्डियावाली माँ’ र ‘अनुपमा’मा व्यस्त थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।