ताजा अपडेट »

आर्टमाण्डुको “ऊनको स्वीटर” आउदै । बिपिन र मिरुनाको

मंगलबार, ०८ जेठ २०८१, २२ : ३४
206 Shares
मंगलबार, ०८ जेठ २०८१
206 Shares

नेपाली कथानक चलचित्र “ऊनको स्वीटर”को छायांकनको तयारी गरिएको छ । चलचित्रलाई आर्टमाण्डुको ब्यानरमा निर्माण गर्न लागिएको हो । चलचित्रको जेठ २५ गतेदेखि छायांकन सुरूवात हुने निर्देशक नवीन चौहानले बताए ।

चलचित्रलाई पाँचथरका विभिन्न मनोरम स्थानमा खिचिनेछ । चलचित्रको उपत्यका र मोफसलमा वितरणका लागि वितरकहरूसँग सम्झौता समेत सम्पन्न भएको छ ।

निर्माण टिमले सोमबार उपत्यका वितरण अधिकारका लागि गोविन्द शाहीको काफिया फिल्मस र मोफसल वितरणकालागि कुवेर सिने डिस्ट्रिब्युसन प्रालिसँग सम्झौता गरेको हो । 

चलचित्रमा अभिनेता लोकप्रिय अभिनेता विपीन कार्की तथा  अभिनेत्री मिरूना मगरको मुख्य अभिनय रहने छ । ‘ऊनको स्वीटर’ निर्देशक  चौहानको डेब्यू फिचर फिल्म हो । 

चलचित्रमा विपीन र मिरूनासँगै माओत्से गुरुङ, सुरज तमू, एलेक्स पारस, परीक्षा लिम्बू, मिलन खत्री, अरुण पुन मगर, भावना खपांगी मगर, कवि राई, रूपेश लामा, प्रकाश बस्नेत, लक्ष्मी योङहाङ, प्रेम सुब्बा,  नरेश लावती लगायत कलाकारको अभिनय रहने छ ।

चलचित्रलाई निर्देशक चौहानलेनै लेखेका छन भने सह–लेखन सुरज कटुवालले गरेका छन । चलचित्रका मुख्य सहायक निर्देशक फिरोज खड्का रहेका छन । 

चलचित्रमा गायक सुजन चापागाईं र कोविद बज्रले संगीत निर्देशन गर्नेछन भने गीतमा हर्क साउदको शब्द रचना रहनेछ । 

चिन्तनराज भण्डारीले छायांकन गर्ने यस चलचित्रलाई कृष्ण भण्डारीले सम्पादन गर्नेछन । चलचित्रमा सुरज तमूले कास्टिङ निर्देशन गर्नेछन भने  काजी रानाले प्रोडक्सन डिजाइन गर्नेछन । 

चलचित्र यो वर्षको शरद ऋतुमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।