२० जेष्ठ २०८०, शनिबार

Jun 3, 2023

गुल्मी । नेपाल रेडक्रस सोसाइटी गुल्मी शाखाले केही दिनअघि गुल्मीका–१२ वटै पालिका सहभागी हुनेगरी मावि स्तरीय बक्त्तृत्वकला प्रतियोगिता सम्पन्न गर्यो । १२ वटा पालिका रहेको गुल्मीका ११ वटा पालिकाबाट विद्यार्थी भाइवहिनीहरु शुक्रबार जिल्लाको सदरमुकाम तम्घासमा वक्तृत्व कलाका लागि सहभागी भएका थिए । विविन्न विद्यालयका शिक्षक, प्राध्यापक तथा शैक्षिक क्षेत्रका दिग्गज व्यक्तिहरुले भाइबहिनीहरुको प्रस्तुती देखेपछि भने ‘अब बोल्ने कुरामा हाम्रा दिन सकिएछ्न् ।’

Advertisement

रेसुङ्गा नगरपालिकाबाट उत्कृष्ट भएकी थिइन महेन्द्र नमुना माविकी छात्रा करिष्मा विश्वकर्मा । त्यस्तै इस्मा गाउँपालिकाबाट ठाडुङ्गा माविका आयुष सापकोटा, मालिकाबाट देविस्थान मावि ह्वाङ्ग्दिका पवन रेग्मी, मदानेबाट रघुफेदी मावि अग्लुङ्ग्की सुजाता चन्द, मुसिकोटबाट त्रिभुवन मावि भुवाचिदिका हिम्मत शर्मा, गुल्मीदरबारबाट शारदा माविका प्रतिक कंडेल, रुरुक्षेत्रबाट राष्ट्रिय मावि थोर्गाकी अनिषा ज्ञवाली, सत्यवतीबाट सत्यवती माविकी अंशु बराल, छत्रकोटबाट प्रतिक्षा न्यौपाने , चन्द्रकोटबाट शारदा मावि सारङकी रितिका गौतम, धुर्कोटबाट वाग्ला माविकी संचिता भण्डारी । उनीहरु पालिका स्तरीय प्रतियोगितामा उत्कृष्ट भएका थिए । परोपकारको शक्तिमा विश्वास विषयको जिल्ला स्तरिय वक्त्तृत्वकला प्रतियोगिता टिनएजरदेखि १२ वर्षसम्मकी तिनै उत्कृष्ट भाइबहिनिहरुको धमाकेदार प्रस्तुतीले कार्यक्रममा उपस्थित शैक्षिक व्यक्तित्वहरु छक्क परे ।

उनिहरुको प्रस्तुतिपछि मुल्यांकन समिती संयोजक दिन पन्थीले नतिजा सुनाउँदा दर्षक श्रोताले अनुमान गरेकै पात्रहरु घोषणा भए । जिल्लाभरबाट प्रथम भएकी चन्द्रकोट गाउँपालिका स्थित शारदा मावि सारङ्गकी १२ वर्षिया बालिका रितिका गौतम, दोश्रो मालिकास्थित देविस्थान माविका पवन रेग्मी र तेश्रो भएकी सत्यवती स्थित सत्यवती मावि हसराकी अंशु बराललाई कार्यक्रमका प्रमुख अतिथी प्रदेश सांसद दिनेश पन्थीले अबिर टिका लगाइ बधाइ दिए ।

सांसद पन्थीले निकै महत्वपूर्ण कार्यक्रम आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिए । स्वर्ण महोत्सवको अवसर पारेर पालिकादेखि जिल्ला स्तरीय प्रतियोगिता राखिएको आयोजक संंस्थाका सभापती राजेन्द्र प्रसाद श्रेष्ठ बताउँदै थिए ।

उनिहरुलाई शनिबार सम्मान गरिने सो संस्थाका शाखा अधिकृत कृष्ण प्रसाद खनालले जानकारी दिए। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय समितीका पूर्व महामन्त्री पिताम्बर अर्याल लगायतको आतिथ्यता थियो । सभापति राजेन्द्र प्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सो सस्थाका मन्त्री लालबहादुर कुंवरको संचालन रहेको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

बिश्वका केन्द्रिय बैंक बिच सुन किन्ने प्रतिस्पर्धा सुरु, १७६ प्रतिशतले बढ्यो खरिद सार्वजनिक जग्गाका घरटहरा हटाएर १५ सैयाको अस्पताल बनाउन सुरु उडिसा रेल दुर्घटनाः राज्य शोकको घोषणा, गोवा-मुम्बई रेल उदघाटन स्थगित यस्तो ६ वटा जीवनशैली, जसले घटाउँछ यौन क्षमता कुन बार कुन रंगको पहिरन लगाउँदा शुभ हुन्छ ? बास्तुबारे जान्नुहोस् !! प्रधानमन्त्री प्रचण्ड आज दिउँसो ४ बजे स्वदेश फर्कने आजको मौसमः अत्याधिक गर्मी हुने भएकाले सतर्कता अपनाउन अनुराेध रेशमको कथा पश्चिम नवलपरासीमा पिकअपको ठक्करबाट एक जनाको मृत्यु, दुई गम्भिर घाईते पाल्पाको दाेभान माध्यमिक विद्यालयमा एक दिवसीय अभिभावक शिक्षा गुल्मीमा सरकारी छात्रवृत्तिमा पढेका चिकित्सकले नै लिन्छन् दोहेरो, त्यहोरो सुविधा एमालेका ६ सचिवले पाए प्रदेश इन्चार्जको जिम्मेवारी, लुम्बिनीमा पद्मा अर्याल तिलाेत्तमाकाे आनन्दवन शंकरनगर खानेपानीले दिएको कम्पाेष्ट बिनकाे प्रयाेग प्रभावकारी भएन बुटवलमा अवैध मलको कारोबार : अनुगमन टोली पुग्दा ‘मुख्य सप्लायर्स’ सुव एग्रोभेटका सञ्चालक टाप भानु माविमा अन्तरक्रिया सम्पन्न नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वाेच्चमा रिट दर्ता, आइतबार पेसी डोटीमा शंकास्पद वस्तु फेला बच्चा जन्माउन नसक्दा महिलाकाे मृत्यु गुल्मीको मुसिकोटमा विपन्न परिवारका छोराछोरी यसरी बन्दै छन् इन्जिनीयर कार्यकर्ता पढाउन थाले माओवादी नेता