ताजा अपडेट »

सौदाबाजी नहोस्

बुधबार, ०३ जेठ २०८०, १५ : ३७
12 Shares

इतिहासको बिवेचना र समिक्षा बिना वर्तमान कहिले पनि निखारिलो हुन सक्दैन् । इतिहासले बोकेर ल्याएका केही शुभोचित मान्यता वा इतिहासले दर्शाउन खोजेका विचार प्रवाहद्वारा नै वर्तमान स्थितीको जग निर्माण हुन्छ भन्ने कुरामा दुईमत छैन् । फिलहाल नेपाली राजनीतिमा देखिएको अपत्यारिलो धुर्विकरणलाई सामान्यतह आम नागरिकले कसरी हेरिरहेका होलान अहिले धेरैको मनमा खुलदुली यहि हुन सक्छ । तर समाज, राजनीतिलाई अलि गहिरो ढंगबाट विश्लेष्ण गर्ने हो भने अचम्भित पर्ने खास चुरो कुरा चाँहि केही छैन् । प्राक्थनमा भनिए जस्तै वर्तमानका हरेक कारणहरुको मुल कडि इतिहासले बोकेर ल्याएका राम्रा वा नराम्रा घटनाक्रम अथवा प्रमाणहरु नै हुन् ।

नेपाली राजनीतिमा दलिय धुर्विकरण अति आवश्यक नै थियो । यो धुर्विकरणले नेपालको राज्य व्यवस्था र प्रणालीलाई पुरस्कृत गर्ने र पुरातन विकृतिहरुलाई अन्त्य गर्ने जमर्को पक्कै गर्ने छ । संस्कृत इतिहासमा एउटा सटिक वाक्यांस छ “इति ह अंश” अर्थात इतिहास यस्तै हुन्छ । इतिहासका हरेक घटनाक्रम यसरी नै विकसित हुँदै आएका हुन् । कसैले यसलाई क्रान्ति भने कसैले यसलाई परिवर्तन भने भाष्य मात्र फरक हो प्रवृति उही हो । खासगरी १८२५ पछि गोर्खाली सत्ताले उपत्यका कब्जा गरिसकेपछि एकिकृत नेपाल राज्यको निर्माण भयो । १९०४ मा जंग बहादुरले कोतपर्व मच्चाए पछि राणा कालिन समयको उदय भयो । प्रजातन्त्रका लागि प्रजा परिषद्ले बिगुल फुक्यो । यसैगरि क्रमागत रुपमा २००७ सालदेखि २०६२÷२०६३ सम्म रजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक थुप्रै परिवर्तन देखा परे । खास गरी ती सबै घटनाक्रम व्यवस्था परिवर्तनका लागि थिए भन्ने कुराको सपाट उत्तर नेपाली समाजले अनुभुती गरिसकेको छ ।

अहिले अवस्था परिवर्तनको नारा जोडदार घन्किरहेको छ । एक प्रकारका युवावर्ग राजनीतिमा सक्रिय भैरहेका छन । जनताका तीब्र समर्थन पाईरहेका छन । २०७९ को निर्वाचनको मत परिणामले पनि युवा मैत्री राजनीतिलाई उत्साहित बनाएको छ । वास्तवमै भन्ने हो भने संसद बैठकको रुपारेखा नै परिवर्तन भएको छ । हुन त राजनीति फरक विषयवस्तु हो, तर कहिले काहि विचार गौण हुन्छ, सिद्धान्त गौण हुन्छ । अहिले नेपाली राजनीतिमा यस्तै वातावरण निर्माण भएको छ । एक खालका सांसद पुरानै मान्यतालाई समर्थन गरिरहेका छन भने युवा वर्गका सांसद अवस्था परिवर्तनको मुद्धालाई मियो बनाईरहेका छन । भ्रष्टचार, बेतिथी मौलाइरहेको छ । यो अवस्थामा धुर्विकरणको वेग कहाँ कुन स्थितीमा गएर नियन्त्रित हुने हो त्यो भने हेर्न बाँकि नै छ ।

अहिले बजारमा मच्चिएको शरणार्थी काण्ड भनौ वा मानव बेचबिखन यसको तात्विक अर्थ कानुनी निकायले व्याख्या गर्ला तर नेपाली लाई श्रमकै लागि गैर नेपाली बनाई बिदेश पठाउने प्रपन्च चाँहि किमार्थ सहि हुन सक्दैन् । अझै नीतिगत तहमा बसेका उच्च पदस्थ नेतागणले यस्तो हर्कत देखाउनु नेपालको लोकतान्त्रिक आन्दोलन प्रतिको अपमान हो । यसले छिमेक नीति र बाह्रय सम्बन्धमा कस्तो प्रभाव निम्त्याउला ? यो विषय भने सामान्य बिलकुलै होइन । यसले प्रत्यक्ष रुपमा विदेश नीतिमा पक्कै असर पार्नेछ । श्रम बेच्ने हाम्रो बैधताको मार्ग हुदा हुँदै अबैध र गैरन्यायिक ढंगले मनग्य आम्दानी र किर्ते कार्य गर्ने हाम्रा नेताको चालचलनले यो व्यवस्था सम्पन्न वर्गलाई मनोमानी गर्न आएको हो भन्ने पुष्टि गर्दछ यस्तो अवान्छित कार्य गर्न छुट कसैलाई पनि छैन् ।

तमाम यी घटनाक्रम जनताको अदालतमा पक्कै एकदिन फैसला हुनेछन । शरणार्थी काण्डको मुल कुरो संसदमा विचाराधिन मुद्धासँग सौदाबाजी गरिने यथ्यष्ट आधार छन किनकी मिलीजुली खाने प्रबृति हाम्रो संसदको पुरानै आदत हो । बजारमा जुन प्रकारले अतिरञ्जना स्थापित गर्न खोजिदै छ यसको कुटनितीक अर्थ भने सौदाबाजीलाई प्रोत्साहन गर्नु नै हुन सक्छ । खासगरी माओवादी पार्टी माथि बारम्बर अन्य दलले गरिरहने द्धन्दकालिन हमलाबाट कहि न कहि पुष्पकमल दाहाल नेतृत्वको माओवादीमा पीडाबोध हुन सक्छ अथवा अन्र्तराष्ट्रिय जगतका एजेण्डा संस्थागत गर्ने माग हाम्रा नेताहरुले परिपुर्ति नगर्दा यस्ता घटना बाहिर अतिरञ्जीत भएका हुन सक्छन । अर्को तर्फ प्रत्यक्ष जनता नै ठगिएपछि यसको आवेगले स्थान पाएको हुन सक्छ ।

जे होस खराबलाई खराब भन्नु नै सचेत नागरिकको दायित्व हो । नेता जनपक्षिय हुन सकेनन्, जनताको जनजिविकामा उत्त्तरदायित्व बहन गर्न सकेको भए मात्र धेरै कुरा बदलाव हुन सक्थ्यो । सेवालाई धन्दा बनाएपछि आउने परिणाम के हन सक्थ्यो र पछिल्लो समय यस्तै गतिविधि मात्र मौलाईरहे । योग्य, सक्षम र सामर्थययुक्त जमात राजनीतिमा आईरहदा यिनीहरुको पैरवी गर्नु हामी सबैको दायित्व हो । प्रधानमन्त्रीले उद्धघोष गरे झै २०४८ पछिका घटनाक्रमको छानबिन आयोग गठन गरी तत्काल काम गरे देशलाई ठुलै मेहरवानी हुने थियो । सौदावाजीमा चल्ने राजनीतिमा ठूलो आसा त गर्न सकिदैन त्यहि पनि लघुतावास नपाल्दा उचित नै होला ।

बजारमा सच्चिने की सुध्रने एक प्रकारको गन्थन मन्थन सुरु भएको छ । समयको वेगलाई थेग्न सकिदँैन खासगरी आधुनिक चेतना र युवा सोच देशको आर्थिक परिवर्तनको संवाहक हो । अर्को कुरा एउटा नेपाली उखान छ कुकुरको पुच्छर बाह्र वर्ष ढुङग्रामा राख्यो जस्ताको तस्तै । यिनै कुराबाट मनन गरे रत्नकार बाल्मिकी बन्न सकछन् भने हाम्रा नेता किन बाल्मिकी नबन्ने । तर जनता बाठा भैसके नेतृत्वलाई दबाब श्रृजना गरि सके अब हेर्न शिवाय अरु विकल्प छैन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।