२० जेष्ठ २०८०, शनिबार

Jun 3, 2023

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई विशेषज्ञ अस्पतालको रुपमा बिकास गरी सेवा विस्तार गर्नुपर्ने विज्ञहरुको सुझाव प्रस्तुत गरेका छन् । सर्वशुलभ र गुणस्तरीय सेवा प्रवाह तथा बिकासको सन्दर्भमा सोमबार आयोजित छलफल कार्यक्रममा सहभागीहरुले विभिन्न क्षेत्रका सुधारका लागि सुझाब प्रस्तुत गरेका छन् ।

Advertisement

विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्वास्थ्य संस्थाका प्रतिनिधि, अस्पताका पूर्व अध्यक्ष, मेडिकल सुपेरिटेन्डेनहरु तथा संघ संस्थाका प्रतिनिधिहरु बीच शेवा सुदृढिकरणका लागि छलफल गरिएको थियो । छलफल कार्यक्रममा अस्पतालमा विमा सेवालाई प्रभावकारी बनाउन कर्मचारी थप गरी स्रोत साधन व्यवस्थापन गर्नुपर्ने, अस्पतालका नियमित आम्दानी वृद्धिका लागि कार्योजना बनाई अघि बढ्नु पर्ने, अस्पताललाई राजनीतिक दबाब र प्रभावबाट ताढा राख्नु पर्ने, सूचना कक्षलाई प्रभावकारी व्यवस्थापन गर्नु पर्ने लगायतका सुझाबहरु प्रस्तुत गरिएको थियो । यसैगरी ओपिडी सेवालाई जनरत र विशेषज्ञ ओपिडी गरी सञ्चालन गर्नुपर्ने, जनशक्ति व्यवस्थापन, अपरेशन संख्यामा वृद्धि तथा अस्पतालमा क्यान्सर सम्बन्धि उपचार सेवा सुरु गर्नु पर्ने सुझाब संकलन भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. सुदर्हन थापाले बताए ।

छलफल कार्यक्रममा बोल्दै अस्पतालका अध्यक्ष अजयमान श्रेष्ठले सबै पक्षको सुझाब संकलनपछि सेवा सुदृढिकरण, विशेषज्ञ सेवा लगायतका योजनालाई अघि बढाउने उल्लेख गरे । छलफल कार्यक्रममा नेकपा एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसी, नेकपा माओवादी केन्द्रका रुपन्देही अध्यक्ष निर्मल जि.सी, राजष्ट्रिय जनमोर्चा पार्टीका रुपन्देही सचिव टान बहादुर के.सी, एकीकृत समाजवादी बुटवल नगर अध्यक्ष चिनबहादर गुरुङ, अस्पताल बिकास समितिका सदस्य लक्ष्मी खनाल, पूर्व अध्यक्षहरु बाबुराम भट्टराई, पुनाराम पोखरेल तथा सुर्य बहादुर भट्टराई लगायतले सुझाब प्रस्तुत गरेका थिए ।

अस्पतालका पूर्व मेसुहरु डा. कृष्ण प्रसाद खनाल, डा. मनोहर जोशी, गौतम बुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष यजाज आलम, उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष तेजकुमार पाठक, रेड क्रस सोसाइटी रुपन्देहीका अध्यक्ष दिपक क्षेत्री, स्वयम्सेवी रक्तदाता समूहका अध्यक्ष कृष्ण चौहान, तिलोत्तमा अस्पतालका अध्यक्ष रामप्रसाद खरेल लगायते बोल्दै अस्पतालको स्वास्थ्य सेवालाई थप सहज र व्यवस्थित गराउन सुझाव दिए ।

प्रतिकृया दिनुहोस्

Flash News

बिश्वका केन्द्रिय बैंक बिच सुन किन्ने प्रतिस्पर्धा सुरु, १७६ प्रतिशतले बढ्यो खरिद सार्वजनिक जग्गाका घरटहरा हटाएर १५ सैयाको अस्पताल बनाउन सुरु उडिसा रेल दुर्घटनाः राज्य शोकको घोषणा, गोवा-मुम्बई रेल उदघाटन स्थगित यस्तो ६ वटा जीवनशैली, जसले घटाउँछ यौन क्षमता कुन बार कुन रंगको पहिरन लगाउँदा शुभ हुन्छ ? बास्तुबारे जान्नुहोस् !! प्रधानमन्त्री प्रचण्ड आज दिउँसो ४ बजे स्वदेश फर्कने आजको मौसमः अत्याधिक गर्मी हुने भएकाले सतर्कता अपनाउन अनुराेध रेशमको कथा पश्चिम नवलपरासीमा पिकअपको ठक्करबाट एक जनाको मृत्यु, दुई गम्भिर घाईते पाल्पाको दाेभान माध्यमिक विद्यालयमा एक दिवसीय अभिभावक शिक्षा गुल्मीमा सरकारी छात्रवृत्तिमा पढेका चिकित्सकले नै लिन्छन् दोहेरो, त्यहोरो सुविधा एमालेका ६ सचिवले पाए प्रदेश इन्चार्जको जिम्मेवारी, लुम्बिनीमा पद्मा अर्याल तिलाेत्तमाकाे आनन्दवन शंकरनगर खानेपानीले दिएको कम्पाेष्ट बिनकाे प्रयाेग प्रभावकारी भएन बुटवलमा अवैध मलको कारोबार : अनुगमन टोली पुग्दा ‘मुख्य सप्लायर्स’ सुव एग्रोभेटका सञ्चालक टाप भानु माविमा अन्तरक्रिया सम्पन्न नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वाेच्चमा रिट दर्ता, आइतबार पेसी डोटीमा शंकास्पद वस्तु फेला बच्चा जन्माउन नसक्दा महिलाकाे मृत्यु गुल्मीको मुसिकोटमा विपन्न परिवारका छोराछोरी यसरी बन्दै छन् इन्जिनीयर कार्यकर्ता पढाउन थाले माओवादी नेता